Pages

Saturday, February 25, 2017

पर्यटकलाई ‘विरामी’ बनाएर पैसा असुल्छन् पर्यटन व्यवसायी


नेपाल आएर पदयात्रामा जाने विदेशी पर्यटकलाई केहि हेलिकप्टर कम्पनी, ट्राभल एजेन्सी र गाइडको मिलेमतोमा विरामी बनाएर उद्धारको नाममा चर्काे शुल्क लिने गरेको पाइएको छ ।
विदेशबाट नेपाल घुम्नका लागि विमा गरेर आउने पर्यटकहरुमार्फत उद्धारको नाममा विमा कम्पनीस“ग केहि एजेन्सीहरुले नै पैसा लिइरहेको पर्यटन व्यवसायीहरुले नै बताएका छन् । केहि पर्यटकहरुले नेपाल भ्रमण गरिसकेपछि उद्धारको नाममा हेलिकप्टर कम्पनीस“ग मिलेर ट्राभल एजेन्सीहरुले गर्ने बदमासीको विषयमा यात्रा समिक्षा गर्ने वेवसाइट ‘ट्रिप एड्भाइजर’ र ‘लोन्ली प्लानेट’मा समेत उल्लेख गरेका छन् । विरामी बनाएर वा विरामी हुन सक्ने अवस्था औंल्याएर हेलिकप्टर उद्धारको नाममा पर्यटकको विमामार्फत रकम असुलिरहेको पर्यटकहरुले आरोप लगाएका हुन् । पर्यटकलाई ट्रेकिङको बेला खानामा पखाला बनाउने औषधी मिसाएर खुवाउने र विरामी बनाएर उद्धार गर्ने गरेको पर्यटन व्यवसायीले नै बताएका छन् ।

Wednesday, February 8, 2017

ठिंग उभिएकी सुरभी


चार पटक । म चार पटक प्रेममा परेँ । फोर टाइम्स एन्ड ओभर ।

पहिलो पटक ।

सहर शून्य थियो, बत्ती बलेको थिएन । अँध्यारोले पूरै सहर खाएको थियो । र, अँध्यारोले निलेको सहरको एक छेउ सोह्रखुट्टेमा थिएँ म ।

Sunday, October 23, 2016

मुदिर : वैदेशिक रोजगारमाथि केन्द्रित उपन्यास

भनिन्छ, अहिलेको बजार निर्दयी छ । तर, के पनि सत्य हो भने बजारमा अहिले सबैभन्दा धेरै र पहिले आँसु बिक्री भइरहेको छ । कम्तीमा पनि नेपाली साहित्यका लागि यो प्रमाणित सत्य मान्न सकिन्छ । यस्तो किन पनि भने अहिले साहित्यमा दु:ख र करुणामाथि लेखिएका पुस्तकको संख्या बढ्दो छ । यही ‘ट्रेन्ड’मा थपिएको छ उपन्यास– मुदिर ।
अहिले आप्रवासी कामदारको हक र अधिकारबारे विश्वभर बहस भइरहेका छन् । वैदेशिक रोजगारीले अर्थतन्त्र, समाज र संस्कृतिमा पारेको प्रभावबारे छलफल भइरहेका छन् । यीसँगै रेमिट्यान्टसको मुद्दा पनि बलियो भएर आएको छ । नेपाल पनि यी मुद्दा र विषयबाट अछुत रहन सकेको छैन । वैदेशिक रोजगारीको एउटा पाटो रेमिट्यान्स भए पनि विदेशमा काम गर्न पुगेका कामदारका समस्या आफ्नै ठाउँमा छन् । यिनै विषयमा केन्द्रित युवाहरूको कथा हो– मुदिर । र, अरबी भाषामा मुदिरको अर्थ हुन्छ– मालिक ।

Wednesday, October 19, 2016

फुटबलसँग प्रेम गल्फसँग विवाह

आजभोलि उद्योगी-व्यवसायी प्रदीपकुमार श्रेष्ठ प्रत्येक पल नाफा-घाटाको हरहिसाब गरिरहेका हुन्छन् । नगरून् पनि किन, हरहिसाब नै उनको अभिन्न अंग हो । तर, श्रेष्ठलाई लाग्छ, यो धेरै पछि उनको शरीरमा पलाएको अंग हो । किनभने स्कुले जीवनमा श्रेष्ठ ‘कक्षामा सरले हिसाब पढाइरहँदा’ पनि अंकमा ध्यान दिन्थेनन् । उनी त फुटबल ग्राउन्डमा लङ सट र पेनाल्टी किकबारे सोचिरहेका हुन्थे ।
कापीमा अंकगणितका फमुर्ला लेखिरहँदा उनी सेन्ट्रल हाफका पास सम्झिरहन्थे । ‘मन हरर उडेर मैदान पुग्थ्यो,’ त्यो क्षण अहिले पनि सम्झन्छन् श्रेष्ठ, ‘अब त फुटबलको मैदान साँघुरो भएको छ, गल्फ कोर्समा मन रमाउन थालेको छ ।’पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठको खेलमैदान मात्र फराकिलो भएको होइन, व्यवसायमा पनि उनी झन्झन् फैलिँदै छन् । जसरी ‘फास्ट खेल’ फुटबलबाट उनको मन र समय अहिले ‘प्यासोनियट खेल’ गल्फमा रमाइरहेको छ, त्यसरी नै उनी व्यवसायमा पनि ‘लङ रेस’ सोचिरहेका छन् ।
‘अब झन् म व्यवसायको क्षेत्र बढाउँदै छु,’ छिट्टै होटेल व्यवसायमा पनि ‘इन्ट्री’ मार्न लागेका यी व्यवसायी भन्छन्, ‘अनि खेलमा पनि रमाउँदै छु ।’

Monday, October 17, 2016

कला कलेक्टर

दरबारमार्गको बाटोमा निकै रफ्तारमा गुडिरहेका हुन्छन् गाडीहरू । हतारमै हुन्छन् मान्छेहरू । पछिल्लो समय त झन् दरबारमार्ग ‘ब्रान्डेडमार्ग’का रूपमा ‘डेभलप’ भइरहेको छ । यही ठाउँमा छ, नेपाल इन्भेष्टमेन्ट बैंकको मुख्य कार्यालय ।
तर, बैंकबाहिरबाट हतारिँदै हातमा क्यास र चेक बोकेर भित्र छिर्नेहरूमा अचानक त्यो हतारो हराउन थाल्छ । बैंकको भित्तामा रहेका पेन्टिङमा मान्छेको मन बहलाउन थालिहाल्छ । सायद, हतारमा मान्छेले पेन्टिङको गहन अर्थ बुझ्न थाल्छ ।
मानिसको हतारोपनलाई एकैछिन भए पनि अल्मल्याउन र काउन्टरको ‘टेलर’बाहिर भुलाउन मात्र बैंकका भित्तामा ती पेन्टिङ टाँगिएका होइनन् । यी त बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको सोखका उपज हुन् ।
बैंकलाई आवरणमा बैंकजस्तो होइन, आर्ट ग्यालरीजस्तो बनाइदिएको छ पाण्डेको सोखले । ‘टेलर’मा पुग्न पालो पर्खिरहेकाहरू ती पेन्टिङमा हेर्छन् र हराउँछन् एउटा छुट्टै संसारमा ।

एकांगी ‘कहर’ (समिक्षा)

तनहुँको भागर गाउँकी शोभाले साउदी अरबमा मृत्युदण्ड पाएको ठीक २ वर्ष भयो । त्यतिबेला अनलाइन र पत्रपत्रिकामा उनीबारे अनेकन समाचारहरू आए । त्यसमा केही फिचरहरू समावेश थिए । त्यस्तै फिचरमा कारुणिक र दुःखका शब्द उनेर पत्रकार जनकराज सापकोटाले शोभाको घटनासहित अन्य ७ जनाको विषयलाई ‘कहर’मा उतारेका छन् ।
शोभाजस्ता थुप्रै प्रतिनिधि पात्रको नियति केलाइएको ‘कहर’ एक साताअघि काठमाडौंमा विमोचन भयो । विदेशमा रहेका नेपाली कामदारको अवस्था, नेपालको पारिवारिक विखण्डन, मृत्यु, घाइतेदेखि लिएर सामाजिक प्रभावलाई जिल्ला–जिल्ला पुगेर लेखिएको पुस्तक वैदेशिक रोजगारमा चासो राख्नेलाई उपयोगी छ । तर, एक पाटोका लागि मात्र । ‘कहर’ विशुद्ध वैदेशिक रोजगारीले पारेको नकारात्मक पाटोमा मात्र लेखिएको छ । यो पुस्तकमा वैदेशिक रोजगारीले पारेका सकारात्मक प्रभावलाई छोइएको छैन ।

Saturday, October 15, 2016

पैसा लिने सुविधा नदिने जगदम्बा ट्राभल्स


एकबर्षअघि असोज महिनामै एउटा समाचार पढियो । जहाजको जस्तै सुविधाको भएको बस पोखराबाट काठमाडौं चल्न थाल्योे । समाचारमा थपिएको थियो । फ्रि वाइफाइ, मिनी बार, आरामदायी सिट, यात्रुलाई चिया र कफी, चिसो पेयपदार्थको सुविधा । पोखराबाट चल्ने जगदम्बा ट्राभल्सको बसको विषयमा यहि असोजको दोस्रो साता फेरी अर्काे समाचार आयो । बसभित्र नै शौचालय, वास बेसिन, सिटमा नै फुड टेवल आदी ।
पहिला नै कौतुहलता लागेको बसमा चढ्न मन लागिरहेको थियो तर यो एक बर्षमा पोखराको यात्रा बसमा भन्दा बढि जहाजमा नै भैरहेको थियो । यसपाली दसैं मनाएर बागलुङबाट पोखरा आइयो । दिदीकोमा १ दिन बसेर जहाजबाट नै काठमाडौं जाने योजना थियो । तर, पोखरामा एउटा विवाहमा सहभागी बन्नुपर्ने भएकाले पोखरामा एकदिन अझ बढि बस्नुपर्ने भयो । जहाजमा जाने योजना रद्द गरेर दिदी र भिनाजुले नै सुझाएअनुसार जगदम्बाको अत्याधुनिक बसमा जाने योजना बनाइयो । त्यहि योजना अनुसार असोज २९ गते शनिबार जगदम्बाको ग १ प १९४ नम्बरको बसबाट काठमाडौं आइयो ।