Pages

Sunday, March 20, 2011

होली बागलुङमा…ग्लामरदेखी यौनिकतासम्म

चैतको पहिलो साता गर्मी आफ्नो पारामा चढ्दै गर्दा देशभरीसँगै बागलुङमा पनि शनिवार प्राय होलीमा रंगीए । बागलुङमा युवायुवतीहरुको जमातदेखी लिएर ओशोका अनुयायी तथा सरकारी कर्मचारीदेखी निजी बैंकका बैंकरहरु रंगको पर्व होलीमा खुब रंगीए ।
पछिल्लो पटक होली यौनिक र ग्लामरस बन्दै गएको छ । गर्मीको पहिलो सिजन भएर होला युवतीहरु मिनीस्कर्ट र भिआकारको सिल्पलेस टिसर्टमा सजिएर अनुहारमा रंगरोगन पोतेर बजारमा होली खेल्दा यसको रौनक अर्के थियो । युवाहरु ग्रन्जी हाफ पाइन्टमा कन्भस्र सुज कस्दै ब्लाक गगल्स लगाएर हुलसँगै ह्याप्पी होली भन्दै हिडेको दृश्य शनिवार बागलुङ बजारमा आकर्षण नै रहेको थियो ।युवा युवतीको हुल एक आपसमा भेट्दा युवाहरुले युवतीको गाला लगायत अन्य स्थानमा सहजै हात लगेको दृश्यले होली यौनिक भएको भाव झल्कन्थ्यो ।
ससाना बच्चाहरु हातमा पिच्करी लिएर एकअर्काेलाई छाप्ने धुनमा रमाईरहँदा अधबैशेहरु घरको छटमा बसेर बाल्टीमा रहेको पानी जगले सडक बटुवालाई छ्याप्नमा मस्त रहेका थिए । व्यापारीहरु बजारको कोलाहलबाट केहीपर ड्राई पिकनिङ्ग गरिरहँदा बजारका नेवार सम्प्रदायका बुढापाकाहरु भने ढोल र मादल लिएर मल्लकालिन राजाको स्तृति गाउँदै बजार परिक्रमा गरिरहेका थिए । शनिवार पनि भएर होला बजार पूर्ण रुपमा बन्द रहेको मौका छोपी रफ राईडरहरु प्रेसर हर्न दिदै नगर परिक्रमा गरिरहेका थिए । एकाध महिला साडीमा र प्राय कुर्ता सलवारमा सजिएर हिड्दा बाल्टिन पानी पुरै उनीहरु माथी पर्दा त्यो ग्लामरसको दृश्य कुनै चलचित्रको भन्दा पनि कम थिएन् । सम्भावित घटनालाई मध्यनजर राख्दै प्रहरीहरु ठाउँ ठाउँमा रहेका थिए प्रहरीहरु पनि बागलुङ्गेहरुको होली हेर्दे खुशी भएका थिए । समग्रमा बागलुङ बजारमा होली यसरी मनाइयो ।
प्लस टु अध्ययनरत युवा जमात र अहिले एसएलसिको तयारीमा रहेका विद्यार्थीहरुलाई होली खुब लाग्यो । प्लस टु अध्ययनरत विद्यार्थी राजेश केसी जीपपार्कमा भेटिएपछि आफ्नो प्रतिकि्रया जनाए बर्षमा एकचोटी आउँछ विन्दास मनाउँनुपर्छ । एसएलसीको तयारी गरिरहेकी छात्रा सविना शर्मा आफ्नो १०\१२ साथीसँग अनुहारमा पेन्ट नै हानेको अवस्थामा भेटिईन् भन्दै थिईन कति पढीराख्नु आज फ्रेस पनि हुन निस्केको होली पनि मनाइयो । होलीको रङ्गले सबैको अनुहार रंगिएको थियो । बागलुङमा होलिडे काउन्टर सेवा दिइरहेका निजी बैंक ग्लोबल र माछापुच्छ्रे बैंकका प्रबन्धकहरु पनि होली खेल्दै सडकमै रमाईरहेका थिए । ग्लोबल बैंक बागलुङका प्रबन्धक नविन सिलवालले होली सौहार्दपूर्ण बातावरणमा बैंकर साथीहरुसँग मनाएको बताए । माछापुच्छ्रे बैंकका प्रबन्धक मनोज घिमिरेले आफ्नो होली बागलुङमा पहिलोचोटी भएपनि खुब रमाइलो भएको बताए ।
पौराणिक कालमा होलिका पापी भएपछि उसको नाश गर्ने र विष्णु भक्त प्रल्हादको अग्निदेहबाट रक्षा भएको खुशीयालीमा यो पर्व मनाइदै आएको बताइन्छ । विभिन्न रंगहरुसँगै मनाइने यो पर्व एकता र भाइचारा तथा बन्धुत्वको पनि उत्सवको रुपमा लिने गरिन्छ त्यसैले यो पर्वलाई असत्यमाथी सत्यको विजय पनि मानिन्छ । तर विस्तारै युवापुस्ताको रहर र फेसनको कारण होली ग्लामरस र यौनिकता तिर ढल्किन थालेको छ साथै भित्रिएको पनि छ विकृति विसंगती ।

No comments:

Post a Comment