‘माइलोमा' भन्ने रक्तक्यान्सर जब भयो उनी थला पर्दै गए । तर, रोगलाई जितेर पनि विभिन्न कार्यक्रम र समारोहमा जगदिश घिमिरेको उपस्थिती हुने गरेको थियो । घिमिरेबाट सिक्नुपर्ने महत्वपूर्ण कुरा हो । आत्मबल । जो रोगसँग लडेर आफ्नो जीवनलाई पुस्तकमा उतारे । पुस्तकलाई जीवन र जीवनलाई पुस्तक बनाउने लेखक घिमिरे ६८ बर्षको उमेरमा अन्तिम कृति सकस हामीमाझ छोडेर बिहिवार प्रस्थान गरेका छन् ।
Wednesday, October 30, 2013
Tuesday, October 29, 2013
फोटो कथा : रसुवालाई जिस्काइरहन्छ हिमाल र बादलले ।
रसुवालाई कहिले तुवाँलो, कहिले बादलले त कहिले हिमाल स्वागत गरिरहन्छ । धेरै तामाङ संस्कृती रहेको यो हिमाली जिल्ला पुग्नको लागि मेरो मन पहिल्यैदेखी आतुर थियो । साइत जु¥यो । अनि पुगियो । मलाई रसुवाको धेरै व्याख्या गर्ने जरुरी लागेन केही तस्विर कैद गरेको छु । जहाँ म पुगे र देखें ।
हाकु गाविसमा पर्ने यी झरनाले कसको मन नतान्ला र ।
Tuesday, October 22, 2013
विनोद प्रधानसँग ३ घण्टा
‘मलाई डिएसएलआरसँग डर लाग्छ’ बलिउड सिनेमाट्रोग्राफर बिनोद प्रधानले मंगलबार कुमारी हलमा भनिरहँदा सबैभन्दा बढि डिएसएलआरबाट मुभि खिच्ने तन्नेरी पुस्ता हलभरी थिए । भर्खर डिजिटलमा बामे सराईको अवस्थामा रहेको नेपाली सिनेमामा अलि अघि डिएसएलआरको पनि प्रयोग हुन्थ्यो यद्यपी अझै केहीले यसैको प्रयोग गर्दैछन् । प्रधानले डिएसएलआर प्रयोग ठिक कि बेठिक भनेनन् बरु डिजिटल ज्ञान हुनुपर्ने बताउँदै आफुलाई भने डिएसएलआरबाट डर लाग्ने बताए ।
Monday, October 21, 2013
रोजगार अनुमति प्रणाली इपीइसको भाषा परिक्षाको नतिजा
रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारका लागि लिइएको रोजगार अनुमति प्रणाली इपीइसको भाषा परिक्षाको नतिजा सोमबार सार्वजनिक भएको छ । परिक्षामा ८ हजार ५१ जना उतिर्ण भएका छन् । लिंक खोली नतिजा हेर्नुहोस् ।
Subscribe to:
Posts (Atom)