Pages

Friday, June 3, 2011

समस्याप्रति मौन संस्था, बागलुङ नगरखानेपानीः राजनितीक भर्तिकेन्द्र

पानी जिन्दगानी हो पानीविनाको जीवन न रहन्छ न सोच्न सकिन्छ । कुनै पनि देशका नागरिकले स्वच्छ पिउने पानी खानु उसको अधिकार हो । दुषित पानी पिउनाले मानविय स्वास्थ्यमा नराम्रो असर पार्दछ । मानविय स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीको अवस्थामा बागलुङ नगरक्षेत्रको पानीले सबैलाई एकपटक सोच्नुपर्ने बाध्यता बनाइदिएको छ । झण्डै ६० हजार जनसंख्या रहेको नगरक्षेत्रभित्रका अधिकाशं बासिन्दाहरुले दुषित पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । नगरक्षेत्रभित्र महिनौंदेखी ज्यादै फोहोर र दुषित पानी वितरण हुँदै आइरहेको छ । एकातिर दुषित पानी उपभोग गरिरहेका नगरवासीहरुका लागि अर्काे समस्या थपिएको छ पानीको अभाव । नगरमा अहिले चरम खानेपानीको समस्या देखिएको छ । खानेपानीको अभावले गर्दा नगरवासीको दैनिकी अस्तव्यस्त भएको छ । दैनिक करिब ३१ लाख लिटर पानी आवश्यकता पर्ने नगरभित्र अहिले जम्मा दैनिक १५ लाख लिटर मात्र पानी उपलब्ध हुने गरेको छ । प्रत्येक दिन १६ लाख पानीको अभाव हुनाले नगरबासीहरु हरेक दिन समस्यामा पर्दै आइरहेका छन् ।