‘बन्द र आन्दोलन नगरेसम्म सरकारले सुन्दै सुन्दैन, माग पुरा गराउन पनि आन्दोलनको विकल्प छैन ।’ यस्तो मानसिकता सत्ताका विरुद्ध प्रतिपक्षले मात्र राख्दै आएको थियो । विस्तारै सामान्य संघसंस्था र टोले समुहले पनि राख्न थाले र सामान्य विषयमा पनि आन्दोलन र बन्दको मार आमनागरिकले बेहोर्न थाले । दलले सिकाएको यो बाटो विस्तारै व्यवसायीहरुले पनि आत्मसाथ गरेका छन् । त्यो पनि जायज मागमा होइन । नाजायज कुरामा । सरकारलाई निरिह बनाउन व्यवसायी आफ्ना कर्तुत ढाकेर पनि लागी परेका छन् । र, यसमा सरकार पनि उस्तै जिम्मेवार देखिन्छ ।
Saturday, June 29, 2013
Saturday, June 15, 2013
एउटै गुगल, प्रतिस्पर्धा अरु
मोबाइलमा देखिएका पर्याप्त एप्सले पक्कै पनि तपाईको दैनिकी सजिलो बनाएको छ । यति मात्र होइन । लामो सन्देश लेखेर पठाउन प¥यो सहायता इमेलको चाहिन्छ । कुनै कुराको जिज्ञासा छ, तपाईका औला किबोर्ड र किप्याडमा सर्च इन्जिनतर्फ दौडिन थाल्छन् । केही अनुभव साट्न छ, हालखबर बुझ्न छ । सामाजिक सञ्जालको भर पर्नुपर्ने हुन्छ ।
मोबाइलको ओएस, इमेल सर्भिस, सर्च इन्जिन, सोसल नेटवर्क नभए के हुन्छ ? पक्कै पनि जीवन त चल्छ तर पूर्ण हुदैन । जीवन प्रविधीमैत्री बन्दै जाँदा यसैमा भर पर्ने क्रम पनि बढिरहेको छ । टेक्नोपुस्ताहरु पछिल्ला संस्करणमार्फत आफुलाई अपडेट बनाउँदै लाँदा यससँग जोडिएका विशेषताहरुमा पनि प्रतिस्पर्धा बढ्दै गएको छ ।
मोबाइलको ओएस, इमेल सर्भिस, सर्च इन्जिन, सोसल नेटवर्क नभए के हुन्छ ? पक्कै पनि जीवन त चल्छ तर पूर्ण हुदैन । जीवन प्रविधीमैत्री बन्दै जाँदा यसैमा भर पर्ने क्रम पनि बढिरहेको छ । टेक्नोपुस्ताहरु पछिल्ला संस्करणमार्फत आफुलाई अपडेट बनाउँदै लाँदा यससँग जोडिएका विशेषताहरुमा पनि प्रतिस्पर्धा बढ्दै गएको छ ।
Friday, May 10, 2013
डान्सबारमा दुई रात
स्मोक मेसिनबाट उडेको धुँवाले पुरै कोठा
कुहिरो लागेजस्तै बनाएको थियो । रंगीन प्रकाशले उनको वक्षस्थल घरी देखिने र
घरी छोपिने क्रम भएको थियो । ‘तेरा प्यार प्यार प्यार... हुक्का बार...’
यो गीतमा उनले बेली हल्लाउँदा । उन्मात नै अर्कै । निलो गाउनमा सेतो तिघ्रा
देखाएर उनी नाच्दा म एकोहोरो हेरेको हेरै थिए ।
‘मु** । बियर तान । लामो जस्तो हेरेको छस् ।’ महेनले मेरो एकाग्रता भंग ग¥यो ।
‘मु** । बियर तान । लामो जस्तो हेरेको छस् ।’ महेनले मेरो एकाग्रता भंग ग¥यो ।
Thursday, April 25, 2013
ब्लगमा मेरो 'कमब्याक' !
कतिपय अवस्थामा लेखेर खुब धित मर्छ । त्यो बेला लेख्नुको मज्जा नै छुट्टै । जब गृहजिल्ला बागलुङमा थिए । स्थानिय पत्रिकामा स्तम्भ लेख्ने र ब्लगमा आफ्ना पोष्ट गर्ने काम पनि गरियो । अलि ठूलो मान्छे भइन्छ की भनेर काठमाण्डौं आएको सिर्जनामा लगभग पूर्णविराम नै लाग्यो । पूर्णविरामलाई कम्तीमा अल्पविरामसम्म पनि झार्न सकिएन । नलेखेको पनि होइन तर पुरापुर समाचारकै पछि लागियो । जागिर । नी ।
Friday, June 3, 2011
समस्याप्रति मौन संस्था, बागलुङ नगरखानेपानीः राजनितीक भर्तिकेन्द्र
पानी जिन्दगानी हो पानीविनाको जीवन न रहन्छ न सोच्न सकिन्छ । कुनै पनि देशका नागरिकले स्वच्छ पिउने पानी खानु उसको अधिकार हो । दुषित पानी पिउनाले मानविय स्वास्थ्यमा नराम्रो असर पार्दछ । मानविय स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीको अवस्थामा बागलुङ नगरक्षेत्रको पानीले सबैलाई एकपटक सोच्नुपर्ने बाध्यता बनाइदिएको छ । झण्डै ६० हजार जनसंख्या रहेको नगरक्षेत्रभित्रका अधिकाशं बासिन्दाहरुले दुषित पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । नगरक्षेत्रभित्र महिनौंदेखी ज्यादै फोहोर र दुषित पानी वितरण हुँदै आइरहेको छ । एकातिर दुषित पानी उपभोग गरिरहेका नगरवासीहरुका लागि अर्काे समस्या थपिएको छ पानीको अभाव । नगरमा अहिले चरम खानेपानीको समस्या देखिएको छ । खानेपानीको अभावले गर्दा नगरवासीको दैनिकी अस्तव्यस्त भएको छ । दैनिक करिब ३१ लाख लिटर पानी आवश्यकता पर्ने नगरभित्र अहिले जम्मा दैनिक १५ लाख लिटर मात्र पानी उपलब्ध हुने गरेको छ । प्रत्येक दिन १६ लाख पानीको अभाव हुनाले नगरबासीहरु हरेक दिन समस्यामा पर्दै आइरहेका छन् ।
Thursday, May 26, 2011
एउटा भूगोलले छुट्टाएको असमानता
हरियाली डाँडाले घेरिएको हरियाली समथर विशाल भूभाग जहाँ बुकी छन्् चर्छन घोडा गाई भैसी भेडा साँडे र खच्चड । जहाँ छ ढोर बराह मन्दिर र सँगै बग्छिन् उत्तर गंगा आफ्नो शालिन गतीमा हावाको भेगहरु कोमल बदनमा स्पर्शका झिल्का दिदै स्वागतमा आतुर छन् । देउराली उकाली र ओराली नियालीरहन्छ । गोरेटोको दायाँ बायाँ लाली गुराँस र सेतो गुराँस मन्द मुस्कानमा सजिएका छन् । जंगलभित्र नाउर र झारलको कुदकुदाई । त्यही धर्तीमाथीको निल गगनमा कुहिरो पनि डेरा जमाउँछ लाग्दैन की म यो ठाँउ छोडौं कुहिरोलाई । प्रकृती आफै भुल्छ र भुँलाउँछ सारालाई । पहाडी क्षेत्र भएपनि कतै तराईको जस्तो समथर भुभाग अनि पहाडैकै चिनारी हरियो डाँडाको दुवै दृश्य देख्न पाईने ढोरपाटन क्षेत्रमा जोकोही पहिलोपटक पाइला टेक्छ भित्रीमनदेखी नै भन्छन् आहा ! ढोरपाटन ।
Saturday, May 14, 2011
धर्मले देखाएको बाटो
बागलुड बजार गत १५ गतेदेखी ३० गतेसम्म प्रवचनमय भयो । जीवन दर्शन र विज्ञानलाई धर्ममा जोडेर १५ दिनसम्म आयोजना गरिएको प्रवचनमा बागलुङ बजारका श्रेष्ठ विशिष्ट व्यक्तिहरु हरेक साँझ नतमस्तक भए । स्वामी हरिदासजीको प्रवचन सुन्न बागलुङका सुरक्षाप्रमुख देखी लिएर सरकारी कार्यालयका प्रमुखहरु समाजसेवीदेखी लिएर व्यापारीहरुले हरेक साँझको डेढ घण्टासम्म आफुलाई एकाग्र बनाए । प्राय घरबाट अति कम निस्कने बुहारीहरुलाई प्रवचन कार्यक्रमले असली प्रजातन्त्र दिलायो कारण उनीहरु प्रवचन भएको प्रत्येक दिन बालमन्दिर प्राङ्गणमा देखिए । १५ दिनको प्रवचनले नगर र आसपासका बासिन्दाहरुको दैनिकी नै बदलिदिएको छ यो मानेमा की अब त्यसपछि त्यो समयमा के गर्ने । विद्यार्थी शिक्षक निजी क्षेत्रका कर्मचारी हरेक तह र वर्गका मान्छेहरु प्रवचनमा समय व्यतित गर्दा लाग्थ्यो अब पुरै नगर आध्यात्मिक भयो ।
Subscribe to:
Posts (Atom)
