बर्षदिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा निकालिने गाईजात्रा भक्तपुरमा विशेष हुने गर्दछ। जनैपूर्णिमाको भोलीपल्ट पर्ने यो पर्वमा दिवङ्गत आफन्तको नाममा गाईजात्रा निकालेर सहर परिक्रममा गर्ने गरिन्छ। विशेष गरी नेवार समुदायमा यो पर्व मनाइने गरिन्छ। देशैभरि गाइजात्रा पर्व मनाइने भएपनि नेवारहरुको पुरानो सहर भक्तपुरमा यसको छुट्टै महत्वका साथ मनाइने गरिन्छ। डोकोलाई गाईको रुपमा सिंगारेर बजार घुमाउने चलन छ। साथै विभिन्न झाँकी र नाच पनि प्रस्तुत हुने गर्छ। गाइजात्राको अवसरमा भक्तपुरमा पनि यो पर्व मनाइयो।
Thursday, August 14, 2014
Thursday, July 10, 2014
नमस्ते हराउला होसियार...
पहाडकी रानीको उपमा पाएको दार्जिलिङ पुग्न मोड र घुम्ती त्यती पार गर्नुपर्छ की टिस्टा बजारबाट उकालो लागेपछि हातमा रहेको पानीको एक बोत्तल दार्जिलिङ नपुगेसम्म पुरै सकिन्न । जब पानी खान मुखमा राखिन्छ, घुम्ती आइहाल्छ अनि पोखिन्छ ।
थुम्को थुम्कोको सहर दार्जिलिङ पुग्दा भिरालो जमिनमा अडिएका घर र हरियाली चियाको बगानले मात्र आकर्षित गर्दैन् । नेपालबाहिरको नेपाल दार्जिलिङ नेपाली सम्भता, भाषा, साहित्यको विम्वको रुपमा पनि उस्तै अडिग छ । नेपालीपन सिक्न पनि दार्जिलिङ खुल्ला ऐना नै भएको छ । प्रायःको बोल्ने शैली, अतिथीलाई प्रदान गर्ने सत्कार र नेपाल चासोले सजिलै जोकोही घुलमिल हुन्छन् । दार्जिलिङका नेपालीहरु आफुहरु नेपालीभाषी मात्र होइन नेपाली नै हो भन्न रुचाउँछन् । उनीहरुलाई दिल्लीभन्दा काठमाडौं प्यारो लाग्छ । नेपालको चिन्ता पनि उस्तै गर्छन् ।

Wednesday, May 7, 2014
Sunday, April 6, 2014
बागलुङ: उदाउँदो सहर, गर्विलो जिल्ला
२०४८ चैत २४ गते बागलुङमा पहिलोपटक ट्रक आउँदा विकासको फड्को
मारेको अनुभूति गरेका स्थानीयबासी अहिले राष्ट्रिय गौरवको आयोजनामध्ये
दक्षिणमा कालीगण्डकी करिडोर र पश्चिममा मध्यपहाडी लोकमार्गले विकासको ढाँचा
परिवर्तन गर्दा गर्व गरिरहेका छन्।
दुई दशकमा बागलुङले मुहार मात्र फेरेको
छैन, विकासका हरेक स्वाद चाखिसकेको छ। ऐतिहासिक पृष्ठभूमिमा उभिएको
बागलुङमा शिक्षा, स्वास्थ्य, पर्यटनको क्रमिक विकास भइरहेको छ। प्रविधि,
व्यापार, उद्योग, होटल, बैकिङ, विद्युतलगायतको द्रुत विकासले बागलुङ
बजारलाई उदाउँदो सहरको रुपमा स्थापित गरिसकेको छ। भारतीय र ब्रिटिस
सेनालगायत अन्य मुलुक गएकाहरुले ठूलो मात्रामा पठाउने पैसाका कारण
रेमिटेन्स जिल्लाको परिचय बनाएको बागलुङ आर्थिक क्षेत्रमा नयाँ पहिचान
बनाउने अवसरको खोजीमा छ। बागलुङ नगरपालिका र आसपास जस्तै जिल्लाका अन्य
क्षेत्रले पनि फड्को मारिरहेका छन्। बागलुङसँग गर्व गर्ने कुरा धेरै छन्।
Monday, March 24, 2014
उहिलेको पोखरा, अहिलेको पोखरा । (उल्टो विकासले ल्याएको समृद्धि)
पोखराको विकास उल्टो भयो । पहिले प्लेन आयो, त्यसपछि जिप, गोरुगाडा अनि मोटरसाइकल । अहिले फेरि अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षामा छ पोखरा, त्यसपछिको विकासक्रम अझ दु्रत्ततर गतिले बढ्ने कुरामा आशावादी छ यो सहर ।
विकासको नक्सा नकोरिदै पोखरामा पहिलोपटक २००६ सालमा जहाज अवतरण भएको थियो । र, विकास परिसूचकको सूत्रधार यसैलाई मानियो । तर, पोखरेलीले फलामे चरो देखेको दुई दशकपछिमात्र त्यहाँ मोटर बाटो पुग्यो । २०२७ सालमा सिद्धार्थ राजमार्ग बनेपछि पोखराको आर्थिक र जनसांख्यिक विकास अद्भूत रूपमा बढ्यो ।

Sunday, March 16, 2014
Saturday, March 1, 2014
बढ्दै छ नेपालमा विदेशी सिनेमाको छायाँकन,के सम्भव होला सिनेमा पर्यटन ?
रमणीय नेपाल विदेशीको क्यामेरामा कयौं पटक कैद भए । डकुमेन्ट्री बने । अझ फोटोग्राफीमा नेपाल खुब बिक्छ । बेला बेला ट्रिप एडभाइजरको सूचीमा पनि नेपाल पर्दै आइरहेको छ । पर्यटकका लागि भ्रमण गन्तव्य बनिरहेको नेपाल । के सिनेमा खिच्ने थलो हुन सक्छ ?
नेपाल सिनेमा छायाँकनका लागि प्राकृतिक सेट हो । प्रकृतिले दिएका सबथोक छ नेपालमा । भर्जिन लोकेसनको हन्टिङ गर्दै हिड्ने निर्देशक निर्माता नेपालको सबै दृश्यमा कुमारित्व पाउँछन् । सिनेमा बनाउन हलिउड र बलिउडबाट सिक्ने नेपालले दृश्यको भाषा भने नेपालबाट नै सिकाउन सक्छ । नेपाल अन्तराष्ट्रिय सिनेमा छायाँकनको थलो हुन सक्छ । नेपालमा विदेशी सिनेमा छाँयाकनका लागि आउन सम्भव पनि छ । भर्खर नेपाल सुटिङ सकेर फर्केको हलिउड सिनेमा ‘एभरेष्ट’ र १ बर्षअघि नेपालमा सुटिङ भएको चाइनिज सिनेमा ‘अप इन द विन्ड’ले प्रशस्त सम्भावना देखाएको छ । एभरेष्ट सिनेमा त सगरमाथाको कथा भएकोले नेपाल छि¥यो । अरु सिनेमा लोकेशन हन्टिङ गर्दै नेपाल तानिन थालेका छन् ।

Subscribe to:
Posts (Atom)