Pages

Sunday, October 19, 2014

समिक्षा । (हाफ गर्लफ्रेण्ड) फिल्मी उपन्यास

सलमान खान र चेतन भगतमा एउटा समानता छ। खानको फिल्म आउनु र भगतको पुस्तक आउनुपूर्व ‘हाइप' हुन्छ। खानको फिल्म हेरेपछि र भगतको पुस्तक पढेपछि पनि एउटै समानता पाइन्छ– कथामा के थियो? 
खान बलिउडका पैसा छाप्ने मेसिन भइसकेका छन्। जस्तो फिल्म आए पनि चल्छ तर यत्ति हो, दर्शकले चित्त बुझाउँदैनन्। भगतका बारेमा त टाइम्स अफ इन्ण्डियाले लेखेको छ– ‘भारतीय पब्लिकेसनका रकस्टार'। अझ दी गार्जियनले थपेको छ– ‘भारतका पेपरब्याक किङ'। गत अक्टोबर पहिलो साता सार्वजनिक भगतको नयाँ उपन्यास ‘हाफ गर्लफ्रेन्ड' बलिउड सूत्रमा आधारित उपन्यास हो। जहाँ भगतका पाठक त छन् तर उपन्यास पढेर चित्त बुझाउँदैनन्। 

Sunday, September 7, 2014

मलेसियामा मरेतुल्य ! (तस्विर र भिडियोसहित)

अध्यागमन पार गरेर मलेसिया जान तयारी अवस्थामा रहेका नेपाली कामदार
 नेपाली कामदारका लागि पहिलो गन्तव्य बनेको मलेसियामा अहिले दैनिक तीन सय नेपाली जाने गरेका छन् । त्यहाँ नेपाली कामदारले भोग्ने समस्या हुन्– गलत कम्पनी, कम तलब र फरक काम । अपमान र शोषणको त कुनै हिसाब छैन । कामदारहरू गाउँदेखि ठगिइन थाल्छन्, राजधानीमा पनि ठगिइन्छन् । र, मलेसियामा पनि ठगिइन्छन् । त्यो पनि नेपाली एजेन्टबाटै । मलेसिया पुगेर फर्केपछिको रिपोर्ट

Thursday, August 14, 2014

भक्तपुरको गाईजात्रा (फोटो फिचर)

बर्षदिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा निकालिने गाईजात्रा भक्तपुरमा विशेष हुने गर्दछ। जनैपूर्णिमाको भोलीपल्ट पर्ने यो पर्वमा दिवङ्गत आफन्तको नाममा गाईजात्रा निकालेर सहर परिक्रममा गर्ने गरिन्छ। विशेष गरी नेवार समुदायमा यो पर्व मनाइने गरिन्छ। देशैभरि गाइजात्रा पर्व मनाइने भएपनि नेवारहरुको पुरानो सहर भक्तपुरमा यसको छुट्टै महत्वका साथ मनाइने गरिन्छ। डोकोलाई गाईको रुपमा सिंगारेर बजार घुमाउने चलन छ। साथै विभिन्न झाँकी र नाच पनि प्रस्तुत हुने गर्छ। गाइजात्राको अवसरमा भक्तपुरमा पनि यो पर्व मनाइयो।



Thursday, July 10, 2014

नमस्ते हराउला होसियार...

पहाडकी रानीको उपमा पाएको दार्जिलिङ पुग्न मोड र घुम्ती त्यती पार गर्नुपर्छ की टिस्टा बजारबाट उकालो लागेपछि हातमा रहेको पानीको एक बोत्तल दार्जिलिङ नपुगेसम्म पुरै सकिन्न । जब पानी खान मुखमा राखिन्छ, घुम्ती आइहाल्छ अनि पोखिन्छ ।

थुम्को थुम्कोको सहर दार्जिलिङ पुग्दा भिरालो जमिनमा अडिएका घर र हरियाली चियाको बगानले मात्र आकर्षित गर्दैन् । नेपालबाहिरको नेपाल दार्जिलिङ नेपाली सम्भता, भाषा, साहित्यको विम्वको रुपमा पनि उस्तै अडिग छ । नेपालीपन सिक्न पनि दार्जिलिङ खुल्ला ऐना नै भएको छ । प्रायःको बोल्ने शैली, अतिथीलाई प्रदान गर्ने सत्कार र नेपाल चासोले सजिलै जोकोही घुलमिल हुन्छन् ।  दार्जिलिङका नेपालीहरु आफुहरु नेपालीभाषी मात्र होइन नेपाली नै हो भन्न रुचाउँछन् । उनीहरुलाई दिल्लीभन्दा काठमाडौं प्यारो लाग्छ । नेपालको चिन्ता पनि उस्तै गर्छन् ।

Wednesday, May 7, 2014

सधै मुस्कुराउँछ घलेगाउँ (तस्विरसहित)

हाँस्दा देखिने दन्तलहरजस्तै लहरै मिलेका सेता हिमाल, कालिगढले कुँदेरै मिलाएर बनाएको जस्तो चटक्क मिलेका गाउँहरु । लमजुङको घलेगाउँको विशेषण यति थपेर मात्र पुग्दैन । मौलिक परम्परादेखि रहनसहन अनि हावापानीले घलेगाउँ नपुग्नेलाई पनि आफ्नो गन्तव्य सुचिमा पार्दै आइरहेको छ ।

Sunday, April 6, 2014

बागलुङ: उदाउँदो सहर, गर्विलो जिल्ला

२०४८ चैत २४ गते बागलुङमा पहिलोपटक ट्रक आउँदा विकासको फड्को मारेको अनुभूति गरेका स्थानीयबासी अहिले राष्ट्रिय गौरवको आयोजनामध्ये दक्षिणमा कालीगण्डकी करिडोर र पश्चिममा मध्यपहाडी लोकमार्गले विकासको ढाँचा परिवर्तन गर्दा गर्व गरिरहेका छन्।
दुई दशकमा बागलुङले मुहार मात्र फेरेको छैन, विकासका हरेक स्वाद चाखिसकेको छ। ऐतिहासिक पृष्ठभूमिमा उभिएको बागलुङमा शिक्षा, स्वास्थ्य, पर्यटनको क्रमिक विकास भइरहेको छ। प्रविधि, व्यापार, उद्योग, होटल, बैकिङ, विद्युतलगायतको द्रुत विकासले बागलुङ बजारलाई उदाउँदो सहरको रुपमा स्थापित गरिसकेको छ। भारतीय र ब्रिटिस सेनालगायत अन्य मुलुक गएकाहरुले ठूलो मात्रामा पठाउने पैसाका कारण रेमिटेन्स जिल्लाको परिचय बनाएको बागलुङ आर्थिक क्षेत्रमा नयाँ पहिचान बनाउने अवसरको खोजीमा छ। बागलुङ नगरपालिका र आसपास जस्तै जिल्लाका अन्य क्षेत्रले पनि फड्को मारिरहेका छन्। बागलुङसँग गर्व गर्ने कुरा धेरै छन्। 

Monday, March 24, 2014

उहिलेको पोखरा, अहिलेको पोखरा । (उल्टो विकासले ल्याएको समृद्धि)

पोखराको विकास उल्टो भयो । पहिले प्लेन आयो, त्यसपछि जिप, गोरुगाडा अनि मोटरसाइकल । अहिले फेरि अन्तर्राष्ट्रिय विमानस्थलको प्रतीक्षामा छ पोखरा, त्यसपछिको विकासक्रम अझ दु्रत्ततर गतिले बढ्ने कुरामा आशावादी छ यो सहर ।
विकासको नक्सा नकोरिदै पोखरामा पहिलोपटक २००६ सालमा जहाज अवतरण भएको थियो । र, विकास परिसूचकको सूत्रधार यसैलाई मानियो । तर, पोखरेलीले फलामे चरो देखेको दुई दशकपछिमात्र त्यहाँ मोटर बाटो पुग्यो । २०२७ सालमा सिद्धार्थ राजमार्ग बनेपछि पोखराको आर्थिक र जनसांख्यिक विकास अद्भूत रूपमा बढ्यो ।

Sunday, March 16, 2014

होलीमा ठमेल (तस्वीरहरु)

ठमेलमा होलीको रौनक अधिक थियो । पहिला पहिला नेपालीले विदेशीलाई रंग दल्न खोज्दा डराउँथे अहिले विदेशीले नेपालीलाई रंग दल्न खोज्दा डराउने अवस्था भएको छ । होलीमा ठमेलका केही दृश्यहरु । साथमा आसपासमा नेपालीको होली रौनक पनि ।


Saturday, March 1, 2014

बढ्दै छ नेपालमा विदेशी सिनेमाको छायाँकन,के सम्भव होला सिनेमा पर्यटन ?

रमणीय नेपाल विदेशीको क्यामेरामा कयौं पटक कैद भए । डकुमेन्ट्री बने । अझ फोटोग्राफीमा नेपाल खुब बिक्छ । बेला बेला ट्रिप एडभाइजरको सूचीमा पनि नेपाल पर्दै आइरहेको छ । पर्यटकका लागि भ्रमण गन्तव्य बनिरहेको नेपाल । के सिनेमा खिच्ने थलो हुन सक्छ ?
नेपाल सिनेमा छायाँकनका लागि प्राकृतिक सेट हो । प्रकृतिले दिएका सबथोक छ नेपालमा । भर्जिन लोकेसनको हन्टिङ गर्दै हिड्ने निर्देशक निर्माता नेपालको सबै दृश्यमा कुमारित्व पाउँछन् । सिनेमा बनाउन हलिउड र बलिउडबाट सिक्ने नेपालले दृश्यको भाषा भने नेपालबाट नै सिकाउन सक्छ । नेपाल अन्तराष्ट्रिय सिनेमा छायाँकनको थलो हुन सक्छ । नेपालमा विदेशी सिनेमा छाँयाकनका लागि आउन सम्भव पनि छ । भर्खर नेपाल सुटिङ सकेर फर्केको हलिउड सिनेमा ‘एभरेष्ट’ र १ बर्षअघि नेपालमा सुटिङ भएको चाइनिज सिनेमा ‘अप इन द विन्ड’ले प्रशस्त सम्भावना देखाएको छ । एभरेष्ट सिनेमा त सगरमाथाको कथा भएकोले नेपाल छि¥यो । अरु सिनेमा लोकेशन हन्टिङ गर्दै नेपाल तानिन थालेका छन् ।

Monday, February 24, 2014

तानदेखि केबुलकारसम्म

२०२१ सालमा हेटौंडामा डिजेल प्लान्ट परियोजनामा ३० लाखजति घाटा खाएपछि धैर्य नगरेको भए लक्ष्मणबाबु श्रेष्ठ शायदै स्थापित हुन्थे होला । ४ हजार ५ सय किलोवाटको हेटौंडा डिजेल प्लान्टको टेन्डर परे पनि काममा असफल भएका उनी त्यसको पूर्ति गर्न कयौं बिघा जग्गा बेचेर व्यवसायमा अडिएका थिए । त्यही धैर्यले उनलाई व्यवसायमा स्थापित गरायो ।
गोरखामा जन्मिएर चितवनबाट निर्माण व्यवसायमा हात हालेका ७८ वर्षीय श्रेष्ठको फागुन १ मा  उपचार क्रममै भारतमा निधन भयो । उनको अनुपस्थितिमा यतिखेर परिवारमात्र शोकमग्न छैन, उनीसँग जोडिएका सबै शोकमा छन् । स्थापित र सफल व्यवसायीको अनुपस्थितमा कयौंले अभिभावकमात्र गुमाएनन्, निजी क्षेत्रले साझेदारसमेत गुमाएको छ ।

Friday, February 21, 2014

यसरी सुरु भयो सार्ककै पहिलो उत्पादन रारा चाउचाउ

‘आरएआरए रारा, मिठो भन्छन् सारा’ रेडियो जिंगलमा यो विज्ञापन नसुन्ने कमै होलान् । पोखराबाट उत्पादन हुने यो चाउचाउ सार्ककै पहिलो नुडल्स हो । ०३९ सालमा स्थापित हिमश्री नुडल्स उद्योगले उत्पादन गरेको रारा चाउचाउको लोकप्रियता अझै पनि पश्चिमका सहर र ग्रामीण भेगमा उस्तै छ ।
पोखरामा तिब्बती चाउचाउ (सिन्के) बनाएर खाने चलन भर्खर बढेको थियो । सिन्के चाउचाउ पोखरामा बनाएर बिक्री पनि सुरु हुन थाल्यो । तर, पोखरामा आउने बेलायतीले खाने चाउचाउ फरक थियो । पोखरामा आउने बेलायतीको संगतमा रहेका सूर्यबहादुर केसी त्यहीँबाट चाउचाउ उत्पादनको अवधारणा बनाएको बताउँछन् । “त्यो बेला फणिन्द्रमान श्रेष्ठसँग मिलेर रारा चाउचाउ उत्पादन भयो,” उनले भने ।

Monday, February 17, 2014

सुध्रिए ट्राफिक प्रहरी, सुध्रिएनौं हामी (अडियो–भिडियो–फोटोसहित)

सोमबार विहान राजधानीको केशरमहल। चेकिङमा रहेका ६ जना ट्राफिक प्रहरी सवारी चालकको गतिविधि हेर्दै गल्ती गर्नेलाई घेराउमा पार्दै थिए। हेर्दा हेर्दै सडक नियम पालन नगर्नेहरुको संख्या त्यहाँ थपिँदै थियो। सानो चौघेरा बनाएका ट्राफिकको जालमा मोटरसाइकल, ट्याक्सी र स्कुटर चालकहरु पर्दै थिए। 
यसरी समातिएका सबैलाई ट्राफिक जनचेतनाका विषयमा प्रवचन दिए र सुनाए, ट्राफिक नियम उल्लंघन गर्दा हुने जरिवाना, सजाय र दुर्घटनाका विषयहरु। तर, अन्तिममा ट्राफिक प्रहरीले उल्टै नियम मिच्‍ने सवारी चालकलाई 'नमस्कार ! आइन्दा गल्ती नगर्नुस्' भन्दै छोडिदियो पनि। 

Friday, February 14, 2014

स्वयम र श्रेयाको प्रेम कथा ।

‘दाई, तपाईसँग ११ को किताब छ,’ उसले पहिलो पटक मसँग बोल्दै प्रश्न गरी । भर्खर ११ को परिक्षा दिएर बसेको म, मैले देखिरहेको तर नबोलेको युवतीले प्रश्न गरेपछि अप्ठ्यारो मानी मानी अँ छ तर रिजल्ट नै आएको छैन भने । ‘मिल्छ भने दिनु न,’ उसको आग्रहले नरम बनायो मलाई, मैले हुन्छ म हेर्छु भनिहाले । उसले मेरो उत्तर खस्न नपाउँदै पुस्तक लिन म तपाईको घरमा आउँछु नि भनी । नाम उसको श्रेया ।

Wednesday, January 8, 2014

भित्ता बोल्छ ! (तस्विरहरु)

सडकमा हिड्दा, सवारी साधनमा यात्रा गर्दा अचेल सडक छेउका भित्तामा आँखा ठोकिन्छ । राजधानीसहित ललितपुर र भक्तपुरका भित्ताहरु अचेल रंगीन देखिन्छन् । विभिन्न स्वरुपमा देखिएका चित्रहरुले सजिलै ध्यान आकर्षण गर्छन् ।  भित्तामा कोरिएका चित्रहरुले सिर्जनात्मक स्वरमात्र दिएका छैनन्, कुनै अभियान, कुनै विरोध र कतै व्यङ्ग पनि बोलिरहेका छन् । मूर्त र अमूर्त दुबै चित्रले धेरै कुरालाई अर्थाएको पनि छ । कतै राजनैतिक दलका नाराले फोहोर भएका भित्ता चित्रकलाले सफा गरेको छ भने कतै कोरिएका चित्रमाथी पोष्टर टाँस्ने र निकाल्ने कामले भित्ता झनै फोहोरसमेत भएको छ । त्यस्तै कुनै भित्ता त चित्रकै कारणले पनि सफा देखिदैन् । हेरौं पैदल यात्रा गर्दा सोह्खुट्टेबाट अफिस सुन्धारा आउँदा खिचिएका भित्ताका तस्विरहरु (एउटा ललितपुरमा) । यी तस्विरहरु नोकियाको एन ८ मोबाइलले खिचिएका हुन् ।

Saturday, January 4, 2014

फोटो कथाः सौराहामा एक झिल्को घाम र हात्ती

चितवनको सौराहामा एक झिल्को घाम र हात्ती हेर्ने स्वदेशी विदेशी धेरैको आगमन हुन्छ । प्राकृतिक सुन्दरता सौराहाको शान हो । तर, सौराहाको जंगल नजिकै ठूला ठूला घर र जंगलभित्र नै गाडी कुदिरहँदा गैडा र बाघ जस्तै हात्ती पनि विस्तारै हराउने त होइन, तस्विरमा साइन बोर्ड, हात्तीको मूर्ति पनि खिचिएको छ । एक दिन हात्ती हराउँदै गए भने यस्तो हुन्छ भन्ने देखिन्छ मात्रै । तस्विरहरु हेर्नुहोस् ।