Pages

Tuesday, September 3, 2013

गज्जबको एप्स 'क्यास अन एड', एक कल फोन उठाउँदा एक रुपैयाँ पाइने

 मोबाइलको घन्टी बज्दा फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैयाँ जम्मा हुन्छ भने त्योभन्दा सजिलो आम्दानी अर्को के होला? कुरा यत्ति हो, फोन उठाउनुअघि ६ सेकेन्डसम्म कुनै व्यापारिक विज्ञापन हेर्ने धैर्य तपाईंमा हुनुपर्छ। हो, सिरान टेक्नोलोजीले 'क्यास अन एड' नामक मोबाइल एप्लिकेसन निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट बसीबसी आम्दानी गर्न सकिन्छ। त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ। मोबाइलको घन्टी बज्दा फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैयाँ जम्मा हुन्छ भने त्योभन्दा सजिलो आम्दानी अर्को के होला? कुरा यत्ति हो, फोन उठाउनुअघि ६ सेकेन्डसम्म कुनै व्यापारिक विज्ञापन हेर्ने धैर्य तपाईंमा हुनुपर्छ। हो, सिरान टेक्नोलोजीले 'क्यास अन एड' नामक मोबाइल एप्लिकेसन निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट बसीबसी आम्दानी गर्न सकिन्छ। त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ।

Sunday, September 1, 2013

सुनगाभा विवाद : लगनपछिको पोते

राजनीतिभन्दा पनि चरम संक्रमणमा छ नेपाली चलचित्र क्षेत्र। प्रसव पीडामा छटपटिएर कतिखेर काख न्यानो पार्छ त कतिबेला खेर फाल्छ, आफ्नै सन्तान। ६ दशकसम्म पनि स्पष्ट रेखा नकोरिएको आरोप नेपाली चलचित्रलाई छ। अहिलेसम्म आइपुग्दा औंलामा गन्न सक्ने चलचित्रलाई सफल भनिरहेका छौं। यस्तो स्थितिमा गुज्रेको नेपाली चलचित्र क्षेत्रमा ओस्कार रौनक आफैमा गद्गद्को विषय हो। तर, ओस्कार मनोनित चलचित्रमाथि उठेको विवादले सम्भावनालाई नै धरापमा पारेको छ।

Saturday, June 29, 2013

व्यवसायीको मनोमानी, सरकारको निरिहता, उपभोक्ता मारमा

‘बन्द र आन्दोलन नगरेसम्म सरकारले सुन्दै सुन्दैन, माग पुरा गराउन पनि आन्दोलनको विकल्प छैन ।’ यस्तो मानसिकता सत्ताका विरुद्ध प्रतिपक्षले मात्र राख्दै आएको थियो । विस्तारै सामान्य संघसंस्था र टोले समुहले पनि राख्न थाले र सामान्य विषयमा पनि आन्दोलन र बन्दको मार आमनागरिकले बेहोर्न थाले । दलले सिकाएको यो बाटो विस्तारै व्यवसायीहरुले पनि आत्मसाथ गरेका छन् । त्यो पनि जायज मागमा होइन । नाजायज कुरामा । सरकारलाई निरिह बनाउन व्यवसायी आफ्ना कर्तुत ढाकेर पनि लागी परेका छन् । र, यसमा सरकार पनि उस्तै जिम्मेवार देखिन्छ ।

Saturday, June 15, 2013

एउटै गुगल, प्रतिस्पर्धा अरु

मोबाइलमा देखिएका पर्याप्त एप्सले पक्कै पनि तपाईको दैनिकी सजिलो बनाएको छ । यति मात्र होइन । लामो सन्देश लेखेर पठाउन प¥यो सहायता इमेलको चाहिन्छ । कुनै कुराको जिज्ञासा छ, तपाईका औला किबोर्ड र किप्याडमा सर्च इन्जिनतर्फ दौडिन थाल्छन् । केही अनुभव साट्न छ, हालखबर बुझ्न छ । सामाजिक सञ्जालको भर पर्नुपर्ने हुन्छ ।
मोबाइलको ओएस, इमेल सर्भिस, सर्च इन्जिन, सोसल नेटवर्क नभए के हुन्छ ? पक्कै पनि जीवन त चल्छ तर पूर्ण हुदैन । जीवन प्रविधीमैत्री बन्दै जाँदा यसैमा भर पर्ने क्रम पनि बढिरहेको छ । टेक्नोपुस्ताहरु पछिल्ला संस्करणमार्फत आफुलाई अपडेट बनाउँदै लाँदा यससँग जोडिएका विशेषताहरुमा पनि प्रतिस्पर्धा बढ्दै गएको छ ।

Friday, May 10, 2013

डान्सबारमा दुई रात

स्मोक मेसिनबाट उडेको धुँवाले पुरै कोठा कुहिरो लागेजस्तै बनाएको थियो । रंगीन प्रकाशले उनको वक्षस्थल घरी देखिने र घरी छोपिने क्रम भएको थियो । ‘तेरा प्यार प्यार प्यार... हुक्का बार...’ यो गीतमा उनले बेली हल्लाउँदा । उन्मात नै अर्कै । निलो गाउनमा सेतो तिघ्रा देखाएर उनी नाच्दा म एकोहोरो हेरेको हेरै थिए ।
‘मु** । बियर तान । लामो जस्तो हेरेको छस् ।’ महेनले मेरो एकाग्रता भंग ग¥यो ।

Thursday, April 25, 2013

ब्लगमा मेरो 'कमब्याक' !

कतिपय अवस्थामा लेखेर खुब धित मर्छ । त्यो बेला लेख्नुको मज्जा नै छुट्टै । जब गृहजिल्ला बागलुङमा थिए । स्थानिय पत्रिकामा स्तम्भ लेख्ने र ब्लगमा आफ्ना पोष्ट गर्ने काम पनि गरियो । अलि ठूलो मान्छे भइन्छ की भनेर काठमाण्डौं आएको सिर्जनामा लगभग पूर्णविराम नै लाग्यो । पूर्णविरामलाई कम्तीमा अल्पविरामसम्म पनि झार्न सकिएन । नलेखेको पनि होइन तर पुरापुर समाचारकै पछि लागियो । जागिर । नी ।

Friday, June 3, 2011

समस्याप्रति मौन संस्था, बागलुङ नगरखानेपानीः राजनितीक भर्तिकेन्द्र

पानी जिन्दगानी हो पानीविनाको जीवन न रहन्छ न सोच्न सकिन्छ । कुनै पनि देशका नागरिकले स्वच्छ पिउने पानी खानु उसको अधिकार हो । दुषित पानी पिउनाले मानविय स्वास्थ्यमा नराम्रो असर पार्दछ । मानविय स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीको अवस्थामा बागलुङ नगरक्षेत्रको पानीले सबैलाई एकपटक सोच्नुपर्ने बाध्यता बनाइदिएको छ । झण्डै ६० हजार जनसंख्या रहेको नगरक्षेत्रभित्रका अधिकाशं बासिन्दाहरुले दुषित पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । नगरक्षेत्रभित्र महिनौंदेखी ज्यादै फोहोर र दुषित पानी वितरण हुँदै आइरहेको छ । एकातिर दुषित पानी उपभोग गरिरहेका नगरवासीहरुका लागि अर्काे समस्या थपिएको छ पानीको अभाव । नगरमा अहिले चरम खानेपानीको समस्या देखिएको छ । खानेपानीको अभावले गर्दा नगरवासीको दैनिकी अस्तव्यस्त भएको छ । दैनिक करिब ३१ लाख लिटर पानी आवश्यकता पर्ने नगरभित्र अहिले जम्मा दैनिक १५ लाख लिटर मात्र पानी उपलब्ध हुने गरेको छ । प्रत्येक दिन १६ लाख पानीको अभाव हुनाले नगरबासीहरु हरेक दिन समस्यामा पर्दै आइरहेका छन् ।