Pages

Saturday, June 15, 2013

एउटै गुगल, प्रतिस्पर्धा अरु

मोबाइलमा देखिएका पर्याप्त एप्सले पक्कै पनि तपाईको दैनिकी सजिलो बनाएको छ । यति मात्र होइन । लामो सन्देश लेखेर पठाउन प¥यो सहायता इमेलको चाहिन्छ । कुनै कुराको जिज्ञासा छ, तपाईका औला किबोर्ड र किप्याडमा सर्च इन्जिनतर्फ दौडिन थाल्छन् । केही अनुभव साट्न छ, हालखबर बुझ्न छ । सामाजिक सञ्जालको भर पर्नुपर्ने हुन्छ ।
मोबाइलको ओएस, इमेल सर्भिस, सर्च इन्जिन, सोसल नेटवर्क नभए के हुन्छ ? पक्कै पनि जीवन त चल्छ तर पूर्ण हुदैन । जीवन प्रविधीमैत्री बन्दै जाँदा यसैमा भर पर्ने क्रम पनि बढिरहेको छ । टेक्नोपुस्ताहरु पछिल्ला संस्करणमार्फत आफुलाई अपडेट बनाउँदै लाँदा यससँग जोडिएका विशेषताहरुमा पनि प्रतिस्पर्धा बढ्दै गएको छ ।

अझ रोचक त के छ भने उल्लेख गरेका चारवटा सुविधामा नै गुगलको उपस्थिती छ । त्यसैले पनि भनिन्छ, ‘कोरमा गुगल पेरीफेरीमा अरु’ । ओएसमा पनि गुगल, इमेलमा पनि गुगल, सर्च इन्जिनमा पनि गुगल र सोसल नेटवर्कमा पनि गुगल । गुगल नझुण्डिएको प्रविधीमा सायदै तपाई नठोक्किनु भएहोला तर कतिपयमा गुगल अगाडी छ भने कतिपयमा अरुले रेस जितिरहेका छन् । 
हातमा महँगोदेखी बजेटका मोबाइल र ट्याब बढ्दै गएका छन् । त्यसैलाई लक्षित गरी विभिन्न कम्पनीहरुले निर्माण गरेका अपरेटिङ्ग सिष्टमले नयाँ नयाँ संस्करण निकाल्ने क्रम बढिरहेको छ । ओएसमा भएका विशेषताले टेक्स्याबीहरु कुन मोबाइल र ट्याब लिने भन्ने निर्णय गर्छन् । सामान्य मोबाइलदेखी स्मार्टफोन वा त्यस्तै हैसियतका अन्य मोबाइलमा कुनै न कुनै अपरेटिङ सिष्टम हुन्छ जसले मोबाइलको कामलाई चलाउन निर्देशित गर्छ । पछिल्लो पटक सर्वाधिक चलेका र प्रयोगमा आएका मोबाइल ओएसमा एन्ड्रोइड, आइओएस् र विन्डोज फोन ओएस हुन् । यी बाहेक पनि थुप्रै ओएसहरु छन् तर कतिपय आफ्नै उत्पादनमा प्रयोग हुन्छ कतिपय अरु ब्राण्डमा पनि तर मोबाइलको ब्राण्डसँगै आइओसले पनि आफ्नो प्रभुत्व जमाउँदै गएको छ ।
मोबाइलमा गुगलको एन्ड्रोइड, एप्पलको आइओएस र माइक्रोसफ्टको विन्डोज फोन ओएस आफुलाई सर्वाधिक बढि सुविधा प्रदान गर्ने ओएस ठान्छन् । त्यसो त ब्लाकबेरी, नोकियाका ओएसहरुमा पनि पर्याप्त सुविधा छन् । बजार हिस्सा आक्रमक रुपमा बढाउनेमा ब्लाकबेरीको ओएस गत बर्षको टप ३ मा समेत परेको थियो । स्याबियन ओएसले पनि बजारमा आफ्नो आक्रमक उपस्थिती जनाएको छ । नोकियाको स्मार्टफोनका लागि अझैपनि यसको ओएस प्रयोग हुन्छन् । तर यो कम्पनी माइक्रोसफ्टमा सिफ्ट भैसकेको छ । मुख्य प्रतिस्पर्धा एप्पलको आइओएस र गुगलको एन्ड्रोइड भएपनि, विन्डोजले पनि आफ्नो उत्पादनमा सुविधा बढाउँदै लगेको छ । पछिल्लो तथ्याँक अनुसार एन्ड्रोइडको बजार हिस्सा ५३ प्रतिशत छ भने आइओएसको बजार हिस्सा ३६ प्रतिशत रहेको छ । नेपालमा एप्पलको आधिकारिक विक्रेता नभएका कारण एन्ड्रोइडको बजार हिस्सा अझ बढी छ ।
एन्ड्रोइड ओपन सोर्स हो । यसमा जसले पनि सम्पादन गरेर आफ्नो एप्स राख्न सक्छ तर एप्पलको ओएसमा त्यस्तो गर्न सकिदैन । एन्ड्रोइड सामसङ, एचटिसीलगायत अन्य विभिन्न ब्राण्डमा पनि प्रयोग हुन्छ तर आइओएस केवल एप्पलमा मात्र ।
प्रयोगकर्ता र समिक्षकले एन्ड्रोइड र आइओएसलाई एकअर्काेको विशेषतासँग दाँजेर हेरेर पनि यी दुवै मोबाइलमा ओएसकै कारण बढि प्रतिस्पर्धा बढेको प्रोग्रामर विश्व श्रेष्ठ बताउँछन् । ‘स्मार्ट फोनलाई नै बढि ध्यान दिएर ओएसमा सुविधा थपिन्छ । दुवै कम्पनी अब अर्काेले के उत्पादन गर्छ । र आफु कुन बिशेषता बढि थपौं भनेर कुरेर बसेको पाइन्छ । यस कारण पनि ओएसको प्रतिस्पर्धाले समग्र डिभाइसमा सुविधा बढ्दै गएको छ’, उनले भने ।
माइक्रोसफ्टले पछिल्लो पटक विन्डोज फोन ओएसमार्फत आफ्ना उत्पादनमार्फत ओएस बजारमा प्रतिस्पर्धात्मक रुपमा उदाउन खोजेको छ । एन्ड्रोइड र आइओएसभन्दा विशेषता र सुविधा भने यसमा कम छ । तर कम्पनीले चाँडै थपेर आफ्नो हिस्सा बढाउने रणनितीमा छ । विश्व इलोक्ट्रोइक डिभाइसमा ३ प्रतिशत हिस्सा मोबाइल ओएसको पुगिसकेको छ ।
मोबाइल ओएसजस्तै सर्च इन्जिनमा पनि उस्तै प्रतिस्पर्धा देखिन्छ । चर्चित गुगललाई याहु र बिङ्गले चुनौती दिइरहेका छन् । विश्वका विभिन्न देशमा लोकल सर्भरमार्फत सेवा दिएको गुगलले को सेवा अत्याधिक छ । गुगल सर्च इन्जिनको दायरामा मात्र खुम्चेको छैन । गुगल बुक, ट्रान्सलेटर, इमेल, बज, रिडल, प्लस, न्युज, क्यालेण्डर, म्याप, वालेट,सपिङ्ग, ब्लगर, युटुयुब,क्रोम, इन्ड्रोइड,फाइनान्स, अफरदेखी नेक्सस फोनसम्म गुगलकै छ ।
१९९६ मा कलेजमा कलेज प्रोेजेक्ट बर्कबाट जन्मिएको गुगलको अहिले बजार हिस्सा ८३.१८ प्रतिशत छ । यसको प्रतिसेकेण्ड आम्दानी ६ सय ९१ रुपैयाँ २७ पैसा डलरमा छ । यसको बार्षिक आम्दानी २१ अर्ब ८० करोड डलर रहेको कम्पनीले जनाएको छ । प्रतिदिन १ अर्ब ५० करोडको हाराहारीमा गुगलमा भिजिटर हुन्छन् । तर सर्च इन्जिनमा गुगलको एकाधिकारलाई चुनौती याहु र बिङ्गको छ ।
दोस्रो ठूलो सर्च इन्जिनको रुपमा देखा परेको याहुको बजार हिस्सा ८.०८ प्रतिशत पुगेको छ । प्रति सेकेण्ड २ सय २८ रुपैयाँ ३१ पैसा डलरमा आम्दानी गर्ने याहुको बार्षिक आम्दानी ७ अर्ब २० करोड डलरमा रहेको कम्पनीले जनाएको छ । भर्खर गुगलमा निर्देशकको रुपमा काम गरेका माइकल जी बाररेट याहुको सिइओमा नियुक्त भएका छन् । याहुको रणनिती सर्च इन्जिनमा पनि परिवर्तन हुने संकेत देखिएको छ । गुगलको सुविधाजस्तै याहुमा पनि याहु मेल, न्युज, फाइनान्स, स्पोर्टस्, मुभी, साइन, अटो, सपिङ्ग, ट्राभल, जब, एन्सर्स,म्याप, मेसेन्जर लगायतका सुविधाहरु रहेका छन् ।
माइक्रोसफ्टले २००९ मा स्थापना गरेको बिङ्ग पनि सर्च इन्जिनको दुनियाँमा विस्तारै अगाडी बढेको छ । तेश्रो ठूलो सर्च इन्जिनमा देखिएको बिङ्ग पहिला लाइभ सर्च, एमएसएन सर्चको नामले पनि जानिन्थ्यो । यसमा पनि सर्चदेखी न्युज, ट्रान्सलेटर, इमेज, भिडियो, म्याप आदीको सुविधा रहेको छ । प्रतिदिन ५७ करोड १ लाख ४२ हजार ८ सय ५७ भिजिटर संख्या रहेको बिङ्गको आम्दानी बढिरहेको कम्पनीले जनाएको छ ।
मोबाइल ओएस र सर्च इन्जिनमा जस्तै गुगलको इमेल र सोसल नेटवर्कमा पनि प्रतिस्पर्धा छ । जिमेल, याहु र हटमेल आउटलुकबिच प्रतिस्पर्धा छ भने र सामाजिक सञ्जालमा फेसबुक, गुगल प्लस र टिव्टरबिच प्रतिस्पर्धा भैरहेको छ ।
४२ करोड २५ लाखभन्दा बढि सक्रिय सदस्य रहेको गुगलको जिमेलमा विशेषता र सुविधा बढ्दै गएको छ । त्यसैले धेरै इमेल प्रयोगकर्ताको जिमेल अकाउन्ट रहेको छ । २००४ मा आएको जिमेलमा ५७ देशका भाषाहरु रहेका छन् । जुन गुगलकै सहायताले सहयोग पुग्दछ । प्रत्येक अकाउण्ट लागि १० जिबी निशुल्क भण्डारण क्षमता प्रदान गरेको जिमेलमा पैसा तिरेर भण्डारण क्षमता बढाउन पनि सकिन्छ ।
त्यस्तै जिमेलभन्दा २ बर्ष अगाडी देखिनै सेवा पु¥याएको याहु मेलको सक्रिय सदस्य २९ करोड ८० लाख रहेपनि तथ्याँक अनुसार हटमेल अगाडी रहेको छ । हटमेलको ३६ करोड सक्रिय सदस्य रहेका छन् । यद्यपी तथ्याँकमाथी सबैको आआफ्नो दाबी रहेको छ । र सबैले आफुलाई नम्बर वान घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा फेसबुक र ट्विटरभन्दा गुगलप्लस पछाडी छ । १ अर्बभन्दा बढि प्रयोगकर्ता फेसबुकमा रहेका त्यस्तै टिव्टरमा ५० करोडभन्दा बढि सदस्य छन । गुगलप्लसले पनि ५० करोड सदस्य रहेको दाबी गरेको छ । तीन सामाजिक सञ्जालमा सबैभन्दा पछिल्लो पटक आएको गुगल प्लसले दाबी गरेपनि फेसबुकको मासिक भिजिटर ७५ करोड छ । त्यस्तै टिव्टरको २५ करोड र गुगलप्लसको ६ करोड ५० लाख रहेको छ । बरु गुगलप्लसभन्दा अगाडी लिङ्डइन, पिन्टररेष्ट र माइस्पेस जस्ता सामाजिक सञ्जालको भिजिटर बढी छन् । विश्वभर सबैभन्दा बढि भिजिट गर्ने वेभसाइटमा पनि फेसबुक नै छ । दोस्रोमा मात्र गुगल ।
ग्याजेट्सदेखी अनलाईन सर्भिससम्म गुगलको उपस्थिती बढ्दै गएको छ । एकाधिकार रहेको ठाउँमा आफ्नो उपस्थिती जनाउने र प्रतिस्पर्धा रहेको ठाउँमा विशेषता र सुविधा बढाउँदै लैजाने गुगलको रणनीतिले केहीमा सफलता पाएको छ भने केहीमा अझ टक्कर गर्नुपर्ने देखिन्छ ।


No comments:

Post a Comment