Pages

Monday, May 2, 2011

अमेरिका, लादेन र नेपाली माओवादीहरु


'ओसामा विन लादेन मारिए' आफ्नो ९ मिनेट २८ सेकेण्डको सम्बोधनमा यो खबर विश्वभरी पुर् याउन अमेरिकी राष्ट्रपती बाराक ओबामा हतारिएका देखिन्थे किनकी उनको अनुहारको हाउभाउले यस्तै प्रस्तुती देखाइरहेको थियो सँगसँगै अनुहारमा एकप्रकारको चमकले उनी सर्वाधिक खुशी भएको आभाष पनि दिलाउन्थ्यो । हो त्यही ब्ल्याक हिरो जो ह्वाइट हाउसमा बस्छ उसले एउटा सफलता हासिल गरेको छ । सर्वाधाकि खोजीको सुचीमा १ नम्बरमा रहेका ओसमा विन लादेनलाई बाराक ओबामाको निर्देशनमा अमेरिकी सैनिकले आइतवार राती मारेको छ । र यो खबरलाई स्वयंम अमेरिकी राष्ट्रपती बाराक ओबामाले सोमवार आफ्नो सम्बोधनबाट पुष्टि गरेका छन् । १० बर्षअघि देखी खोज्न शुरु गरेको ओसमालाई पाकिस्तानको अब्बोत्ताबादस्थित एक घरमा मारिएपछि अहिले अमेरिकाभरी खुशीको उत्सव चलेको छ । यो मृत्युउत्सव पछिल्लो शताब्दीकै चर्चित बनाएका छन् अमेरिकीहरुले । यो मृत्युलाई उत्सव बनाउनुको एउटा कारण भने सन् २००१ सेप्टेम्बर ११ मा अलकायदा प्रमुख ओसामा विन लादेनको योजना र निर्देशनमा अमेरिकाको ट्वीन टावरमा हवाई आक्रमण गरेको बदला भन्दै उत्सव मनाएका छन अमेरिकीहरु त्यतिखेरको आक्रमणमा परि ३ हजारभन्दा बढिले ज्यान गुमाउनुपरेको थियो । सँधै अमेरिकाको टाउको दुखाईको कारण बनेका लादेनले विश्वको शक्तिशाली राष्ट्रमा आक्रमण गर्नेदेखी लिएर बेला बेला आक्रमण गर्ने चेतावनी दिदै आएको थियो यही कारणले अमेरिकाले अर्बौ डलर बगाएर भएपनि १० बर्षदेखी ओसामालाई खोजिरहेको थियो त्यसैले त भन्ने गरिएको सुनिएको छ लादेन अघिअघि अमेरिका पछिपछि किनकी १० बर्षसम्म त्यस्तो राष्ट्रले ओसामालाई भेटन सकेन । २००१ मा आक्रमण भएपछि ओसामालाई पक्रेको भए सायद अलकायदा संगठन अहिलेको जस्तो शक्तिशाली हुने थिएन होला अहिले लादेन मारिएका छन् तर लादेनले आफुजस्तै धेरै जन्माएका छन् यो विषयले झन खतरा निम्ताएको छ ।

अमेरिका त्यस्तो मुलुक हो जसले विश्वको नेतृत्व सम्हाल्ने महत्वकाँक्षी योजना बनाइरहेको छ र यसमा अमेरिका आंशिक सफल पनि भएको छ । साना मुलुकदेखी लिएर विश्वका ठुला आर्थिक देशहरुमा समेत अमेरिकाको प्रभाव रहदै आएको छ । यही हिसाबले अमेरिका विश्वको सँधै ध्यानकेन्द्रित हुने देश भएको छ । अर्थतन्त्रदेखी लिएर सशस्त्र हतियारका कारण विश्वमा शक्तिशाली ठानिएको अमेरिकाले साम्राज्य सोच विस्तारै संसारभरी फैलाउँदै लगिरहेको छ । मानौ अमेरिकामा रुघा लागेको छ भने त्यसको संक्रमण पुरा विश्वभर फैलिने छ । एउटा दादागिरी छ अमेरिकामा त्यसैले इराकका राष्ट्रपती सद्दाम हुसेनदेखी लिएर लिवियाका राष्ट्रपती गद्दाफीसम्म आफ्नो दादागिरि देखाएको छ अमेरिकाले सद्दामलाई फाँसी दिनुदेखी लिएर यही शनिवार गद्दाफीका नाती छोरालाई मार्नेसम्म अमेरिकाको सोचले विश्वको सम्पूर्ण अधिकार आफ्नो हातमा राख्न चाहन्छ भन्ने पुष्टि हुन्छ । किनकी अमेरिकाले जहिलेपनि आवश्यकताभन्दा बढि बल प्रयोग गर्ने गरेको छ । र आइतवार पनि त्यही गर्यो ओसामा विन लादेनमाथी । लादेनले गरेको अहिलेसम्मका कि्रयाकलपा मानवविय हिसाबले निन्दनिय छन् । उसले अँगालेको बाटो पनि सही हो भन्न सकिदैन तर अमेरिकाले एउटा व्यक्ति मार्नुभन्दा उसका कि्रयाकलाप निस्तेज पार्न सक्नुपर्दछ । आफु अनुकुल नहुने कसैलाई पनि नछोड्ने अभियानमा रहेको अमेरिकाको कदम कतै ठिक भए पनि कतै बेठिक नै रहेको छ । जसको उदाहरण हो नेपालका माओवादी नेपालका माओवादी सशस्त्रद्धन्द्धपछि शान्तिरुपमा राजनितीमा आउँदासम्म पनि अमेरिकाले आतंककारीको सूचीबाट हटाएको छैन । यद्यपी माओवादीका अझैसम्मका कि्रयाकलापले गर्दा माओवादीलाई आतंककारीको सूचीमा राखिएको होला तर ससस्त्रद्धन्द्धलाई विश्राम गरी शान्तिप्रकि्रयामा आइसकेर मुलुकको बागडोर समालिसकेको पार्टीलाई आतंककारी सूचीमा राखीराख्दा मुलुकलाई पनि फाइदा गर्देन भलै अन्य प्रतिस्पर्धी दलहरु यो विषयमा खुशी भएपनि । कुनै वेला राज्यले पनि आतंककारी घोषणा गरी टाउको मुल्य तोकेको अवस्था थियो जतिवेला माओवादीका गतिविधी नै त्यस्ता थिए । विगतमा माओवादी जे गर्यो त्यो ठिक थिएन किनकी माओवादीले हजारौंको ज्यान लिएको छ धेरैलाई वेपत्ता बनाएको छ धेरैको सम्पत्ती लुटेको छ र धेरैलाई धेरै तरिकाले सताएको छ तर अहिले देशकै सबैभन्दा ठुलो दल भैसकेको पार्टीलाई अलकायदाकै रुपमा राख्दा मुलुकको छवीप्रति पनि प्रश्न उठ्छ । अलकायदा लादेन र नेपाली माओवादी फरक फरक प्रवृत्तिका होलान तर अमेरिकी आँखाले त आतंककारी देखिरहेको छ त । नेपाली भएको नाताले नेपालमा हुने सबैखाले हस्तक्षेपको विरुद्ध हरेक नेपाली बोल्नुपर्दछ । एउटा देशको दललाई अमेरिकाले आतंककारीको सूचीमा राख्ने नियतले उसले जहिलेपनि आफ्नो गुलाम बनाउन खोजिरहेको होकी भन्ने आशय जान्छ । यसप्रति स्वयं माओवादीले पनि चर्काे विरोध गर्ने जरुरी छ भने सँगसँगै आफ्ना कि्रयाकलाप सच्चाउन पनि जरुरी देखिन्छ । भारतलाई चर्काे विरोध गरिरहेको माओवादीले अमेरिकालाई अझै पनि प्रभु ठानिरहेको छ भारतिय राजदुतलाई वेलावेला दुव्र्यहार गर्ने आँट राख्ने माओवादीले डेलिसीलाई यस विषयमा हिम्मतका साथ भन्न पनि सकिरहेको छैन । अझैपनि डर त्रास र धम्की दिने सर्वसाधरणलाई कुट्ने पिट्ने र सम्पत्ती लुट्ने प्रवृत्ति माओवादीले त्याग्न अती जरुरी छ । नत्र अमेरिकी आँखाको आतंककारी हेराईले समग्रमा मुलुकलाई नै नोक्सानी पुर् याउँछ । किनकी अमेरिका आतंकवादी विरुद्धमा दरो रुपमा अभियान चलाईरहेको छ । कमजोर देशका निरंकुश शासकहरुलाई पनि विस्तारै पत्तासाफ गर्दे अघि बढेको अमेरिकालाई आतंककारी एलर्जीको रुपमा चिलाउने गरेको छ ।
अमेरिकाले आतंककारी घोषणा गरेको संगठन अलकायदा र त्यसका प्रमुख संस्थापक ओसामा विन लादेनको मृत्युले यतिखेर विश्व साचार तंरगीत भैरहेको छ । प्रत्येक अमेरिकीलाई आफ्नो दुश्मन मान्ने ओसमाको मृत्युले प्रत्येक अमेरिकन खुशी भैरहेका छन् भने आतंकबादको विरुद्धमा रहेका विश्वका सबै मानिसहरुले लादेनको मृत्युलाई सहज लिएका छन् । सायदै कमैले सोचेका थिए होलान् की लादेनको मृत्यु यति छिटो हुन्छ भनेर किनकी यसअघि पनि लादेनको मृत्यु भैसकेको छ भनेर बारम्बार साचारमाध्यममा समाचार प्रकाशित र प्रशारण हुदै आइरहेको थियो । त्यतिवेला पनि लादेनका तस्विर र भिडियो सार्वजनिक भएका थिए तर ती सबै नक्कली थिए अहिले पनि त्यस्तै भएको छ । बाराक ओबामाले लादेनको मृत्यु भएको पुष्टि गरेपछि अमेरिकी सेनाहरुले सार्वजनिक गरेको फोटो पनि नक्कली नै प्रकाशित र प्रशारण भैरहेका छन् । लादेनको मृत शरिरलाई साचारमाध्यम सार्वजनिक नगर्नु र उनको अन्तेष्टी पनि गोप्य राख्नुले केही शंका गरेपनि स्वयं बाराक ओबामाले मृत्युको पुष्टि गरेपछि धेरैले विश्वास गरेका छन् यो घोषणा ओबामाले ठिक लिबियामा गद्दाफीका नाती र छोराहरुलाई अमेरिकी संयुक्त सेनाले कारवाही गरेर मारेको करिब २५ घण्टापछि सार्वजनिक गरेका छन् । संयोग हो या नियोजित । बाराक ओमाबाले आफ्नो सन्देशमा मृत्युको पुष्टि गरेपनि भौतिक रुपमा लादेनको कुनै प्रमाण भने विश्वभरीका जनताले हेर्न पाएन या भनौं साचारमाध्यमले प्रकाशित र प्रशारण गरेनन् किनकी त्यो कभरेज गर्न दिइएन वा मृत्यु नै झुठो हो अहिले यही अड्कलबाजी चलिरहेको छ । सद्दाम हुसेनलाई फाँसी दिदा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरेको अमेरिकाले लादेनको शवलाई किन गोप्य राखी गोप्य नै अन्तेष्टी गरेको बतायो प्रश्न धेरै छन् । त्यही भएर अमेरिकाले जे भन्छ या गर्छ त्यो विश्वमा सनसनी मच्चिन्छ । कारण अमेरिका विश्वमा शक्तिशाली छ ।
लादेनको मृत्यु नै भएको भएपनि अझै आतंकबादको अन्त्य भएको छैन किनकी अलकायदा ठुलो संगठन हो र त्यहाँ धेरै सदस्य छन् यति धेरै बर्षसम्ममा पक्कै पनि लादेनले आफ्नो उत्तराधिकारी बनाएका छन् त्यसैले अझै पनि सजक र सर्तक रहन जरुरी छ । जसरी लादेनलाई मार्न भन्दै पाकिस्तान र अफगानिस्तानमा हमला गर्दा धेरै निर्दोष नागरिकको ज्यान गएको छ त्यसतर्फ पनि अमेरिकाले आगामी दिनमा सोच्न पर्ने देखिन्छ । अफगानका एक अधिकारीले विविसीमा लादेनको मृत्यु भएको घोषणा पछि भनेका छन् । अब प्रत्येक सडकमा एकजना ओसामा विन लादेन छ । यसैले विश्वमा अलकायदाको खतरा झन बढेको छ । अलकायदा शक्तिशाली भएको छ की त्यस संगठनलाई लादेनको आवश्यकता पर्ने छैन । त्यसैले आतंकवादको अन्त्य भएको छैन खतरा झन बढेको छ । एक व्यक्तिको मृत्यु मात्र यो क्रम रोकिदैन यसलाई स्थायी रुपमा अन्त्य गर्नेका लागि अमेरिकाले केही नयाँ पहल गर्ने आवश्यक देखिन्छ । र स्वयं अमेरिकाले पनि आफ्ना आँखाका हेराईहरु पात्र र प्रवृत्तिलाई छुट्टाई फरक पार्नुपर्दछ ।

No comments:

Post a Comment