Pages

Thursday, April 25, 2013

ब्लगमा मेरो 'कमब्याक' !

कतिपय अवस्थामा लेखेर खुब धित मर्छ । त्यो बेला लेख्नुको मज्जा नै छुट्टै । जब गृहजिल्ला बागलुङमा थिए । स्थानिय पत्रिकामा स्तम्भ लेख्ने र ब्लगमा आफ्ना पोष्ट गर्ने काम पनि गरियो । अलि ठूलो मान्छे भइन्छ की भनेर काठमाण्डौं आएको सिर्जनामा लगभग पूर्णविराम नै लाग्यो । पूर्णविरामलाई कम्तीमा अल्पविरामसम्म पनि झार्न सकिएन । नलेखेको पनि होइन तर पुरापुर समाचारकै पछि लागियो । जागिर । नी ।

समाचार लेख्दा पनि सन्तुष्टी का लागि कमै लेखियो होला नत्र धेरै त तलब खानकै लागि लेखियो । कतिलाई उचालियो । कतिलाई पछारियो पनि । के पाइयो भन्ने होला । तलब नै पाइयो नी । तर सिर्जना भने गुमाइयो । जुन गृहजिल्ला बागलुङ बस्दा अलिअलि थियो । यता आएपछि यसरी दौडियो की । सबै आफैले पाउनुपर्ने । भ्रममा पनि बाँचियो । आत्मरतीमा रमाइयो । यथार्थतामा अर्कै थियो ।
ब्लग लेख्न मन लाग्छ । खासगरी अनुभवका कुरा नत्र मैले लेखेका समाचार, फिचर र अन्य आलेखलाई पनि पोष्ट गरेर केही सक्रिय हुन सक्थे होला । त्यो जाँगर किन नचलेको होला मलाई । ल ठिक छ । लेख्न त जाँगर चलेन । फेसबुक र टिवटर चलाउने बेलामा ब्लगको स्वरुप पनि त परिवर्तन गर्न सक्थे नी । रामाराम यो बिचमा त्यस्तो पनि केही गरेको होइन ।
ब्लग दुइबर्षसम्म पनि सक्रिय नहुँदा गुगल र फेसबुक गेटवेबाट भिजिट गर्नहरु पनि रहेछन् । खुशी त लागेको होइन अचम्म त परेकै हो । के हेर्न भित्र छिरेका होलान् । खासमा । त्यस्तै सोचेको थियो तर त्यही कुराले अहिले जाँगर आएको छ । विगतका पोष्टहरु केही राष्ट्रिय चर्चा र केही स्थानिय (बागलुङ) चर्चाका थिए । थाहा नपाइ लेखिएका कुरा पनि थिए । अझै पनि जानीनजानी लेख्न थालेको छु । केके लेख्छु । त्यो भने मलाई नै थाहा छैन ।
काठमाण्डौं आएपछि अनुभव त सँगालेकै थिए । त्यो पनि विविध । जुन ब्लगमा पोष्ट गर्नुपर्छ भन्ने सोच पनि आएको थियो । तर दिमागमा कुरा चल्ने बाहेक किबोर्डमा औंला चलेन । आजदेखी जाँगर आएको छ । हेरौं । कतिदिनसम्म हो । ब्लगमा मेरो कमव्याक । अब विस्तारै लेख्छु भन्ने मेरो सोच छ । अहिलेलाई साताको एउटा वा दुइटा लेखेपनि मेरा लागि ठूलो हो । मेरा आफ्ना पाठक छैन । मैले आफुलाई अभ्यस्त बनाउन पनि लेख्नुपर्छ । सिक्नका लागि पनि लेख्नुपर्छ । बस ।

No comments:

Post a Comment