सोमबार विहान राजधानीको केशरमहल। चेकिङमा रहेका ६ जना ट्राफिक प्रहरी सवारी चालकको गतिविधि हेर्दै गल्ती गर्नेलाई घेराउमा पार्दै थिए। हेर्दा हेर्दै सडक नियम पालन नगर्नेहरुको संख्या त्यहाँ थपिँदै थियो। सानो चौघेरा बनाएका ट्राफिकको जालमा मोटरसाइकल, ट्याक्सी र स्कुटर चालकहरु पर्दै थिए।
यसरी समातिएका सबैलाई ट्राफिक जनचेतनाका विषयमा प्रवचन दिए र सुनाए, ट्राफिक नियम उल्लंघन गर्दा हुने जरिवाना, सजाय र दुर्घटनाका विषयहरु। तर, अन्तिममा ट्राफिक प्रहरीले उल्टै नियम मिच्ने सवारी चालकलाई 'नमस्कार ! आइन्दा गल्ती नगर्नुस्' भन्दै छोडिदियो पनि।