Pages

Sunday, December 6, 2015

सम्झनामा बनवारीलाल


बनवारीलाल मित्तलले मारवाडी समुदायको एउटा परम्परा जोगाए, अनि अर्काे परम्परा भत्काए । मारवाडी समुदायभित्र धेरैले धानेको पुख्र्यौली व्यवसायलाई निरन्तरता दिन उनले मन गरेनन् । भारतबाट नेपाल छिरेर पुर्खाले सुरु गरेको कपडा पसललाई उनले निरन्तरता दिएनन्, आफ्नो परम्परागत व्यापारलाई उनैले आफै“ भत्काए ।
जंगबहादुर राणाले १ सय ७० वर्षअघि देशमा व्यापारको उन्नति फैलाउन नेपालमा मारवाडी व्यापारीलाई भिœयाएदेखि नै मारवाडी समुदाय इमानदार र नैतिकताका रूपमा चिनि“दै आएको छ । त्यो चिनारीलाई मित्तलले जोगाउ“दै गए ।

वनवारीलालका बुबा हनुमानप्रसादका हजुरबुबा रामरतनदास भारतको राजस्थानबाट वीरगन्ज हु“दै काठमाडौं आएर इन्द्रचोकमा व्यापारको सुरुवात गरेका थिए । सीमित व्यापारीले व्यापार सुरु गरेको त्यो समयमा रामरतनदासको चकचकी लामै समय रह्यो । नाति हनुमानप्रसादको पालासम्म आइपुग्दा पसलको आकार र दायरा फराकिलो हु“दै गयो । ३८ वर्षको उमेरमा हनुमानप्रसादको देहान्त हु“दा छोरा बनवारीलाल ९ वर्षका थिए । त्यसैले उनलाई पसलले तानेन र पछि पढ्न भारत गए । आएपछि निर्माण व्यवसाय सुरु गरे । तर, पा“चौ“ पुस्तासम्म रह“दै आएको पसल अहिले पनि बनवारीलालका भतिजाहरूले चलाइरहेका छन् ।
जिम्मेवार व्यवसायीका रूपमा चिनिएका वरिष्ठ व्यवसायी बनवारीलालको व्यवसायको दायरा फराकिलो बनाउ“दै गएका थिए । टेक्सटायल, गार्मेन्ट उद्योग हु“दै एयरलायन्स, निर्माण, चिया उद्योग र अन्य व्यवसाय गर्दै आइरहेका मित्तल नेपालमा धार्मिक पर्यटनमा विशेष योगदान पु¥याउने व्यक्तित्वमध्ये पनि पर्छन् । काठमाडौंको इन्द्रचोक र बटुमा कपडाको पसल रहेको मित्तल परिवारको व्यापार श्री एयरलायन्सबाट अन्तर्राष्ट्रिय बजारमा पनि प्रवेश ग¥यो ।

बनवारीलालका छोरा सुधीर मित्तल भन्छन्, ‘बुबा व्यापार, सामाजिक काम र आध्यात्मिक काममा स“गस“गै समय दिनुहुन्थ्यो । आफूलाई मनपरेको व्यवसाय गर्नुहुन्थ्यो, तर नाफा छ भन्दैमा जुन पायो त्यही व्यवसाय गर्नुहुन्नथ्यो,’ उनले भने ।
श्री एयरलायन्स स्थापना गर्नुअघि एयर अनन्यबाट उड्डयन क्षेत्रमा लागेका थिए बनवारीलाल । तर, माओवादी द्वन्द्वकालमा एयर अनन्यको एउटा हेलिकोप्टर माओवादीले दोलखाको जिरीमा आगो लगाइदिएपछि आफ्नो नातिनीको नाम रहेको ‘अनन्य’को नाम परिवर्तन गरेर श्री एयरलायन्सबाट श्रीवृद्धिमा लागेका थिए । बनवारीलालले हेलिकोप्टर सेवा सुरु गर्दा अन्य हेलिकोप्टर कम्पनी धमाधम बन्द भइरहेका थिए । एभरेस्ट, नेपाल, गोरखा, हिमालयनलगायतका एयरवेज कम्पनी आर्थिक र व्यवस्थापनका कारण बन्द भइरह“दा विनाकारण माओवादीले ८० लाख डलरको रसियन हेलिकोप्टर जलाएर खरानी बनाउ“दा पनि बनवारीलालले एयरलान्सलाई थप बलियो बनाउ“दै लगे । श्री एयरलायन्सलाई दक्षिण एसियाकै सबैभन्दा ठूलो हेलिकोप्टर कम्पनीका रूपमा लिइन्छ । नाम परिवर्तनदेखि व्यवस्थापन सुधार गर्दै हेलिकोप्टर थप्दै लगेपछि उनले नेपालको झन्डा राखेर नेपाली हेलिकोप्टरलाई अन्तर्राष्ट्रिय मिसनका लागि विदेशी आकाशमा समेत उडाए ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय शान्ति मिसनका लागि हेलिकोप्टर सेवा दिने श्री नेपालकै पहिलो कम्पनी भएको थियो । सो सेवाका लागि एसियाबाट श्री एयरलायन्स मात्र छनोट भएको थियो । ०६७ सालमा संयुक्त राष्ट्रसंघले अफ्रिकाको पश्चिमी क्षेत्रमा पठाउन लागेको शान्ति मिसनका लागि ग्लोबल टेन्डरमार्फत हेलिकोप्टर मागेको थियो । २ वर्षका लागि सम्झौता हुने सो मिसनमा श्रीले रसिया, युक्रेन, काजखस्थानका आठवटा हेलिकोप्टर कम्पनीलाई पछाडि पारेर टेन्डर हात पारेको थियो ।
नेपालको झन्डा विदेशी आकाशमा उडाउने भन्ने सोचले हेलिकोप्टर मिसनमा पठाएको उनले बताउने गर्थे । तर पछि युरोपियन युनियन र आइकाओले नेपालको उडड्यन क्षेत्र सुरक्षित नभएको भन्दै नेपाललाई कालोसूचीमा राखेपछि युएनले श्रीस“गको सम्झौता रद्द ग¥यो । त्यसबाट मुक्तिका लागि बनवरीलाल संयुक्त राष्ट्रसंघको मुख्यालयदेखि नेपाल सरकारको विभिन्न निकायमा धाए । धेरै प्रयास गर्दा केही सफल नभएपछि ती हेलिकोप्टर भूकम्पपछि उद्धारमा प्रयोग गर्न नेपाल ल्याए ।
श्री एयरलाइन्सका हेलिकोप्टरले शान्ति मिसनको क्रममा अफ्रिकाका लाइबेरिया, सुडान, कंगो, क्यामरुन पश्चिमी साहारा क्षेत्रका मुलुकमा उडान गरिसकेका छन् ।
छोरा सुधीर भन्छन्, ‘मिसनमा हरेक त्रैमासिक रिपोर्टमा हाम्रो सेवालाई उत्कृष्ट भनिन्थ्यो । सबै राम्रो चलिरहेको थियो, तर अचानक आइकाओको कारण देखाउादै हाम्रो उडान सेवा बन्द गरे । धेरै नोक्सान भयो । सम्झौता तोडियो । युएनमा गएर धेरैपटक कुरा ग¥यौ“ । नेपाल सरकारस“ग पनि कुरा ग¥यौ“ । तर, सार्थक पहल भएन । पछि भूकम्प आयो उद्धारका लागि नेपाल ल्याउनुपर्छ भनेर बुबाले सबै जहाज नेपाल ल्याउनुभयो ।’
विभिन्न ठाउ“ घुम्न पाइने र नया“–नया“ मान्छे भेट्न पाइने साथै पूर्वाधार विकासमा टेवा पुग्ने भएकाले उनी निर्माण व्यवसायमा पनि हामफाले । उनले थु्रपै परियोजना सफल पनि पारे । तर, कपडा व्यापारमा नाफा भइरहेको समयमा परिवारले उनलाई पहिला ठेक्कापट्टाको काम गर्ने अनुमति दिएन । उनका दाजुहरू मंगलचन्द र विश्वनाथले कपडा पसल नै गर्न कर गरे, तर बनवारीले आफ्नो निर्णय सुनाउ“दै ठेक्कापट्टामा लागे ।
बनवारीलालका भतिजा पवन मित्तल काकाको सोच बाजुबराजेले गरेको भन्दा पनि नया“ काम गर्नुपर्छ भन्ने भएकाले निर्माण व्यवसायमा हात हालेको बताउ“छन् । ‘कुनै पनि साधन नहु“दा उहा“ले त्रिशूलीको बाटो खन्नुभयो । ०१६ सालमा गरेको काम राम्रो भएपछि चरिकोटतिरको बाटोको पनि ठेक्का लिनुभयो । कुलेखानी, देवीघाट, त्रिशूली, त्रिशूली दोस्रो, गण्डक नहर, मनुस्वा“रादेखि सुर्खेतको सडकसम्मको परियोजना काकाले गर्नुभयो,’ उनले भने । ०१३ सालदेखि निर्माण व्यवसायमा लागेका मित्तल त्यहा“ गलत अभ्यास हाबी भएपछि सो व्यवसायबाट नै पूर्ण रूपमा अलग भएका थिए । ‘निर्माण व्यवसायमा अनेक मान्छे आए । इज्जत घट्न थाल्यो । इज्जत घट्न थालेपछि उहा“ले यो काम नगरौ“ भनेर छाड्नुभयो,’ भतिजा पवन बताउ“छन् ।
मित्तल व्यवसायीमाझ निकै सम्मानित रह“दै आएका थिए । मृत्युअघि मित्तलको भारतको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । नेपाल ल्याएको २ दिनमै गत मंसिर ९ गते उनको देहान्त भयो ।
मित्तल नेपाल चेम्बर अफ कमर्सका दुईपटक अध्यक्ष र नेपाल निर्माण व्यवसायी संघका संस्थापक अध्यक्ष थिए । जिम्मेवार व्यवसायीका रूपमा उनलाई नेपालका मारवाडी तथा नेवार दुवै व्यवसायीले निकै सम्मान गर्थे । उनी नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा नेपाल उद्योग परिसंघका संस्थापकमध्येका थिए ।
सामाजिक सेवामा पनि मित्तलको ठूलो योगदान छ । उनी तथा मारवाडी सेवा समितिका अध्यक्ष, नेपाल आ“खा अस्पतालका संस्थापक, परोपकार संस्थाको कोषाध्यक्ष, नेपाल नेत्रज्योति संघका संस्थापक कोषाध्यक्षसमेत भएर सामाजिक सेवा गरेका थिए ।
बनवारीलालको परिवारस“ग ज्यादै निकट रहेका वरिष्ठ व्यवसायी रविभक्त श्रेष्ठ भन्छन्, ‘बनवारी दाइ साह्रै सरल र इमानदार हुनुहुन्थ्यो ।’ व्यापारमा नैतिकता र इमानदारिताबाहेक सामाजिक काममा पनि उस्तै योगदान थियो ।’
नेपालको विभिन्न क्षेत्रमा आपत्विपत् पर्दा हेलिकोप्टरमार्फत राहत र उद्धारमा उनले योगदान पु¥याएको श्रेष्ठ सम्झन्छन् । ‘बाढीपहिरो, भूकम्पमा राहत र उद्धारमा दाइ आफै“ खट्नुभएको छ, विकट ठाउ“मा औषधि, खाद्यान्न पठाउ“दा धेरैपटक निःशुल्क सेवा दिनुभएको छ,’ श्रेष्ठले भने ।
मुक्तिनाथदेखि कैलाश मानसरोवरमा धार्मिक पर्यटकलाई सेवा दिएर धार्मिक पर्यटनमार्फत उनले मुलुकका लागि ठूलो योगदान थिएका थिए । उनी पशुपति क्षेत्र विकास कोषका कामु कोषाध्यक्षसमेत बनेका थिए ।
हवाई सेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको उड्डयन क्षेत्रमा मित्तलको ठूलो योगदान रहेको बताए । ‘एयर अनन्यबाट उहा“ एयरलायन्स व्यवसायमा प्रवेश गर्नुभएको हो, मेरै कारणले उहा“ यो क्षेत्रमा आउनुभएको हो, त्यो एयरलायन्सको अवधारणा बनाउनदेखि नै म उहा“स“ग थिए“,’ थापाले भने । कर्मठ, निष्ठावान् र इमानदार अग्रजका रूपमा उनलाई सम्झिरहने थापाले बताए । ‘उहा“ एयरलायन्स क्षेत्रको पायोनियर व्यक्तित्व हो,’ उनको तर्क छ ।
मानसरोवर उडानका लागि मित्तलले निकै पहल गरेको थापाले सम्झिए । ‘नेपाली हेलिकोप्टर संयुक्त राष्ट्रसंघमा गएर सेवा दियो, यो ठूलो योगदान हो,’ उनले भने ।
नेपाल चेम्बर अफ कमर्सको दुई कार्यकाल अध्यक्ष भएका मित्तल नियमनका नाममा सरकारले व्यवसायीलाई दुःख दिएका वेला त्यस कामको विरोधमा अग्रपंक्तिमा रहने चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउ“छन् । ‘उहा“को कार्यकालमा नै म चेम्बरमा छिरेको हो, उहा“ निडर पनि हुनुहुन्थ्यो र व्यवसायीका हकहितका लागि पनि लड्नुहुन्थ्यो,’ उनले भने । सरकारस“ग कुरा राख्नेदेखि लिएर बजारमा उपभोक्ताका समस्यामा समेत उनको योगदान रहेको उनले बताए । ‘उहा“ वकिल पनि भएकाले बोल्ड स्वभावको हुनुहुन्थ्यो, उहा“मा सबैलाई मिलाएर लैजाने खुबी पनि थियो,’ श्रेष्ठले बताए ।
मित्तलले नेवार समुदायस“ग नजिक भएर काम गरेको पनि श्रेष्ठले जानकारी दिए । ‘नेवारी भाषा स्पष्ट रूपमा बोल्ने भएकाले पनि मारवाडीसहित नेवारले पनि उहा“लाई अभिभावक ठान्थ्यो,’ उनले भने ।
१९९२ साल चैतमा काठमाडौंमा जन्मेका मित्तलले मुम्बई विश्वविद्यालय भारतबाट बिकम गरेका थिए । उनले ०५५ सालमा श्री एयरलाइन्स प्रालि स्थापना गरेर हेलिकोप्टर व्यवसाय सुरु गरेका थिए । श्रीस“ग १० वटा हेलिकोप्टर रहेका छन् ।
मित्तलले सुप्रबल गोरखा दक्षिणबाहु (तेस्रो), शुभ राज्यभिषेक पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदकलगायत सम्मान पाएका थिए ।
(स्वर्गिय मित्तलको १३ औं दिनको तिथीमा २०७२ मंसिर २१ गते नयाँ पत्रिकामा प्रकाशित)

No comments:

Post a Comment