Pages

Tuesday, October 29, 2013

फोटो कथा : रसुवालाई जिस्काइरहन्छ हिमाल र बादलले ।

रसुवालाई कहिले तुवाँलो, कहिले बादलले त कहिले हिमाल स्वागत गरिरहन्छ । धेरै तामाङ संस्कृती रहेको यो हिमाली जिल्ला पुग्नको लागि मेरो मन पहिल्यैदेखी आतुर थियो । साइत जु¥यो । अनि पुगियो । मलाई रसुवाको धेरै व्याख्या गर्ने जरुरी लागेन केही तस्विर कैद गरेको छु । जहाँ म पुगे र देखें ।

हाकु गाविसमा पर्ने यी झरनाले कसको मन नतान्ला र ।


कालिकास्थानको एउटा रुखमा जाल फिँजाएर बसेको माकुराको जालमा पनि परियो ।
धुन्चेबाट विहान देखिएको लाङ्गटाङ्ग हिमाल अर्काे दिउसो हुँदा कैद गरिएको हो । 

स्याफ्रुबेशी जाँदा बाटोमा देखिने सदरमुकाम धुन्चेको दृश्य । टाढाबाट हेर्दा सिक्किम जस्तै लाग्यो ।

स्याफ्रुबेशी जाने घुमाउरो बाटो । छैन त मनमोहक ?
चिलिमेमा बनेको चिलिमे हाइड्रो पावरको सुरुङमार्ग यो प्रवेश गरेपछि भित्र पावरहाउस पुग्न सकिन्छ ।

स्याफ्रुवेशीमा डाँडामा देखिएको मनमोहक दृश्य । आँखा प¥यो अनि कैद भयो ।
स्याफ्रुबेशी बजार ।  

टिमुरे गाविसमा रहेको नेपाल चिन सिमानामा रहेको ऐतिहासिक रसुवागढी, बहादुर शाह र जंगबहादुर राणाको पालामा तिब्बतसँग भएको लडाईमा यहि गढीबाट नेपाली पुर्खाहरुले लडेर तिब्बतसँग युद्ध जितेका थिए ।
भत्केको झोलुङ्गे पुल माथी नेपालको झण्डा, चन्द्र सूर्य जहाँ हुन्छ, नेपाली मन त्यसै रमाउँछ । 
पारी चाइनाको निर्माणधिन भवन जहाँ पसल हुन्छन् । पारि चाइनामा फोटो खिच्न बन्देज छ । मोबाइलले लुकेर खिचेको तस्विर ।  
पारी चाइनामा घर आँगन सफा गर्दै स्थानिय । घरको माथी चाइनाको राष्ट्रिय झण्डा फरफराएको पनि राम्रै देखिन्छ ।  
चाइना प्रहरी बस्ने र अध्यागमन कार्यालय रहेको भवन ।  
चाइनाको केरुङ डाँडा । 
बिचरा हाम्रा प्रहरी अस्थायी सानो छाप्रोमा बसिरहेका छन् ।
रसुवागढीबाट फर्केदा तामाङ बालबालिकाले बोलाई बोलाई नमस्ते गरें । तस्विर नलिइ आउन मन लागेन । 
स्याफ्रुवेशीबाट फर्केदा बाटोमा यो मानेको स्तम्भ पनि देखियो । पृष्ठभूमिमा लाङ्गटाङ्ग हिमाल ।
धुन्चे पारिको बादलमुनीको गाउँ ।  
धुन्चेनजिकै रहेको गुम्बा ।  
सदरमुकाम धुन्चे बजार । 

5 comments: