Pages

Monday, March 24, 2014

उहिलेको पोखरा, अहिलेको पोखरा । (उल्टो विकासले ल्याएको समृद्धि)

पोखराको विकास उल्टो भयो । पहिले प्लेन आयो, त्यसपछि जिप, गोरुगाडा अनि मोटरसाइकल । अहिले फेरि अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षामा छ पोखरा, त्यसपछिको विकासक्रम अझ दु्रत्ततर गतिले बढ्ने कुरामा आशावादी छ यो सहर ।
विकासको नक्सा नकोरिदै पोखरामा पहिलोपटक २००६ सालमा जहाज अवतरण भएको थियो । र, विकास परिसूचकको सूत्रधार यसैलाई मानियो । तर, पोखरेलीले फलामे चरो देखेको दुई दशकपछिमात्र त्यहाँ मोटर बाटो पुग्यो । २०२७ सालमा सिद्धार्थ राजमार्ग बनेपछि पोखराको आर्थिक र जनसांख्यिक विकास अद्भूत रूपमा बढ्यो ।

Sunday, March 16, 2014

होलीमा ठमेल (तस्वीरहरु)

ठमेलमा होलीको रौनक अधिक थियो । पहिला पहिला नेपालीले विदेशीलाई रंग दल्न खोज्दा डराउँथे अहिले विदेशीले नेपालीलाई रंग दल्न खोज्दा डराउने अवस्था भएको छ । होलीमा ठमेलका केही दृश्यहरु । साथमा आसपासमा नेपालीको होली रौनक पनि ।


Saturday, March 1, 2014

बढ्दै छ नेपालमा विदेशी सिनेमाको छायाँकन,के सम्भव होला सिनेमा पर्यटन ?

रमणीय नेपाल विदेशीको क्यामेरामा कयौं पटक कैद भए । डकुमेन्ट्री बने । अझ फोटोग्राफीमा नेपाल खुब बिक्छ । बेला बेला ट्रिप एडभाइजरको सूचीमा पनि नेपाल पर्दै आइरहेको छ । पर्यटकका लागि भ्रमण गन्तव्य बनिरहेको नेपाल । के सिनेमा खिच्ने थलो हुन सक्छ ?
नेपाल सिनेमा छायाँकनका लागि प्राकृतिक सेट हो । प्रकृतिले दिएका सबथोक छ नेपालमा । भर्जिन लोकेसनको हन्टिङ गर्दै हिड्ने निर्देशक निर्माता नेपालको सबै दृश्यमा कुमारित्व पाउँछन् । सिनेमा बनाउन हलिउड र बलिउडबाट सिक्ने नेपालले दृश्यको भाषा भने नेपालबाट नै सिकाउन सक्छ । नेपाल अन्तराष्ट्रिय सिनेमा छायाँकनको थलो हुन सक्छ । नेपालमा विदेशी सिनेमा छाँयाकनका लागि आउन सम्भव पनि छ । भर्खर नेपाल सुटिङ सकेर फर्केको हलिउड सिनेमा ‘एभरेष्ट’ र १ बर्षअघि नेपालमा सुटिङ भएको चाइनिज सिनेमा ‘अप इन द विन्ड’ले प्रशस्त सम्भावना देखाएको छ । एभरेष्ट सिनेमा त सगरमाथाको कथा भएकोले नेपाल छि¥यो । अरु सिनेमा लोकेशन हन्टिङ गर्दै नेपाल तानिन थालेका छन् ।

Monday, February 24, 2014

तानदेखि केबुलकारसम्म

२०२१ सालमा हेटौंडामा डिजेल प्लान्ट परियोजनामा ३० लाखजति घाटा खाएपछि धैर्य नगरेको भए लक्ष्मणबाबु श्रेष्ठ शायदै स्थापित हुन्थे होला । ४ हजार ५ सय किलोवाटको हेटौंडा डिजेल प्लान्टको टेन्डर परे पनि काममा असफल भएका उनी त्यसको पूर्ति गर्न कयौं बिघा जग्गा बेचेर व्यवसायमा अडिएका थिए । त्यही धैर्यले उनलाई व्यवसायमा स्थापित गरायो ।
गोरखामा जन्मिएर चितवनबाट निर्माण व्यवसायमा हात हालेका ७८ वर्षीय श्रेष्ठको फागुन १ मा  उपचार क्रममै भारतमा निधन भयो । उनको अनुपस्थितिमा यतिखेर परिवारमात्र शोकमग्न छैन, उनीसँग जोडिएका सबै शोकमा छन् । स्थापित र सफल व्यवसायीको अनुपस्थितमा कयौंले अभिभावकमात्र गुमाएनन्, निजी क्षेत्रले साझेदारसमेत गुमाएको छ ।

Friday, February 21, 2014

यसरी सुरु भयो सार्ककै पहिलो उत्पादन रारा चाउचाउ

‘आरएआरए रारा, मिठो भन्छन् सारा’ रेडियो जिंगलमा यो विज्ञापन नसुन्ने कमै होलान् । पोखराबाट उत्पादन हुने यो चाउचाउ सार्ककै पहिलो नुडल्स हो । ०३९ सालमा स्थापित हिमश्री नुडल्स उद्योगले उत्पादन गरेको रारा चाउचाउको लोकप्रियता अझै पनि पश्चिमका सहर र ग्रामीण भेगमा उस्तै छ ।
पोखरामा तिब्बती चाउचाउ (सिन्के) बनाएर खाने चलन भर्खर बढेको थियो । सिन्के चाउचाउ पोखरामा बनाएर बिक्री पनि सुरु हुन थाल्यो । तर, पोखरामा आउने बेलायतीले खाने चाउचाउ फरक थियो । पोखरामा आउने बेलायतीको संगतमा रहेका सूर्यबहादुर केसी त्यहीँबाट चाउचाउ उत्पादनको अवधारणा बनाएको बताउँछन् । “त्यो बेला फणिन्द्रमान श्रेष्ठसँग मिलेर रारा चाउचाउ उत्पादन भयो,” उनले भने ।

Monday, February 17, 2014

सुध्रिए ट्राफिक प्रहरी, सुध्रिएनौं हामी (अडियो–भिडियो–फोटोसहित)

सोमबार विहान राजधानीको केशरमहल। चेकिङमा रहेका ६ जना ट्राफिक प्रहरी सवारी चालकको गतिविधि हेर्दै गल्ती गर्नेलाई घेराउमा पार्दै थिए। हेर्दा हेर्दै सडक नियम पालन नगर्नेहरुको संख्या त्यहाँ थपिँदै थियो। सानो चौघेरा बनाएका ट्राफिकको जालमा मोटरसाइकल, ट्याक्सी र स्कुटर चालकहरु पर्दै थिए। 
यसरी समातिएका सबैलाई ट्राफिक जनचेतनाका विषयमा प्रवचन दिए र सुनाए, ट्राफिक नियम उल्लंघन गर्दा हुने जरिवाना, सजाय र दुर्घटनाका विषयहरु। तर, अन्तिममा ट्राफिक प्रहरीले उल्टै नियम मिच्‍ने सवारी चालकलाई 'नमस्कार ! आइन्दा गल्ती नगर्नुस्' भन्दै छोडिदियो पनि। 

Friday, February 14, 2014

स्वयम र श्रेयाको प्रेम कथा ।

‘दाई, तपाईसँग ११ को किताब छ,’ उसले पहिलो पटक मसँग बोल्दै प्रश्न गरी । भर्खर ११ को परिक्षा दिएर बसेको म, मैले देखिरहेको तर नबोलेको युवतीले प्रश्न गरेपछि अप्ठ्यारो मानी मानी अँ छ तर रिजल्ट नै आएको छैन भने । ‘मिल्छ भने दिनु न,’ उसको आग्रहले नरम बनायो मलाई, मैले हुन्छ म हेर्छु भनिहाले । उसले मेरो उत्तर खस्न नपाउँदै पुस्तक लिन म तपाईको घरमा आउँछु नि भनी । नाम उसको श्रेया ।