Pages

Wednesday, January 8, 2014

भित्ता बोल्छ ! (तस्विरहरु)

सडकमा हिड्दा, सवारी साधनमा यात्रा गर्दा अचेल सडक छेउका भित्तामा आँखा ठोकिन्छ । राजधानीसहित ललितपुर र भक्तपुरका भित्ताहरु अचेल रंगीन देखिन्छन् । विभिन्न स्वरुपमा देखिएका चित्रहरुले सजिलै ध्यान आकर्षण गर्छन् ।  भित्तामा कोरिएका चित्रहरुले सिर्जनात्मक स्वरमात्र दिएका छैनन्, कुनै अभियान, कुनै विरोध र कतै व्यङ्ग पनि बोलिरहेका छन् । मूर्त र अमूर्त दुबै चित्रले धेरै कुरालाई अर्थाएको पनि छ । कतै राजनैतिक दलका नाराले फोहोर भएका भित्ता चित्रकलाले सफा गरेको छ भने कतै कोरिएका चित्रमाथी पोष्टर टाँस्ने र निकाल्ने कामले भित्ता झनै फोहोरसमेत भएको छ । त्यस्तै कुनै भित्ता त चित्रकै कारणले पनि सफा देखिदैन् । हेरौं पैदल यात्रा गर्दा सोह्खुट्टेबाट अफिस सुन्धारा आउँदा खिचिएका भित्ताका तस्विरहरु (एउटा ललितपुरमा) । यी तस्विरहरु नोकियाको एन ८ मोबाइलले खिचिएका हुन् ।

Saturday, January 4, 2014

फोटो कथाः सौराहामा एक झिल्को घाम र हात्ती

चितवनको सौराहामा एक झिल्को घाम र हात्ती हेर्ने स्वदेशी विदेशी धेरैको आगमन हुन्छ । प्राकृतिक सुन्दरता सौराहाको शान हो । तर, सौराहाको जंगल नजिकै ठूला ठूला घर र जंगलभित्र नै गाडी कुदिरहँदा गैडा र बाघ जस्तै हात्ती पनि विस्तारै हराउने त होइन, तस्विरमा साइन बोर्ड, हात्तीको मूर्ति पनि खिचिएको छ । एक दिन हात्ती हराउँदै गए भने यस्तो हुन्छ भन्ने देखिन्छ मात्रै । तस्विरहरु हेर्नुहोस् । 

Wednesday, November 27, 2013

विजययात्रामा पूर्णविराम । सम्झनामा विजयबाबु ।

“तिमीले घर र परिवार भन्यौं भने प्रगती कहाँबाट गर्छाैं भन त प्रगती गर्नलाई तिमीले तिम्रो ठाउँ छोड्नुपर्छ, काठमाण्डौं आऊ यो भिडमा स्थापित भयौं भने भविष्य बन्छ ।” कारोबार दैनिकको बागलुङ संवाददाता भएर काम गरिरहेको समयमा अचानक समाचार सम्पादक विजयबाबु खत्रीले काठमाण्डौं आएर काम गर्न आग्रह गरेपछि मैले मेरो बाध्यता सुनाउँदा माथीका उद्गारबाट विजयबाबुले मलाई सम्झाउनु भएको थियो । आज विजयबाबु हामी माझ नभएको (आज मंसिर १२ गते ) २ बर्ष भयो । तर यी उद्गार अझै मेरो कानमा गुन्जिरहेको छ ।

Wednesday, October 30, 2013

जगदिश घिमिरे: जीवन बुझ्ने लेखक

‘माइलोमा' भन्ने रक्तक्यान्सर जब भयो उनी थला पर्दै गए । तर, रोगलाई जितेर पनि विभिन्न कार्यक्रम र समारोहमा जगदिश घिमिरेको उपस्थिती हुने गरेको थियो । घिमिरेबाट सिक्नुपर्ने महत्वपूर्ण कुरा हो । आत्मबल । जो रोगसँग लडेर आफ्नो जीवनलाई पुस्तकमा उतारे । पुस्तकलाई जीवन र जीवनलाई पुस्तक बनाउने लेखक घिमिरे ६८ बर्षको उमेरमा अन्तिम कृति सकस हामीमाझ छोडेर बिहिवार प्रस्थान गरेका छन् ।

Tuesday, October 29, 2013

फोटो कथा : रसुवालाई जिस्काइरहन्छ हिमाल र बादलले ।

रसुवालाई कहिले तुवाँलो, कहिले बादलले त कहिले हिमाल स्वागत गरिरहन्छ । धेरै तामाङ संस्कृती रहेको यो हिमाली जिल्ला पुग्नको लागि मेरो मन पहिल्यैदेखी आतुर थियो । साइत जु¥यो । अनि पुगियो । मलाई रसुवाको धेरै व्याख्या गर्ने जरुरी लागेन केही तस्विर कैद गरेको छु । जहाँ म पुगे र देखें ।

हाकु गाविसमा पर्ने यी झरनाले कसको मन नतान्ला र ।

Tuesday, October 22, 2013

विनोद प्रधानसँग ३ घण्टा

‘मलाई डिएसएलआरसँग डर लाग्छ’ बलिउड सिनेमाट्रोग्राफर बिनोद प्रधानले मंगलबार कुमारी हलमा भनिरहँदा सबैभन्दा बढि डिएसएलआरबाट मुभि खिच्ने तन्नेरी पुस्ता हलभरी थिए । भर्खर डिजिटलमा बामे सराईको अवस्थामा रहेको नेपाली सिनेमामा अलि अघि डिएसएलआरको पनि प्रयोग हुन्थ्यो यद्यपी अझै केहीले यसैको प्रयोग गर्दैछन् । प्रधानले डिएसएलआर प्रयोग ठिक कि बेठिक भनेनन् बरु डिजिटल ज्ञान हुनुपर्ने बताउँदै आफुलाई भने डिएसएलआरबाट डर लाग्ने बताए ।

Monday, October 21, 2013

रोजगार अनुमति प्रणाली इपीइसको भाषा परिक्षाको नतिजा

रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारका लागि लिइएको रोजगार अनुमति प्रणाली इपीइसको भाषा परिक्षाको नतिजा सोमबार सार्वजनिक भएको छ । परिक्षामा ८ हजार ५१ जना उतिर्ण भएका छन् । लिंक खोली नतिजा हेर्नुहोस् ।