Pages

Sunday, November 8, 2015

संखुवासभा टु सगुन

शक्तिशाली राष्ट्रको आर्मी हेडक्वार्टरमा वार्षिक १ करोड कमाउने जागिर थियो गोविन्द गिरीको। अमेरिकाको आर्मी हेडक्वार्टर पेन्टागनमा काम गरिरहेका गिरीले आफ्नो कमाइलाई त्यतिखेर भुले, जतिखेर उनले सर्च इन्जिनका दुई साम्राज्य गुगल र याहुलाई टक्कर दिने परियोजना तयार पारे।
सन् २००९ मा उनले सगुनडटकम नामबाट सुरु गरे– सर्च इन्जिन। सुरु भएको दुई महिनामै उनले सोचेजस्तो सफलता पनि पाए। भिजिटर संख्या ह्वात्तै बढ्यो। बढी भिजिटर भएर सर्भरले कामै नगर्ने अवस्था पनि आयो। ६ महिना पुग्दानपुग्दै उनलाई गुगल र याहु कम्पनीबाट सोधखोजसमेत भयो। उनी झन् हौसिए। मनमनै रमाए। अब सोचेको सफलता टाढा छैन।

Sunday, January 4, 2015

उचाइ नभएको सहर (पुस्कर शाह घुमेको तर पुस्तकमा उल्लेख नभएको एउटा सहरको बर्णन )

भोलीको यात्रा नेपालतिर । यति सोचेर म सुते ।
बिहान भारतको सुनवलबाट नेपालको सुनौली छिर्न अध्यागमन पुगे । यहाँ पनि अध्यागमनका प्रहरीले मेरो पासपोर्ट ओल्टाइपल्टाइ हेरे । आनाकानी गरिरहेका थिए । मसँग अमेरिकी एक डलर र भारतीय ५० थियो । कुन दिउ कुन राखौं सोचमा परे । भएको पैसा नै यत्ति । गोरखपुरमा हरिविलासले हिजो राती डिस्को नजाउ भनेको भए त कम्तीमा गोजीमा २ हजार भारतिय रुपैयाँ त हुन्थ्यो । तरपनि २ हजार गएर मन दुखी छैन । ३ वटा वियर खाएर इण्डियन आइटमसँग जो नाचियो ।
५० आइसी दिएर नेपाल छिरे । छिर्ने बेला यता र उता साइकलमा सामान ओसार्नेको उस्तै भिड दुवै देशका प्रहरी पाँच दस घुस खाँदै सामान लैजान दिइरहेका थिए । गरिबीले इमानदारिता देखेन या पैसाले । प्राय देशका पुलिसको व्यवहार उस्तै ।

Sunday, October 19, 2014

समिक्षा । (हाफ गर्लफ्रेण्ड) फिल्मी उपन्यास

सलमान खान र चेतन भगतमा एउटा समानता छ। खानको फिल्म आउनु र भगतको पुस्तक आउनुपूर्व ‘हाइप' हुन्छ। खानको फिल्म हेरेपछि र भगतको पुस्तक पढेपछि पनि एउटै समानता पाइन्छ– कथामा के थियो? 
खान बलिउडका पैसा छाप्ने मेसिन भइसकेका छन्। जस्तो फिल्म आए पनि चल्छ तर यत्ति हो, दर्शकले चित्त बुझाउँदैनन्। भगतका बारेमा त टाइम्स अफ इन्ण्डियाले लेखेको छ– ‘भारतीय पब्लिकेसनका रकस्टार'। अझ दी गार्जियनले थपेको छ– ‘भारतका पेपरब्याक किङ'। गत अक्टोबर पहिलो साता सार्वजनिक भगतको नयाँ उपन्यास ‘हाफ गर्लफ्रेन्ड' बलिउड सूत्रमा आधारित उपन्यास हो। जहाँ भगतका पाठक त छन् तर उपन्यास पढेर चित्त बुझाउँदैनन्। 

Sunday, September 7, 2014

मलेसियामा मरेतुल्य ! (तस्विर र भिडियोसहित)

अध्यागमन पार गरेर मलेसिया जान तयारी अवस्थामा रहेका नेपाली कामदार
 नेपाली कामदारका लागि पहिलो गन्तव्य बनेको मलेसियामा अहिले दैनिक तीन सय नेपाली जाने गरेका छन् । त्यहाँ नेपाली कामदारले भोग्ने समस्या हुन्– गलत कम्पनी, कम तलब र फरक काम । अपमान र शोषणको त कुनै हिसाब छैन । कामदारहरू गाउँदेखि ठगिइन थाल्छन्, राजधानीमा पनि ठगिइन्छन् । र, मलेसियामा पनि ठगिइन्छन् । त्यो पनि नेपाली एजेन्टबाटै । मलेसिया पुगेर फर्केपछिको रिपोर्ट

Thursday, August 14, 2014

भक्तपुरको गाईजात्रा (फोटो फिचर)

बर्षदिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा निकालिने गाईजात्रा भक्तपुरमा विशेष हुने गर्दछ। जनैपूर्णिमाको भोलीपल्ट पर्ने यो पर्वमा दिवङ्गत आफन्तको नाममा गाईजात्रा निकालेर सहर परिक्रममा गर्ने गरिन्छ। विशेष गरी नेवार समुदायमा यो पर्व मनाइने गरिन्छ। देशैभरि गाइजात्रा पर्व मनाइने भएपनि नेवारहरुको पुरानो सहर भक्तपुरमा यसको छुट्टै महत्वका साथ मनाइने गरिन्छ। डोकोलाई गाईको रुपमा सिंगारेर बजार घुमाउने चलन छ। साथै विभिन्न झाँकी र नाच पनि प्रस्तुत हुने गर्छ। गाइजात्राको अवसरमा भक्तपुरमा पनि यो पर्व मनाइयो।



Thursday, July 10, 2014

नमस्ते हराउला होसियार...

पहाडकी रानीको उपमा पाएको दार्जिलिङ पुग्न मोड र घुम्ती त्यती पार गर्नुपर्छ की टिस्टा बजारबाट उकालो लागेपछि हातमा रहेको पानीको एक बोत्तल दार्जिलिङ नपुगेसम्म पुरै सकिन्न । जब पानी खान मुखमा राखिन्छ, घुम्ती आइहाल्छ अनि पोखिन्छ ।

थुम्को थुम्कोको सहर दार्जिलिङ पुग्दा भिरालो जमिनमा अडिएका घर र हरियाली चियाको बगानले मात्र आकर्षित गर्दैन् । नेपालबाहिरको नेपाल दार्जिलिङ नेपाली सम्भता, भाषा, साहित्यको विम्वको रुपमा पनि उस्तै अडिग छ । नेपालीपन सिक्न पनि दार्जिलिङ खुल्ला ऐना नै भएको छ । प्रायःको बोल्ने शैली, अतिथीलाई प्रदान गर्ने सत्कार र नेपाल चासोले सजिलै जोकोही घुलमिल हुन्छन् ।  दार्जिलिङका नेपालीहरु आफुहरु नेपालीभाषी मात्र होइन नेपाली नै हो भन्न रुचाउँछन् । उनीहरुलाई दिल्लीभन्दा काठमाडौं प्यारो लाग्छ । नेपालको चिन्ता पनि उस्तै गर्छन् ।

Wednesday, May 7, 2014

सधै मुस्कुराउँछ घलेगाउँ (तस्विरसहित)

हाँस्दा देखिने दन्तलहरजस्तै लहरै मिलेका सेता हिमाल, कालिगढले कुँदेरै मिलाएर बनाएको जस्तो चटक्क मिलेका गाउँहरु । लमजुङको घलेगाउँको विशेषण यति थपेर मात्र पुग्दैन । मौलिक परम्परादेखि रहनसहन अनि हावापानीले घलेगाउँ नपुग्नेलाई पनि आफ्नो गन्तव्य सुचिमा पार्दै आइरहेको छ ।