Pages

Sunday, December 6, 2015

सम्झनामा बनवारीलाल


बनवारीलाल मित्तलले मारवाडी समुदायको एउटा परम्परा जोगाए, अनि अर्काे परम्परा भत्काए । मारवाडी समुदायभित्र धेरैले धानेको पुख्र्यौली व्यवसायलाई निरन्तरता दिन उनले मन गरेनन् । भारतबाट नेपाल छिरेर पुर्खाले सुरु गरेको कपडा पसललाई उनले निरन्तरता दिएनन्, आफ्नो परम्परागत व्यापारलाई उनैले आफै“ भत्काए ।
जंगबहादुर राणाले १ सय ७० वर्षअघि देशमा व्यापारको उन्नति फैलाउन नेपालमा मारवाडी व्यापारीलाई भिœयाएदेखि नै मारवाडी समुदाय इमानदार र नैतिकताका रूपमा चिनि“दै आएको छ । त्यो चिनारीलाई मित्तलले जोगाउ“दै गए ।

Sunday, November 8, 2015

संखुवासभा टु सगुन

शक्तिशाली राष्ट्रको आर्मी हेडक्वार्टरमा वार्षिक १ करोड कमाउने जागिर थियो गोविन्द गिरीको। अमेरिकाको आर्मी हेडक्वार्टर पेन्टागनमा काम गरिरहेका गिरीले आफ्नो कमाइलाई त्यतिखेर भुले, जतिखेर उनले सर्च इन्जिनका दुई साम्राज्य गुगल र याहुलाई टक्कर दिने परियोजना तयार पारे।
सन् २००९ मा उनले सगुनडटकम नामबाट सुरु गरे– सर्च इन्जिन। सुरु भएको दुई महिनामै उनले सोचेजस्तो सफलता पनि पाए। भिजिटर संख्या ह्वात्तै बढ्यो। बढी भिजिटर भएर सर्भरले कामै नगर्ने अवस्था पनि आयो। ६ महिना पुग्दानपुग्दै उनलाई गुगल र याहु कम्पनीबाट सोधखोजसमेत भयो। उनी झन् हौसिए। मनमनै रमाए। अब सोचेको सफलता टाढा छैन।

Sunday, January 4, 2015

उचाइ नभएको सहर (पुस्कर शाह घुमेको तर पुस्तकमा उल्लेख नभएको एउटा सहरको बर्णन )

भोलीको यात्रा नेपालतिर । यति सोचेर म सुते ।
बिहान भारतको सुनवलबाट नेपालको सुनौली छिर्न अध्यागमन पुगे । यहाँ पनि अध्यागमनका प्रहरीले मेरो पासपोर्ट ओल्टाइपल्टाइ हेरे । आनाकानी गरिरहेका थिए । मसँग अमेरिकी एक डलर र भारतीय ५० थियो । कुन दिउ कुन राखौं सोचमा परे । भएको पैसा नै यत्ति । गोरखपुरमा हरिविलासले हिजो राती डिस्को नजाउ भनेको भए त कम्तीमा गोजीमा २ हजार भारतिय रुपैयाँ त हुन्थ्यो । तरपनि २ हजार गएर मन दुखी छैन । ३ वटा वियर खाएर इण्डियन आइटमसँग जो नाचियो ।
५० आइसी दिएर नेपाल छिरे । छिर्ने बेला यता र उता साइकलमा सामान ओसार्नेको उस्तै भिड दुवै देशका प्रहरी पाँच दस घुस खाँदै सामान लैजान दिइरहेका थिए । गरिबीले इमानदारिता देखेन या पैसाले । प्राय देशका पुलिसको व्यवहार उस्तै ।