Pages

Saturday, June 29, 2013

व्यवसायीको मनोमानी, सरकारको निरिहता, उपभोक्ता मारमा

‘बन्द र आन्दोलन नगरेसम्म सरकारले सुन्दै सुन्दैन, माग पुरा गराउन पनि आन्दोलनको विकल्प छैन ।’ यस्तो मानसिकता सत्ताका विरुद्ध प्रतिपक्षले मात्र राख्दै आएको थियो । विस्तारै सामान्य संघसंस्था र टोले समुहले पनि राख्न थाले र सामान्य विषयमा पनि आन्दोलन र बन्दको मार आमनागरिकले बेहोर्न थाले । दलले सिकाएको यो बाटो विस्तारै व्यवसायीहरुले पनि आत्मसाथ गरेका छन् । त्यो पनि जायज मागमा होइन । नाजायज कुरामा । सरकारलाई निरिह बनाउन व्यवसायी आफ्ना कर्तुत ढाकेर पनि लागी परेका छन् । र, यसमा सरकार पनि उस्तै जिम्मेवार देखिन्छ ।

Saturday, June 15, 2013

एउटै गुगल, प्रतिस्पर्धा अरु

मोबाइलमा देखिएका पर्याप्त एप्सले पक्कै पनि तपाईको दैनिकी सजिलो बनाएको छ । यति मात्र होइन । लामो सन्देश लेखेर पठाउन प¥यो सहायता इमेलको चाहिन्छ । कुनै कुराको जिज्ञासा छ, तपाईका औला किबोर्ड र किप्याडमा सर्च इन्जिनतर्फ दौडिन थाल्छन् । केही अनुभव साट्न छ, हालखबर बुझ्न छ । सामाजिक सञ्जालको भर पर्नुपर्ने हुन्छ ।
मोबाइलको ओएस, इमेल सर्भिस, सर्च इन्जिन, सोसल नेटवर्क नभए के हुन्छ ? पक्कै पनि जीवन त चल्छ तर पूर्ण हुदैन । जीवन प्रविधीमैत्री बन्दै जाँदा यसैमा भर पर्ने क्रम पनि बढिरहेको छ । टेक्नोपुस्ताहरु पछिल्ला संस्करणमार्फत आफुलाई अपडेट बनाउँदै लाँदा यससँग जोडिएका विशेषताहरुमा पनि प्रतिस्पर्धा बढ्दै गएको छ ।