Pages

Wednesday, March 30, 2011

यास ! लब ईज ब्लाइन्ड

प्रारुपः

प्रेम अन्धो नै हुन्छ अन्धो प्रेमले अथाह प्रेम पनि गर्छ र अन्धो प्रेमले अथाह पागलपन पनि देखाउँछ यदी मायाले रोगी बनाउँछ भने त्यो पागल हो र यदी मायाले सबल बनाउँछ भने त्यो सफलता र भाग्य हो । प्रेमले रोगी पनि बनाउँछ र जोगी पनि बनाउँछ यदी प्रेमलाई प्रेमको रुपमा लिइएन भने । प्रेमका विषयमा सबैभन्दा बढि परिभाषा रहेको र गरिएको पाइन्छ तर प्रेमकै परिभाषा के हो भनेर अझैसम्म स्ष्पष्ट कोही पनि भएको पाइदैन । प्रेमीकथाहरु सुनेर अहिलेको पुस्ता सुन्दर सपना देख्न मस्त रहन्छ तर प्रेमको पक्षहरुका बारेमा सोच्नसम्म पनि समय दिदैनन अहिलेका पुस्ताहरुले । वासनायुक्त प्रेम र आकर्षणयुक्त प्रेमले गाँजेको यो समाजमा स्वच्छ र सच्चा प्रेमलाई पनि फरक दृष्टिकोणबाट हेर्ने गरिन्छ । अनौठो हो प्रेम कोही यसैका लागि बाँच्छन त कोही यसैका लागि मर्न तयार हुन्छन् । फेरी कुन प्रेम सच्चा र सवच्छ हो भन्ने तर्क पनि उठन सक्छ त्यसैले प्रेमका सवालहरु निरन्तर उठ्दै जाने र जवाफ कहिल्यै नभेटिने हुन्छ किनकी यो यस्तै हो र यसरी नै परिभाषित गरिएको पाइन्छ । प्रेममा परेकाहरुका अनुभव सुन्न पाइयो भने प्रेमको एउटा छुट्टै आकाश र एउटा छुट्टै धर्ति हुन्छ जस्तो लाग्छ तर प्रेममा भोगाइका कुराहरु पनि हुन्छ जुन पीडादायी पनि छन् । सबै प्रेमका घटना सुखद हुन्छ भन्ने पनि हुदैन प्रेमका घटनाहरु जघन्य कारुणिक र अकल्पनि पनि हुन्छ । गत साता बागलुङ भकुण्डेको अग्लो भिरबाट एक युवक र एक युवतीलेसँगै आत्महत्या गरे । प्रेममा परेका ती जोडीले आत्महत्या गरेपछि मृत्यु र प्रेमको एक प्रारुप देखा पर्यो ।

Friday, March 25, 2011

थापाकाजी, डाक्टर साहेव र माओवादी



राजनितीमा पार्टी(संस्था)नै हावी हुनुपर्छ पार्टीभन्दा माथी उठेर व्यक्ति हावी भयो भने व्यक्तिगत चर्चा चुलिदै जान्छ र पार्टीका समान हैसियत वा तलमाथीकालाई हलचल पैदा हुन सक्छ तर पनि यो सम्भव छैन । कसैले राजनिती आफ्नै लागि गर्छन कसैले जनता र देशका लागि त कसैले केवल पार्टीका लागि मात्र । वास्तवमा जनता र देशका लागि राजनिती गर्नेलाई सबैको साथ मिल्दछ । र त्यही साथबाट शक्ति मिल्दछ । उसो त राजनितीक संस्थाले कुनै पनि समाज तथा राष्ट्रमा शक्तिको अभ्यास गरिरहेको हुन्छ । यहि शक्तिको प्रभावबाट समाजका प्रत्येक सदस्य राजनितीबाट प्रभावित हुन्छन् त्यसैले भन्ने गरिन्छ कुनैपनि व्यक्ति राजनितीबाट अलग रहन सक्दैन । सामाजिक प्राणीको उपमा पाएको मान्छे धार्मिक आर्थिक सांस्कृतिकसँगै राजनितीको रुपरेखासँग पनि नजिकिदै गएको छ । समाज सुधारकको पथसँगै राजनितीले नियमकानून मूल्यमान्यता तथा अधिकारको बाँडफाँड अनि यसलाई कार्यान्वयन गर्दछ र यसैमाथीका कतिपय कुरालाई निर्देशित र नियन्त्रण पनि यिनै कुराको अभ्यास हुँदाहुँदै राजनितीभित्र पस्ने एउटा संस्कार छ स्वार्थ घातप्रतिघात र संघर्ष अन्तरसंघर्ष जसले गर्दा राजनितीलाई दुषित बनाइदिन्छ र अहिलेको पुस्ताले भन्ने गरेको व्याख्या बन्न जान्छ राजनिती फोहोरी खेल ।

Sunday, March 20, 2011

होली बागलुङमा…ग्लामरदेखी यौनिकतासम्म

चैतको पहिलो साता गर्मी आफ्नो पारामा चढ्दै गर्दा देशभरीसँगै बागलुङमा पनि शनिवार प्राय होलीमा रंगीए । बागलुङमा युवायुवतीहरुको जमातदेखी लिएर ओशोका अनुयायी तथा सरकारी कर्मचारीदेखी निजी बैंकका बैंकरहरु रंगको पर्व होलीमा खुब रंगीए ।
पछिल्लो पटक होली यौनिक र ग्लामरस बन्दै गएको छ । गर्मीको पहिलो सिजन भएर होला युवतीहरु मिनीस्कर्ट र भिआकारको सिल्पलेस टिसर्टमा सजिएर अनुहारमा रंगरोगन पोतेर बजारमा होली खेल्दा यसको रौनक अर्के थियो । युवाहरु ग्रन्जी हाफ पाइन्टमा कन्भस्र सुज कस्दै ब्लाक गगल्स लगाएर हुलसँगै ह्याप्पी होली भन्दै हिडेको दृश्य शनिवार बागलुङ बजारमा आकर्षण नै रहेको थियो ।युवा युवतीको हुल एक आपसमा भेट्दा युवाहरुले युवतीको गाला लगायत अन्य स्थानमा सहजै हात लगेको दृश्यले होली यौनिक भएको भाव झल्कन्थ्यो ।

Thursday, March 17, 2011

क्रुर प्रकृतिप्रति फरक मत

प्रकृति यो नाम सुन्ने वित्तिकै मन आनन्दित हुन्छ कारण प्रकृतिसँग हामी रमिरहेका छौं । प्रकृतिकै यहि बातावरणमा हामी हुर्किरहेका छौं । स्वच्छ हावा निश्चल पानी खुला गगन हरियाली पाखापखेरा सुगन्धित माटो हामीले जानेको प्रकृति यिनै हुन् । अनेक रुपात्मक जगत्को निर्माण तथा विकास गर्ने र त्यसको मूल रुपमा देखापर्ने शक्तिको रुपमा पनि प्रकृतिलाई लिने गरिन्छ त्यस्तै जगतको उत्पत्तीको कारणरुप पनि प्रकृतिलाई नै मानिन्छ । प्रकृतिलाई लिएर विभिन्न उपमा र विशेषण जोडेर धेरै नै चर्चा पनि भएको पाइन्छ । प्रकृतिको गुणगान गाउनेदेखी लिएर कवि र साहित्यकारका शब्दमा अनि संगीतकारको धुनदेखी लिएर गायकका मुखमा समेत प्रकृतिका विभिन्न रुपहरु झुण्डिएको पनि पाइएको छ । मनलाई आनन्दित पार्ने प्रकृति र यसका रुपहरुले मनलाई पनि क्रोध बनाउँछ कहिलेकाँही जब प्रकृति क्रुर हुन्छ अनि विनाश विपत्ति र दर्दनाक अवस्थाको सिर्जना हुन्छ । प्रकृतिकै फरक रुप हो क्रुरता जो मानवमनका लागि विचलन पैदा गर्छ ।