Pages

Saturday, March 1, 2014

बढ्दै छ नेपालमा विदेशी सिनेमाको छायाँकन,के सम्भव होला सिनेमा पर्यटन ?

रमणीय नेपाल विदेशीको क्यामेरामा कयौं पटक कैद भए । डकुमेन्ट्री बने । अझ फोटोग्राफीमा नेपाल खुब बिक्छ । बेला बेला ट्रिप एडभाइजरको सूचीमा पनि नेपाल पर्दै आइरहेको छ । पर्यटकका लागि भ्रमण गन्तव्य बनिरहेको नेपाल । के सिनेमा खिच्ने थलो हुन सक्छ ?
नेपाल सिनेमा छायाँकनका लागि प्राकृतिक सेट हो । प्रकृतिले दिएका सबथोक छ नेपालमा । भर्जिन लोकेसनको हन्टिङ गर्दै हिड्ने निर्देशक निर्माता नेपालको सबै दृश्यमा कुमारित्व पाउँछन् । सिनेमा बनाउन हलिउड र बलिउडबाट सिक्ने नेपालले दृश्यको भाषा भने नेपालबाट नै सिकाउन सक्छ । नेपाल अन्तराष्ट्रिय सिनेमा छायाँकनको थलो हुन सक्छ । नेपालमा विदेशी सिनेमा छाँयाकनका लागि आउन सम्भव पनि छ । भर्खर नेपाल सुटिङ सकेर फर्केको हलिउड सिनेमा ‘एभरेष्ट’ र १ बर्षअघि नेपालमा सुटिङ भएको चाइनिज सिनेमा ‘अप इन द विन्ड’ले प्रशस्त सम्भावना देखाएको छ । एभरेष्ट सिनेमा त सगरमाथाको कथा भएकोले नेपाल छि¥यो । अरु सिनेमा लोकेशन हन्टिङ गर्दै नेपाल तानिन थालेका छन् ।

विदेशी चलचित्रका लागि नेपालले दुइ तरिकाले नै  विकास गर्दै लानुपर्छ । नेपालमा विस्तारै विदेशी चलचित्रको छायाँकनमा संख्यात्मक बृद्धि हुन थालेको छ । विदेशी सिनेमालाई भर्जिन लोकेसन वा विषय सान्दर्भिक लोकेसन आवश्यक भएर नेपाल छिर्ने थालेपछि छायाँकन थलोको रुपमा विकास र छायाँकन सकिएपछि सिनेमा पर्यटनलाई पनि प्राथमिकतामा राख्न जरुरी छ ।
एभरेष्ट सिनेमा छाँयाकनका लागि नेपाल आएका कलाकार
एरिक भ्यालीले क्याराभान सिनेमालाई डोल्पाको दृश्यमा उतारे । ओस्कार मनोनित यो सिनेमा हेरेपछि सिनेमा पछ्याउँदै पर्यटक डोल्पा पनि पुगेका छन् । भर्खर हलिउड सिनेमा एभरेष्ट नेपालमा सुटिङ गरेर फर्कियो । ग्लोबल प्रडक्टको रुपमा विकाउ हुने हलिउडले एभरेष्ट रिलिज गरेपछि सगरमाथा र नेपाल अझै बढि विश्वमा चिनिन्छ । सिनेमा पछ्याएर आउने पर्यटक अझै बढ्ने छन् । गत बर्ष नेपालका प्रमुख पर्यटकिय सहरमा छायाँकन भएको अप इन द विन्ड चिनलगायत विभिन्न देशका सहरमा रिलिज भैरहेको छ । पोखरा, सौराहा र काठमाडौं उपत्यकामार्फत नेपाल उतारिएको अप इन द विन्डको समिक्षकले नेपालको प्राकृतिक सुन्दरतालाई पनि जोडेर समिक्षा गरेका छन् । यसले नेपालको पर्यटनका लागि राम्रो प्रभाव छोड्ने संकेत गरेको छ ।
सिनेमा अप इन द विन्डको छायाँकनको क्रममा सौराहामा
एरिक भ्यालीको क्याराभान हेर्ने दर्शक होस् या अमिताभ बच्चनले खेलेको खुदागवाह सिनेमा होस् । नेपाल आउने पर्यटक डोल्पा र मुस्ताङ पुग्ने चाहना राख्छन् । सिनेमा पछ्याएर सुटिङ भएको ठाउँमा पुग्ने पर्यटकको बसाई लम्बाउने योजना पर्यटन व्यवसायी र राज्यको हुनुपर्छ । भारतीयहरुको गन्तव्य सूचीमा रहने मुस्ताङमा अभिताभको फिल्म खुदागवाह २२ बर्षअघि सुटिङ भएको थियो । खुदागवाह हेरेर याद गर्ने भारतीयहरु मुस्ताङ पुग्ने चाह अझै पनि गर्छन् ।
खुदागवाह, क्याराभान, अप इन द विन्ड र एभरेष्ट मात्र होइन नेपालमा सुटिङ हुने विदेशी सिनेमा बढ्दै गएका छन् । हलिउडको लिटिल बुद्ध,, द गोल्डेन चाइल्ड, द वाइन्ड हर्स, रेड कर्नरलगायत सिनेमाले नेपालको लोकेशनलाई उतारेका छन् । त्यस्तै भारतिय सिनेमा हरे राम हरे कृष्ण, युद्ध, घरवाली वाहरवाली, महान, लव इन नेपाल, एक हसिना एक दिवाना, बेकाबुलगायत पनि छाँयाकन भैसकेका छन् । त्यस्तै हङकङको सिनेमा बोधी ड्रामा, क्यू वा, फ्रान्सको फियोर डेले मिली इ यूना नोट्टे, द कन्क्यूष्ट अफ एभरेष्टलगायत सिनेमाले पनि नेपाल उतारिसकेका छन् । त्यस्तै स्पाइनिस सिनेमा काठमाडौं मिरर इन द स्काईले पनि नेपालको सुन्दरतालाई सुन्दर ढंगले सिनेमामा उतारेको छ ।
सिनेमाको कथा र विषय बस्तु जे भएपनि नेपालमा छाँयाकन भएका विदेशी सिनेमाले नेपालका प्राकृतिक सुन्दरतालाई दृश्यको भाषामा देखाएका छन् । नेपालको पर्यटनको प्रबद्र्धन गर्ने विदेशमा महँगो खर्च गर्नुपर्ने कतिपय बाध्यतालाई विदेशी सिनेमाले सित्तैमा प्रबद्र्धन गरिदिएका छन् । यस्तो अवस्थामा नेपालले त्यसको फाइदा लिन सक्नुपर्छ ।
नेपालमा आगामी दिन अझै थुप्रै सिनेमा छाँयाकनका लागि आउने सम्भावना छ । विदेशी सिनेमालाई नेपालमा समन्वय गर्नेका लागि थुप्रै कम्पनीहरु समेत खुलिसकेका छन् । सरकारले विदेशी सिनेमाका लागि छाँयाकन गर्र्ने आउने बातावरण बनाउनका लागि नेपालका मनोरम दृश्यलाई अझ बाहिर ल्याउनुपर्छ ।
नेपाल प्राकृतिक सम्पदाले भरिएपनि प्रचार प्रसारको अभावले पर्यटकको आगमन बाक्लिएको अवस्था छैन । यस्तो समयमा अन्तराष्ट्रिय रुपमा स्क्रिनिङ हुने सिनेमाको माध्यमबाट नेपाल चिनिने सम्भावना बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकमा आफ्नो देशमा भएको ख्यातीलाई प्रबद्र्धन गरेर पर्यटक भित्राइरहेको समयमा नेपालले अझ अघि बढेर सिनेमा पर्यटनलाई पनि जोड दिन आवश्यक देखिन्छ ।
(अप इन द विन्डको प्रोमो)


No comments:

Post a Comment