Pages

Wednesday, October 30, 2013

जगदिश घिमिरे: जीवन बुझ्ने लेखक

‘माइलोमा' भन्ने रक्तक्यान्सर जब भयो उनी थला पर्दै गए । तर, रोगलाई जितेर पनि विभिन्न कार्यक्रम र समारोहमा जगदिश घिमिरेको उपस्थिती हुने गरेको थियो । घिमिरेबाट सिक्नुपर्ने महत्वपूर्ण कुरा हो । आत्मबल । जो रोगसँग लडेर आफ्नो जीवनलाई पुस्तकमा उतारे । पुस्तकलाई जीवन र जीवनलाई पुस्तक बनाउने लेखक घिमिरे ६८ बर्षको उमेरमा अन्तिम कृति सकस हामीमाझ छोडेर बिहिवार प्रस्थान गरेका छन् ।

Tuesday, October 29, 2013

फोटो कथा : रसुवालाई जिस्काइरहन्छ हिमाल र बादलले ।

रसुवालाई कहिले तुवाँलो, कहिले बादलले त कहिले हिमाल स्वागत गरिरहन्छ । धेरै तामाङ संस्कृती रहेको यो हिमाली जिल्ला पुग्नको लागि मेरो मन पहिल्यैदेखी आतुर थियो । साइत जु¥यो । अनि पुगियो । मलाई रसुवाको धेरै व्याख्या गर्ने जरुरी लागेन केही तस्विर कैद गरेको छु । जहाँ म पुगे र देखें ।

हाकु गाविसमा पर्ने यी झरनाले कसको मन नतान्ला र ।

Tuesday, October 22, 2013

विनोद प्रधानसँग ३ घण्टा

‘मलाई डिएसएलआरसँग डर लाग्छ’ बलिउड सिनेमाट्रोग्राफर बिनोद प्रधानले मंगलबार कुमारी हलमा भनिरहँदा सबैभन्दा बढि डिएसएलआरबाट मुभि खिच्ने तन्नेरी पुस्ता हलभरी थिए । भर्खर डिजिटलमा बामे सराईको अवस्थामा रहेको नेपाली सिनेमामा अलि अघि डिएसएलआरको पनि प्रयोग हुन्थ्यो यद्यपी अझै केहीले यसैको प्रयोग गर्दैछन् । प्रधानले डिएसएलआर प्रयोग ठिक कि बेठिक भनेनन् बरु डिजिटल ज्ञान हुनुपर्ने बताउँदै आफुलाई भने डिएसएलआरबाट डर लाग्ने बताए ।

Monday, October 21, 2013

रोजगार अनुमति प्रणाली इपीइसको भाषा परिक्षाको नतिजा

रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारका लागि लिइएको रोजगार अनुमति प्रणाली इपीइसको भाषा परिक्षाको नतिजा सोमबार सार्वजनिक भएको छ । परिक्षामा ८ हजार ५१ जना उतिर्ण भएका छन् । लिंक खोली नतिजा हेर्नुहोस् ।

Friday, September 27, 2013

'मौन' हेर्नुपर्नेका केही कारणहरु


सिनेमा आँखा र कान दुवैका लागि हो । दृश्यात्मक भाषा ध्वनीका माध्यमबाट चेतनामा पसेन भने त्यसले सायदै सार्थकता ल्याउँला । तर, यतिखेर सहरका पर्दामा चलिरहेको चलचित्र मौन त्यस्तो चलचित्र हो जसमा लिड रोलमा नै रहेका पात्रहरु चुपचाप छन् । सिनेमाको शिर्षकलाई सार्थकता प्रदान गर्ने होइन कथालाई न्याय दिन जुराइएको मौनले चलचित्रको मौनतालाई त्यतिखेर भंग गर्छ जतिखेर ठिक उल्टो दर्शक सोचिरहेका हुन्छन् ।
प्रेमको अभिव्यक्ति कुन भाषामा सरल रुपमा बुझिन्छ ? मौनले दर्शाउँछ – सांकेतिक भाषा । सिनेमाको आफ्नै व्याकरण होला तर मौनभित्रको सांकेतिक भाषामा प्रेमको अभिव्यक्तिले संकेत भाषाको व्याकरणलाई पनि फराकिलो बनाएको छ । हो, पहिलो कारण यही हो मौन हेर्नुपर्ने कि नेपाली सिनेमामा नयाँ विषय, नयाँ प्रयोग संकेतको भाषा जुन विश्वव्यापी बुझिन्छ ।

अमन पात्रको रुपमा रहेका अर्पण थापा र बर्षा पात्रको रुपमा रहेकी नम्रता श्रेष्ठ सिनेमाको मुख्य अभिनयमा रहेका छन् । आफ्नो अभिव्यक्ति व्यक्त गर्ने नसक्ने र सुन्न पनि नसक्ने यी दुई पात्र सिनेमामा संवाद नगर्दा सिनेमा खल्लो लाग्न सक्छ । भनिन्छ, सिनेमाको पहिलो ५ मिनेटसम्म बाँध्यो भने अन्तिमसम्म बाँध्न सक्छ तर मौनले पहिलो १५ मिनेटसम्म पनि बाँध्न सक्दैन कतिखेर संवाद सुन्न पाइन्छ भनेर अत्यार लाग्न सक्छ तर त्यसपछि दर्शकले यति मनोरञ्जन लिन्छन् की फिल्मी डायलग गौण लाग्छ । हलिउड सिनेमा द आर्टिस्ट र बलिउड सिनेमा बर्फिको धुमिल या ताजा स्मरण गर्नेलाई पनि मौनले नविनता प्रदान गर्दछ । कतिपय अवस्थामा अभिनयलाई संंवादले जिवन्त प्रदान गर्दछ । अभिनयको हिस्सा बन्छ संवाद तर बिना संवादको अभिनयमा जमेका छन् अर्पण र नम्रता । त्यसैले अर्काे कारण हो मौन हेर्नुपर्ने की म्युट पात्रको जोडदार अभिनय ।

Tuesday, September 3, 2013

गज्जबको एप्स 'क्यास अन एड', एक कल फोन उठाउँदा एक रुपैयाँ पाइने

 मोबाइलको घन्टी बज्दा फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैयाँ जम्मा हुन्छ भने त्योभन्दा सजिलो आम्दानी अर्को के होला? कुरा यत्ति हो, फोन उठाउनुअघि ६ सेकेन्डसम्म कुनै व्यापारिक विज्ञापन हेर्ने धैर्य तपाईंमा हुनुपर्छ। हो, सिरान टेक्नोलोजीले 'क्यास अन एड' नामक मोबाइल एप्लिकेसन निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट बसीबसी आम्दानी गर्न सकिन्छ। त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ। मोबाइलको घन्टी बज्दा फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैयाँ जम्मा हुन्छ भने त्योभन्दा सजिलो आम्दानी अर्को के होला? कुरा यत्ति हो, फोन उठाउनुअघि ६ सेकेन्डसम्म कुनै व्यापारिक विज्ञापन हेर्ने धैर्य तपाईंमा हुनुपर्छ। हो, सिरान टेक्नोलोजीले 'क्यास अन एड' नामक मोबाइल एप्लिकेसन निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट बसीबसी आम्दानी गर्न सकिन्छ। त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ।

Sunday, September 1, 2013

सुनगाभा विवाद : लगनपछिको पोते

राजनीतिभन्दा पनि चरम संक्रमणमा छ नेपाली चलचित्र क्षेत्र। प्रसव पीडामा छटपटिएर कतिखेर काख न्यानो पार्छ त कतिबेला खेर फाल्छ, आफ्नै सन्तान। ६ दशकसम्म पनि स्पष्ट रेखा नकोरिएको आरोप नेपाली चलचित्रलाई छ। अहिलेसम्म आइपुग्दा औंलामा गन्न सक्ने चलचित्रलाई सफल भनिरहेका छौं। यस्तो स्थितिमा गुज्रेको नेपाली चलचित्र क्षेत्रमा ओस्कार रौनक आफैमा गद्गद्को विषय हो। तर, ओस्कार मनोनित चलचित्रमाथि उठेको विवादले सम्भावनालाई नै धरापमा पारेको छ।