Pages

Saturday, May 14, 2011

धर्मले देखाएको बाटो

बागलुड बजार गत १५ गतेदेखी ३० गतेसम्म प्रवचनमय भयो । जीवन दर्शन र विज्ञानलाई धर्ममा जोडेर १५ दिनसम्म आयोजना गरिएको प्रवचनमा बागलुङ बजारका श्रेष्ठ विशिष्ट व्यक्तिहरु हरेक साँझ नतमस्तक भए । स्वामी हरिदासजीको प्रवचन सुन्न बागलुङका सुरक्षाप्रमुख देखी लिएर सरकारी कार्यालयका प्रमुखहरु समाजसेवीदेखी लिएर व्यापारीहरुले हरेक साँझको डेढ घण्टासम्म आफुलाई एकाग्र बनाए । प्राय घरबाट अति कम निस्कने बुहारीहरुलाई प्रवचन कार्यक्रमले असली प्रजातन्त्र दिलायो कारण उनीहरु प्रवचन भएको प्रत्येक दिन बालमन्दिर प्राङ्गणमा देखिए । १५ दिनको प्रवचनले नगर र आसपासका बासिन्दाहरुको दैनिकी नै बदलिदिएको छ यो मानेमा की अब त्यसपछि त्यो समयमा के गर्ने । विद्यार्थी शिक्षक निजी क्षेत्रका कर्मचारी हरेक तह र वर्गका मान्छेहरु प्रवचनमा समय व्यतित गर्दा लाग्थ्यो अब पुरै नगर आध्यात्मिक भयो ।
प्रवचनमा जातपातको कुरा उठ्दा र रुढिबाढी परम्परालाई नयाँ रुपमा परिभाषा गर्दा शुरुमै केहीले जिब्रो टोकेपनि स्वामी हरिदासजीको धाराप्रवाह प्रवचन सुन्ोपछि केहीले परिवर्तनको आभाष गरे । अझ रोमााचक दृश्य त आफुलाई असली कम्प्युनिष्ट बताउँदै आफुले आफुलाई भौतिकवादीको उपमा दिदै पदार्थमा विश्वास गर्नेहरुले अलौकिक विषयमा दिइएको प्रवचन रुचिकर रुपमा सुनेर क्याफे गफ गर्दा लाग्थ्यो मान्छेमा नयाँ चेतना पसेछ । भारतिय स्वामी कृपालु महाराजको प्रचारकको रुपमा रहेका स्वामी हरिदासको बागलुङ बसाईमा आफुले मात्र ज्ञान दिएनन बागलुङबासीबाट पनि ज्ञान लिएको उनले बताए । हरेक वर्गका मान्छेहरुसँगको उनको भेटले उनले पनि नयाँ केही लिए । यस क्षेत्रका मान्छेहरुको धर्मप्रतिको विचार भगवानप्रतिको आस्था र ज्ञानप्रतिको नयाँ स्वरुपको स्वामीले सुक्ष्म अनुसन्धान पनि गरे । वेद र गीतालाई मुख्य विषय बनाएर हरेक धर्मको कुरालाई समायोजन गर्दे प्रवचन गरेका स्वामीको यो अवधीभर सरकारी कार्यालय गैरसरकारी कार्यालय विद्यालय कलेज चियापसलमा प्रसङ्ग उठे । कोठेगफ र चोकेगफमा पनि हटकेक बनेका स्वामीको बौद्धिकता र व्यक्तित्वको प्रशंसा गर्ने पनि धेरै नै भेटिए ।
धर्मले मान्छेलाई भिरु पनि बनाउँछ । धर्मभिरुहरुले अचेल अनेक रुपमा पनि देखिन थालेका छन् । नेपालमा बेला बेलामा अनेक बाबा र स्वामीको चर्चा र प्रसङ्ग उठ्ने गरेको छ । धर्मको आड लिएर कथित बाबा र स्वामी भन्दै आफ्नो स्वार्थ पुरा गर्न मान्छेहरु अग्रसर देखिन्छन् । धर्म निरपेक्ष भैसकेको मुलुकमा फेरी हिन्दु राष्ट्रको प्रसङ्ग सशक्त रुपमा उठ्न थालेको छ । यहि अवधीमा कालिबाबाले हिन्दुराष्ट्रकै लागि भनेर काठमाण्डौंमा यज्ञको आयोजना गरिरहेका छन् । बेला बेला नेपालमा झुल्किने पाइलट बाबाले पनि हिन्दु राष्ट्रको वकालत गर्ने गरेका छन् अधिकांश हिन्दु धर्म मान्नेहरु रहेको मुलुकलाई पुन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने तर्क भएपनि देशमा अन्य धर्म मान्नेलाई पनि समान रुपमा हेर्नेका लागि धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको हो । देशमा धर्ममा पनि राजनिती मिसिएर बेला बेला अपि्रय घटना पनि भैरहेका छन् । तर पनि कुनै राजनितीभन्दा धर्मका सभा र कार्यक्रम आफैमा शालिन छन् । सबै विचार र आस्था राख्नेहरु अचेल धार्मिक सभा र सम्मेलनमा भाग लिई आफुलाई आध्यात्मिक बनाइरहेका छन् । यस्ता कार्यक्रममा सहभागी हुनेहरु भगवान छन र भगवान छैनन भन्ने तर्कवितर्क गरिरहे पनि चरित्र विज्ञानका पाठ सिक्दै जीवनलाई परिवर्तन गर्न खोजिरहेका छन् । आफ्नो ढल्किदो उमेर मुलुकको बेथिती राजनितीक नेताहरुको अकर्मण्तता र व्यवहारिक चरम वितृष्णाले गर्दा मान्छे आध्यात्मिक हुँदै गैरहेका छन् ।

दैवि शक्तिअदुश्य शक्ति र परमात्मालाई विश्वास र त्यस्ता शक्तिहरुसँग सम्बन्धित नैतिक आचरण व्यवहार मूल्य तथा मान्यतासंघ संस्था तथा पुरातन विधिहरुको समग्र रुपलाई धर्म भनिन्छ । खासगरी आस्था र विश्वास धर्ममा बढि नै पाइन्छ । ब्रम्हाण्ड र मानवको विषय पनि धर्मसँग जोडिएर हेर्ने गरिन्छ । मानव र चराचर ब्रम्हाण्डको अन्तर सम्बन्धका विषयमा पनि धर्मबाट उत्तर खोज्ने गरेको हामी पाँउछौं । एउटा सामाजिक परिवेशमा धर्मले विशेष र ठुलै महत्व राख्दछ । मानव संस्कृतीको विकाससँगै धर्मको अर्थ समाज र व्यक्ति अनुसार भिन्न भिन्न पनि पाइन्छ । मानव सभ्यताअघि नै धर्मको अस्तित्व रहेको धार्मिक ग्रन्थमा पाइएपनि धर्मको महत्व अझ बढि मानव सभ्यतासँगै र यसपछिका कालखण्डमा भएको पाइन्छ जसको पुष्टि धर्मका नाम हुने ठुला ठुला युद्ध साम्प्रदायिक दंगा र एकले अर्काेको अस्तित्वको सवाल उठाउने प्रसङ्गलाई लिन सकिन्छ । हरेक धर्ममा एउटा आस्था हुन्छ र त्यो आस्था भगवानसँग जोडिएको हुन्छ । खासगरी मान्छे आत्मसन्तुष्टीका लागि पनि भगवान मान्ने र आध्यात्मिक बन्ने गर्दछन् । कुनै व्यक्तिले धर्म मान्दै जाँदा त्यो धर्मलाई संगठित धर्मको रुपमा पनि लिने गरिन्छ । संयुक्त रुपमा एउटै धर्म पालना गरी एउटै आस्थालाई अंगिकार गरी मनुष्य जीवनलाई सार्थकता पार्ने खोज्दछन् । विभिन्न आस्था र विश्वासको श्रोतको रुपमा रहेको विश्वकै पहिलो धर्म हिन्दु धर्म एउटा बैज्ञानिक र व्यवहारिक भएको यसका धर्मगुरुहरुको दावी छ । धेरै समयदेखी चलिआएको सनातन धर्म अर्थात हिन्दु धर्मको उत्पत्ति पुरातन वैदिक संस्कृतिबाट इशापूर्व २ हजारभन्दा पहिले भएको मानिन्छ । विभिन्न देवीदेवताहरुलाई विभिन्न क्षेत्र र कामको जिम्वेवारी छुट्टाइएको या भनौं भगवानहरुले कर्तव्य लिएको शैलीकै स्वरुप देखिन जान्छ विभिन्न देशको राज्य संचालनको प्रणाली पनि त्यसैले यो धर्म जति पुरानो छ त्यति नै बैज्ञानिक रहेको धर्मगुरुहरु बताउँछन् । इसाई इस्लाम पछि सबैभन्दा ठुलो धर्म रहेको हिन्दु धर्मको अनुयायी करिब १।६ अर्ब रहेको अनुमान गरिएको छ । जसमध्ये पनि ९६ प्रतिशत त दक्षिण एशियामा रहेका छन् । हिन्दु धर्मको प्रमुख ग्रन्थ वेद र गीता हो । दुनियाँको सबैभन्दा प्राचिन ग्रंथको रुपमा वेद रहेको छ । वेदमा जीवनको रहस्य लुकेको छ । वेदभित्र विचारको पूर्ण रुप प्रस्तुत गरिएको छ । ४ वेदमा ज्ञानको भण्डार नै रहेको छ । हुन त वेद भनेकै ज्ञान हो । बह्ासँग सुनेर क्रृषिहरुले वेद लेखेको हो भन्ने मान्यता छ । वेदको पहिलो संस्करणको रुपमा क्रृग्वेद मानिन्छ जहाँ १० अध्यायका १ हजार २८ मंत्र उल्लेख भएको पाइन्छ । यस्तै यजुर्वेद यसमा यज्ञको विधी र यज्ञमा प्रयोग गरिने मंत्र उल्लेख छन् । यसमा ४० अध्याय र १ हजार ९ सय ७५ मंत्रहरु रहेका छन् । त्यस्तै सामवेदमा १ हजार ८ सय ७५ मंत्र छन् भने यसमा क्रृग्वेदको मंत्रको संगीतको रुप प्रस्तुत गरिएको छ । अर्थेवेदमा भने जादु चमत्कारको कुराहरु उल्लेख छन् । रहस्यमय विद्याका मंत्रहरु यसमा समाविष्ट छन् । यसमा २० अध्यायको ५ हजार ६ सय ८७ मंत्र छन् । वेदमा उल्लेख मंत्र र यसमा रहेका ज्ञानलाई बैज्ञानिकहरुले पनि प्रामाणिक रुपमा मानेका छन् । नासाले वेदको भित्री ज्ञानको प्रमाणलाई मानेको छ । त्यस्तै श्रीमदभागवतगीता पनि हिन्दुहरुको लागि एक पवित्र धर्मग्रन्थ हो । यसमा एक लाख श्लोकहरु रहेका छन् । अठार अध्यायमा गीतालाई बाँडिएको छ । गीतामा युद्धका कुराहरु पढ्न पाइन्छ । यी वेद र गीताले मान्छेलाई सद्वुद्धि प्रदान गरिरहेको छ ।
ठुला ठुला दुर्घटना आपत विपत दैवीप्रकोप र स्वयं मान्छेलाई समस्या पर्दा कहाँ छन् भगवान भनेर खोज्ने गरिन्छ । नास्तिक र आस्तिकविच खुल्ला छलफलका लागि गम्भिर विषय बनेको सवाल हो भगवान छन् या छैनन् । वेद र गीता त्यस्तै धर्म गुरुका प्रवचनले भगवान् भएको पुष्टि गरेपनि भौतिकवादीहरुले यो विषयलाई आफु अनुकुल व्याख्या गर्दछन् । भगवानले कृपा गर्छन भन्दै भविष्य हेर्ने मान्छेहरुको विचबाट दुखीहरुल्ााई सेवा गरेर मानवताको उदाहरण दिने असली भक्तहरु पनि धर्मले नै जन्माएको छ यो समाजमा । कम्तिीमा मान्छे खराब काम गर्नेबाट पनि डराएका छन् धर्मकै कारणले किनकी धर्मले मानिसलाई अनुशासन पनि सिकाउँछ । धर्मबाट समाजलाई सही बाटोमा डोर् याउनुपर्दछ । धर्मसँग स्वार्थ जोडिनुहुँदैन र धर्मले यही भन्दछ । सहि कुरा धारणा गर्नु नै धर्म हो । बागलुङ आएर स्व्ाामी हरिदासजी दिएको दार्शनिक प्रवचनले सबैमा सद्बुद्धि पलाओस् शुभकामना ।

No comments:

Post a Comment