Pages

Thursday, May 26, 2011

एउटा भूगोलले छुट्टाएको असमानता

हरियाली डाँडाले घेरिएको हरियाली समथर विशाल भूभाग जहाँ बुकी छन्् चर्छन घोडा गाई भैसी भेडा साँडे र खच्चड । जहाँ छ ढोर बराह मन्दिर र सँगै बग्छिन् उत्तर गंगा आफ्नो शालिन गतीमा हावाको भेगहरु कोमल बदनमा स्पर्शका झिल्का दिदै स्वागतमा आतुर छन् । देउराली उकाली र ओराली नियालीरहन्छ । गोरेटोको दायाँ बायाँ लाली गुराँस र सेतो गुराँस मन्द मुस्कानमा सजिएका छन् । जंगलभित्र नाउर र झारलको कुदकुदाई । त्यही धर्तीमाथीको निल गगनमा कुहिरो पनि डेरा जमाउँछ लाग्दैन की म यो ठाँउ छोडौं कुहिरोलाई । प्रकृती आफै भुल्छ र भुँलाउँछ सारालाई । पहाडी क्षेत्र भएपनि कतै तराईको जस्तो समथर भुभाग अनि पहाडैकै चिनारी हरियो डाँडाको दुवै दृश्य देख्न पाईने ढोरपाटन क्षेत्रमा जोकोही पहिलोपटक पाइला टेक्छ भित्रीमनदेखी नै भन्छन् आहा ! ढोरपाटन ।

ढोरपाटन सिकार आरक्ष मुलुकका लागि यो नाम प्रख्यात छ र विदेशमा पनि किनकी ढोरपाटनमा आएर सिकार गर्ने सिकारीहरु आफुले आफुलाई साहसिक सम्झन्छन् । एउटा उपत्यका जहाँ अथाह सम्भावना छ । एक टुक्रा धर्ती जहाँ स्वर्गीय आनन्द छ । जहाँ सिकार मात्र हुँदैन । सौन्दर्यको अनुपम दृश्यालोकन पनि हुन्छ । त्यही क्षेत्र बागलुङको पश्चिम भेग जहाँ सात समुन्द्र पारबाट पर्यटक आउँछन् राज्यले नाम बेच्छ तर त्यही क्षेत्र राज्यकै उपेक्षामा परेको छ । जसले देशलाई चिनाएको छ र देशलाई राजश्व पनि भराएको छ त्यसले आफै केही पाएको छैन् । उपेक्षाको एउटा उदाहरण असमानताको एउटा विषय भूगोलले छुट्टाएको विभेद परिधी ढोरपाटन । बागलुङ जिल्लाको बोबाङ्ग गाविसमा पनि पर्ने ढोरपाटन क्षेत्र र यसका आसपासका बासिन्दाहरु हरेक बर्ष आसाका किरणसँगै विकास कुरिरहेका छन् । एउटा व्यग्र प्रतिक्षा परिवर्तनको त्यस भेगका वासिन्दाको । यद्यपी बुर्तिबाङ्ग बजारभन्दा माथी र पारीबाट जनताहरु सदरमुकामको उपेक्षामा परिरहेका छन् । विकास एकैचोटी हुने कुरा होइन यो विस्तारै हुने जाने कुरा हो । बुर्तीबाङ्ग बजारसम्म विकासका केही छनक पाइएपनि त्यसपछिका अन्य गाविसमा अझैपनि निजी र सरकारी क्षेत्रबाट पहलकदमी भूमिका निर्वाह भएको देखिदैन खासगरी ढोरपाटन क्षेत्रमा पनि किनकी यो क्षेत्रमा हरेक बर्ष स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । यही क्षेत्रबाट सरकारलाई लाखौं राजश्व उठ्ने गरेको छ । तर पनि सरकारी आँखामा विकासको दृष्टिकोणले पछि परेको छ । अचेल विकास भन्ने वित्तिकै ग्रामिण कच्ची सडकलाई लिने गरिन्छ त्यसको केही रुप बोबाङ्गले पाएपनि अथाह संभावना बोकेको ढोरपाटन क्षेत्रको जुन हिसाबले प्रचारप्रचार र विकास हुनुपर्ने हो अहिलेसम्म भएको पाइदैन । हालै जेष्ठ १ गतेदेखी ५ गतेसम्म बोबाङ्ग गाविसको ढोरपाटन उपत्यकामा त्यस क्षेत्रको प्रचार प्रसार र पर्यटन प्रबर्दन गर्ने उदेश्यले ढोरपाटन महोत्सव सम्पन्न भयो । भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेको सो महोत्सव औपचारिकतामा शुरु भै औपचारिकतामा नै सकियो । मन्त्री हेलिकप्टरमा आए फुल उडाए भाषण गरे अनि हेलिकप्टरमा उडेर गए । तर खासमा त्यस भेगमा र त्यस भेगका बासिन्दालाई कुनै अर्थ नै भएन् । अधिकाँश काठमाण्डौं बस्ने ढोरवासीहरुको पहलमा भएको महोत्सवको ५ दिनसम्म पनि व्यवस्थित गर्न नसक्दा महोत्सव खल्लो त भएकै थियो । त्यहाँ पुग्ने दर्शकहरु पनि अलमलमा परेका थिए । महोत्सव आयोजना मात्र गरेर र प्रचार प्रसार र प्रबद्र्धन हुने कुरा होइन सबैभन्दा ठुलो कुरा त समन्वय हुन जरुरी छ । महोत्सव आयोजकले सदरमुकामका सरकारी कार्यालय गैरसरकारी कार्यालय निजी क्षेत्र र पत्रकारहरुसँग समन्वय नगरी महोत्सवको आयोजना गर्दा महोत्सव औपचारिकता मा मात्रै सम्पन्न भयो । महोत्सवमा जिल्लाका अधिकाँश कि्रयाशिल पत्रकारको उपस्थिती नहुनु सदरमुकामबाट पनि दर्शकहरु नजानु र गएका दर्शकहरु पनि व्यवस्थित रुपमा बस्न नपाउनुले महोत्सव आयोजकमाथी आगामी दिनमा प्रश्न चिन्ह खडा गरेको छ । केहीले निम्तो पाएर र कतीले ढोरपाटन हेर्ने इच्छा व्यक्त गरेर ढोरपाटन पुगेकाहरुले पनि त्यस क्षेत्रको समस्यालाई बुझ्ने कोसिस भने गरेनन् । उद्घाटन गर्ने पुगेका मन्त्री रायमाझीले पनि स्थानियवासीसँग भलाकुसारी नै नगरी फर्के नतले उनले गाँउ नै घुम्ने हिम्मत राखे त्यस्तै सदरमुकामबाट गएका प्रमुख जिल्ला अधिकारीले पनि जनताको समस्या बुझ्ने चेष्टा नै गरे । २ दिन विताएका प्रजिअ आफ्नो साइटसिनमा मात्र विताए तर जनतको समस्या बुझ्ने आँट गरेनन् । राजनितीक दलका नेताहरु कोही आफ्नो आँखाले ढोरपाटन हेर्ने त्यहाँ पुगे त कोही कसैको आग्रहलाई स्विकार गर्दे त्यहाँ गए । ढोरपाटन क्षेत्रमा अझैपनि कोही यो २१ औं शताब्दी कतिपय १८ औं शताब्दीको जिन्दगी जिउन वाध्य रहेका छन् । त्यो पीडा त्यो दुख हेरेर रमाउने धेरै थिए तर सोध्ने कोही थिएनन् । महोत्सवको पहिलो दिन झाँकी र केही प्रतिनिधीमुलक प्रस्तुती भएपनि दोस्रो दिनदेखी महोत्सवको कुनै रौनक नहँुदा त्यस क्षेत्रमा पुग्ने दर्शक खिन्न भए । बोबाङ्गको केही भागसम्म मोटरबाटो पुगेपछि मोटरमा र त्यसपछि ५ घण्टाको पैदल यात्रापछि पुगिने ढोरपाटनमा पुगेपछि सबैलाई आनन्द आएपनि त्यसभेगका मान्छ्ेहरुको दुख र पीडाले आनन्दपछि मनमा नैशायश्यता पैदा गर्छ यदी कसैमा मानविय संवेदना छ भने । ठुलो क्षेत्रफलमा फैलिएको ढोरपाटन क्षेत्रमा पुग्ने पर्यटकलाई त्यहाँको प्राकृतिक र साँस्कृतिक पक्षले प्रायको मन लोभ्याइरहन्छ । सरकारले प्राथमिकतामा राखेको र नयाँ गन्तव्यको रुपमा घोषणा गरेको मुलुकको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा बर्षेनी स्वदेशी तथा विदेशी पर्यटकले सिकार खेल्ने गर्दछन् र सिकार खेलेबापत सरकारलाई राजश्व बुझाउने गर्दछन् । केन्द्रिय तहमा नै बुझाउने त्यो राजश्व त्यस क्षेत्रबाट उठेपनि त्यस क्षेत्रको विकासका लागि केही भएको छैन । ढोरपाटनको भविष्य राम्रो छ भन्दै सदरमुकाम र काठमाण्डौं बस्नेले त्यस क्षेत्र र आसपासको क्षेत्रमा अहिलेदेखी नै घडेरी किन्दै राखेका पनि छन् । ढोरपाटनको जग्गा नहेरी नै जग्गा किनबेच पनि हुने गरेको छ । पछिल्लो पटक स्थानिय र जग्गा किन्ने भू माफियाबाट त्यस क्षेत्रको जग्गा अतिक्रमण हुने क्रम पनि बढेको छ । बागलुङ म्याग्दी र रुकुम जिल्लाको २६ गाविसको १ हजार ३ सय २५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको ढोरपाटन शिकार आरक्ष तीनहजार देखि ७ हजार मिटर अग्लो भू-भागसम्म फैलिएको छ । सिकार आरक्ष तिन जिल्लामा फैलिएपनि समथर हरियाली भूभागको धेरै क्षेत्र बागलुङकै बोबाङ्ग गाविसमा रहेको छ । बागलुङ जिल्लाको सबैभन्दा ठुलो गाविस रहेको बोबाङ्ग गाविस सबैभन्दा दुर्गम पनि छ । बोबाङ्गवासीहरुले सदरमुकामको सुविधा पाउने आशा त तत्काल गरेका छैनन तर पनि आधारभूत आवश्यकताका लागि माग उठाएका छन् । महोत्सवको अवसरमा पुग्ने मन्त्रीप्रजिअ र नेताहरु आफ्ना माग राख्न खोजे तर पनि समय पाएनन् त्यस क्षेत्रका वासिन्दाहरुले । प्राकृतिक रुपले निकै नै ख्याती कमाएको यस क्षेत्रमा सरकारले पर्यटन प्रवद्र्धनका लागि भनेर गत बर्ष्र ुढोरपाटन क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितीु गठन गरेको छ । तर त्यसको गुरुयोजना नहँुदा र कार्यान्वयन नगर्दा त्यसको कुनै अर्थ रहेको छैन ।
बोबाङ्ग ढोरपाटन सडकखण्डको बजेट अन्तर्गत ३ लाख रुपैयाँ त महोत्सवमा सकिएको छ । तर महोत्सव आफैमा उपलब्धी मुलक देखिएन बरु केही मिटर बाटोको लागि रकम अभाव भने हुने भयो । सरकारी कर्मचारीहरुका नाइके त्यस क्षेत्रमा पुगेर भेडाको १० पिलेट फलमासु र सिग्नेचरको एक फुल सक्ने मात्र काम भयो । एमालेका पदाधीकारीले सिग्नेचर ब्राण्डको रक्सी सक्नमा साथ दिए भने काग्रेसले त्यस क्षेत्रमा बैठक आयोजना गरी औपचारिकता पुरा गर्यो । तर त्यसक्षेत्रका बासिन्दाहरुले राहत त केही पाएन कम्तीमा आश्वासन पाउनबाट पनि बिाचत भए ।

1 comment:

  1. saral cha bhasa,dai ko kalam anawarat rupma agadi badhos khi prabidhik mistake ko sachhidai,ani deurali samma bato ko 2500000 chutiyo ani congress ko guruyojana banaune prastav pani pass bhayo bhanne suneko chu....

    ReplyDelete