Pages

Thursday, July 10, 2014

नमस्ते हराउला होसियार...

पहाडकी रानीको उपमा पाएको दार्जिलिङ पुग्न मोड र घुम्ती त्यती पार गर्नुपर्छ की टिस्टा बजारबाट उकालो लागेपछि हातमा रहेको पानीको एक बोत्तल दार्जिलिङ नपुगेसम्म पुरै सकिन्न । जब पानी खान मुखमा राखिन्छ, घुम्ती आइहाल्छ अनि पोखिन्छ ।

थुम्को थुम्कोको सहर दार्जिलिङ पुग्दा भिरालो जमिनमा अडिएका घर र हरियाली चियाको बगानले मात्र आकर्षित गर्दैन् । नेपालबाहिरको नेपाल दार्जिलिङ नेपाली सम्भता, भाषा, साहित्यको विम्वको रुपमा पनि उस्तै अडिग छ । नेपालीपन सिक्न पनि दार्जिलिङ खुल्ला ऐना नै भएको छ । प्रायःको बोल्ने शैली, अतिथीलाई प्रदान गर्ने सत्कार र नेपाल चासोले सजिलै जोकोही घुलमिल हुन्छन् ।  दार्जिलिङका नेपालीहरु आफुहरु नेपालीभाषी मात्र होइन नेपाली नै हो भन्न रुचाउँछन् । उनीहरुलाई दिल्लीभन्दा काठमाडौं प्यारो लाग्छ । नेपालको चिन्ता पनि उस्तै गर्छन् ।

Wednesday, May 7, 2014

सधै मुस्कुराउँछ घलेगाउँ (तस्विरसहित)

हाँस्दा देखिने दन्तलहरजस्तै लहरै मिलेका सेता हिमाल, कालिगढले कुँदेरै मिलाएर बनाएको जस्तो चटक्क मिलेका गाउँहरु । लमजुङको घलेगाउँको विशेषण यति थपेर मात्र पुग्दैन । मौलिक परम्परादेखि रहनसहन अनि हावापानीले घलेगाउँ नपुग्नेलाई पनि आफ्नो गन्तव्य सुचिमा पार्दै आइरहेको छ ।

Sunday, April 6, 2014

बागलुङ: उदाउँदो सहर, गर्विलो जिल्ला

२०४८ चैत २४ गते बागलुङमा पहिलोपटक ट्रक आउँदा विकासको फड्को मारेको अनुभूति गरेका स्थानीयबासी अहिले राष्ट्रिय गौरवको आयोजनामध्ये दक्षिणमा कालीगण्डकी करिडोर र पश्चिममा मध्यपहाडी लोकमार्गले विकासको ढाँचा परिवर्तन गर्दा गर्व गरिरहेका छन्।
दुई दशकमा बागलुङले मुहार मात्र फेरेको छैन, विकासका हरेक स्वाद चाखिसकेको छ। ऐतिहासिक पृष्ठभूमिमा उभिएको बागलुङमा शिक्षा, स्वास्थ्य, पर्यटनको क्रमिक विकास भइरहेको छ। प्रविधि, व्यापार, उद्योग, होटल, बैकिङ, विद्युतलगायतको द्रुत विकासले बागलुङ बजारलाई उदाउँदो सहरको रुपमा स्थापित गरिसकेको छ। भारतीय र ब्रिटिस सेनालगायत अन्य मुलुक गएकाहरुले ठूलो मात्रामा पठाउने पैसाका कारण रेमिटेन्स जिल्लाको परिचय बनाएको बागलुङ आर्थिक क्षेत्रमा नयाँ पहिचान बनाउने अवसरको खोजीमा छ। बागलुङ नगरपालिका र आसपास जस्तै जिल्लाका अन्य क्षेत्रले पनि फड्को मारिरहेका छन्। बागलुङसँग गर्व गर्ने कुरा धेरै छन्। 

Monday, March 24, 2014

उहिलेको पोखरा, अहिलेको पोखरा । (उल्टो विकासले ल्याएको समृद्धि)

पोखराको विकास उल्टो भयो । पहिले प्लेन आयो, त्यसपछि जिप, गोरुगाडा अनि मोटरसाइकल । अहिले फेरि अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षामा छ पोखरा, त्यसपछिको विकासक्रम अझ दु्रत्ततर गतिले बढ्ने कुरामा आशावादी छ यो सहर ।
विकासको नक्सा नकोरिदै पोखरामा पहिलोपटक २००६ सालमा जहाज अवतरण भएको थियो । र, विकास परिसूचकको सूत्रधार यसैलाई मानियो । तर, पोखरेलीले फलामे चरो देखेको दुई दशकपछिमात्र त्यहाँ मोटर बाटो पुग्यो । २०२७ सालमा सिद्धार्थ राजमार्ग बनेपछि पोखराको आर्थिक र जनसांख्यिक विकास अद्भूत रूपमा बढ्यो ।

Sunday, March 16, 2014

होलीमा ठमेल (तस्वीरहरु)

ठमेलमा होलीको रौनक अधिक थियो । पहिला पहिला नेपालीले विदेशीलाई रंग दल्न खोज्दा डराउँथे अहिले विदेशीले नेपालीलाई रंग दल्न खोज्दा डराउने अवस्था भएको छ । होलीमा ठमेलका केही दृश्यहरु । साथमा आसपासमा नेपालीको होली रौनक पनि ।


Saturday, March 1, 2014

बढ्दै छ नेपालमा विदेशी सिनेमाको छायाँकन,के सम्भव होला सिनेमा पर्यटन ?

रमणीय नेपाल विदेशीको क्यामेरामा कयौं पटक कैद भए । डकुमेन्ट्री बने । अझ फोटोग्राफीमा नेपाल खुब बिक्छ । बेला बेला ट्रिप एडभाइजरको सूचीमा पनि नेपाल पर्दै आइरहेको छ । पर्यटकका लागि भ्रमण गन्तव्य बनिरहेको नेपाल । के सिनेमा खिच्ने थलो हुन सक्छ ?
नेपाल सिनेमा छायाँकनका लागि प्राकृतिक सेट हो । प्रकृतिले दिएका सबथोक छ नेपालमा । भर्जिन लोकेसनको हन्टिङ गर्दै हिड्ने निर्देशक निर्माता नेपालको सबै दृश्यमा कुमारित्व पाउँछन् । सिनेमा बनाउन हलिउड र बलिउडबाट सिक्ने नेपालले दृश्यको भाषा भने नेपालबाट नै सिकाउन सक्छ । नेपाल अन्तराष्ट्रिय सिनेमा छायाँकनको थलो हुन सक्छ । नेपालमा विदेशी सिनेमा छाँयाकनका लागि आउन सम्भव पनि छ । भर्खर नेपाल सुटिङ सकेर फर्केको हलिउड सिनेमा ‘एभरेष्ट’ र १ बर्षअघि नेपालमा सुटिङ भएको चाइनिज सिनेमा ‘अप इन द विन्ड’ले प्रशस्त सम्भावना देखाएको छ । एभरेष्ट सिनेमा त सगरमाथाको कथा भएकोले नेपाल छि¥यो । अरु सिनेमा लोकेशन हन्टिङ गर्दै नेपाल तानिन थालेका छन् ।

Monday, February 24, 2014

तानदेखि केबुलकारसम्म

२०२१ सालमा हेटौंडामा डिजेल प्लान्ट परियोजनामा ३० लाखजति घाटा खाएपछि धैर्य नगरेको भए लक्ष्मणबाबु श्रेष्ठ शायदै स्थापित हुन्थे होला । ४ हजार ५ सय किलोवाटको हेटौंडा डिजेल प्लान्टको टेन्डर परे पनि काममा असफल भएका उनी त्यसको पूर्ति गर्न कयौं बिघा जग्गा बेचेर व्यवसायमा अडिएका थिए । त्यही धैर्यले उनलाई व्यवसायमा स्थापित गरायो ।
गोरखामा जन्मिएर चितवनबाट निर्माण व्यवसायमा हात हालेका ७८ वर्षीय श्रेष्ठको फागुन १ मा  उपचार क्रममै भारतमा निधन भयो । उनको अनुपस्थितिमा यतिखेर परिवारमात्र शोकमग्न छैन, उनीसँग जोडिएका सबै शोकमा छन् । स्थापित र सफल व्यवसायीको अनुपस्थितमा कयौंले अभिभावकमात्र गुमाएनन्, निजी क्षेत्रले साझेदारसमेत गुमाएको छ ।