Pages

Wednesday, March 30, 2011

यास ! लब ईज ब्लाइन्ड

प्रारुपः

प्रेम अन्धो नै हुन्छ अन्धो प्रेमले अथाह प्रेम पनि गर्छ र अन्धो प्रेमले अथाह पागलपन पनि देखाउँछ यदी मायाले रोगी बनाउँछ भने त्यो पागल हो र यदी मायाले सबल बनाउँछ भने त्यो सफलता र भाग्य हो । प्रेमले रोगी पनि बनाउँछ र जोगी पनि बनाउँछ यदी प्रेमलाई प्रेमको रुपमा लिइएन भने । प्रेमका विषयमा सबैभन्दा बढि परिभाषा रहेको र गरिएको पाइन्छ तर प्रेमकै परिभाषा के हो भनेर अझैसम्म स्ष्पष्ट कोही पनि भएको पाइदैन । प्रेमीकथाहरु सुनेर अहिलेको पुस्ता सुन्दर सपना देख्न मस्त रहन्छ तर प्रेमको पक्षहरुका बारेमा सोच्नसम्म पनि समय दिदैनन अहिलेका पुस्ताहरुले । वासनायुक्त प्रेम र आकर्षणयुक्त प्रेमले गाँजेको यो समाजमा स्वच्छ र सच्चा प्रेमलाई पनि फरक दृष्टिकोणबाट हेर्ने गरिन्छ । अनौठो हो प्रेम कोही यसैका लागि बाँच्छन त कोही यसैका लागि मर्न तयार हुन्छन् । फेरी कुन प्रेम सच्चा र सवच्छ हो भन्ने तर्क पनि उठन सक्छ त्यसैले प्रेमका सवालहरु निरन्तर उठ्दै जाने र जवाफ कहिल्यै नभेटिने हुन्छ किनकी यो यस्तै हो र यसरी नै परिभाषित गरिएको पाइन्छ । प्रेममा परेकाहरुका अनुभव सुन्न पाइयो भने प्रेमको एउटा छुट्टै आकाश र एउटा छुट्टै धर्ति हुन्छ जस्तो लाग्छ तर प्रेममा भोगाइका कुराहरु पनि हुन्छ जुन पीडादायी पनि छन् । सबै प्रेमका घटना सुखद हुन्छ भन्ने पनि हुदैन प्रेमका घटनाहरु जघन्य कारुणिक र अकल्पनि पनि हुन्छ । गत साता बागलुङ भकुण्डेको अग्लो भिरबाट एक युवक र एक युवतीलेसँगै आत्महत्या गरे । प्रेममा परेका ती जोडीले आत्महत्या गरेपछि मृत्यु र प्रेमको एक प्रारुप देखा पर्यो ।


कारणः प्रेम मात्र होइन

मृत्यु आफैमा तीतो सत्य हो तीतो यो अर्थमा किनकी प्रायले मृत्युवरण गर्न चाहदैनन् र पनि मृत्यु हुन्छ मृत्यु सहज र असहज कल्पनिय र अकल्पनिय हुन्छ । मृत्यु कालगति हत्या र आत्महत्याबाट हुने गरेको छ । कालगति जीवनको अन्त्यसँगै आएको क्षण पनि हो अनेकौं बसन्त पार गरेको जीवनमा गरेका उपलब्धी र नगरेका प्रयासहरुको स्मरण गर्दे मृत्यु अँगाल्ने अवस्था हो कालगती जुन उमेर पुगेपछि हुने गर्छ । हत्या आपराधिक सोच हो । आफ्नो निजी अभिष्ट पुरा गर्ने कसैलाई मृत्युको मुखमा धकेल्ने जघन्य कि्रयाकलाप हो जुन अकस्मात् हुने गर्छ । आत्महत्या भनेको आफैले आफैलाई हत्या गर्नु हो । मानसिक रुपमा कमजोर भएपछि मान्छेले आत्महत्या गर्छन् भनेर मनोबैज्ञानिकहरुले भन्ने गर्छन् तर यस्तो कठोर निर्णय जुन मृत्युसँग गाँसिएको हुन्छ सायद मानसिक रुपमा मात्र कमजोर भएर मात्र होइनकी । अहिले भकुण्डेको दब्ल्याङ्ग भिरबाट सँगै आत्महत्या गरेका भकुण्डेकी अमृता विक र पाङ्गका सर्वण श्रेष्ठको विषयमा अनेक थरी अड्कल बाजी गर्ने थालिएको छ । २३ बर्षिय श्रेष्ठ र २२ बर्षिय विक विच एक आपसमा प्रेम रहेको प्रहरी र दुवैका आफन्तका केही सदस्यले सार्वजनिक गरेका छन् । फरक फरक जातमा जन्मेर हुर्केका ती जोडीहरु आफ्नो प्रेमको सफलता जीवनमा नदेखेर जीवनपछिलाई साँचेर अस्ताएका छन् । आफ्नो देह एकैचोटी त्याग गर्ने उनीहरुको एउटै निर्णयले सारालाई सोच्न पनि वाध्य बनायो । उनीहरु प्रेमले गर्दा आत्महत्या गरेका होइनन् । प्रेमले त बाँच्ने रहर जन्माउँछ । केही नयाँ गर्ने र छुट्टै संसार बसाल्ने सपना देख्ने गर्दछ तर उनीहरुविचको जातिय विभेदले गर्दा उनीहरुले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । जातले समाजलाई र देशलाई विखण्डन र विभाजित पार्दछ भने समाजका दुई सदस्यलाई प्रभाव नपार्ने त कुरै भएन । रंगभेद र जातीभेद कानुनविपरीतका कि्रयाकलापहरु हुन् । छुवाछुत त एक दण्डनिय अपराध मानिन्छ अहिले नेपालमा तर पनि यो कुरा अझै व्यवहारिक जीवनमा लागू भैसकेको छैन या भनौं हजारौं बर्ष पहिलेदेखीको संकिर्ण सोचाई अझै गएको छैन । हिन्दु सामाजिक संरचनाले जातपातका कुरालाई आफ्नै रुपमा व्याख्या र परिभाषा गरिएको पाइन्छ । जाति व्यवस्था हिन्दु सामाजिक संरचनाको मुख्य आधार मानिन्छ त्यही आधारको मान्यता अनुरुप नै यो विभेदको शुरु भएको हो । जुन न्यायसंगत र वैज्ञानिक छैन । जसको पछिल्लो उदाहरण त युगलजोडीको आत्महत्यालाई लिन सकिन्छ । वंशगत गुण केलाई समाजशास्त्रीहरु पनि जातलाई आफ्नो परिभाषामा ढाल्न खोजिरहेको पाइन्छ । उनीहरु एक जातिको सदस्य अर्काे जातिभित्र प्रवेश गर्नु आदर्शको दृष्टिले सम्भव मानिदैन भन्छन् अनि यो असम्भवको उपज पछिल्लो घटना नै हो जुनको विकल्प थिएन किनकी एउटा जातिको सदस्यले अर्काे जातीको सदस्यलाई प्रेम गरेको अवस्था र प्रेमको अन्तिम गन्तव्य विवाहमा जाने नैतिक बन्धनलाई समाज र समाजका सदस्यले मृत्युपूर्व गरिरहेको व्यवहार र असमान दृष्टिकोणलाई सामाजिक आँखाले देखेका र भोगेका श्रेष्ठ र विकले समाजमा पछि आफूमाथी हुने अन्याय र अत्याचारको दुरदर्शिता देखेपछि मृत्यु अँगाल्न पुगेको देखिन्छ । प्रसिद्ध समाजशास्त्री majumdar & madan ले जातिको परिभाषा दिदै भनेका छन: A caste is a closed class

यो परिभाषाले नै अन्तरजातीविचको सम्बन्धमा दुरी बढाएको आभाष पाइन्छ किनकी यो परिभाषाले स्वजातिय र एक बन्द वर्गलाई व्याख्या गरेको छ । एक जातीको सदस्य अर्काे जातीमा प्रवेश गर्न सक्दैन र यो आदर्श नियम विपरित छ भन्ने कुराको वकालत गरेको पाइन्छ । त्यसैले यो परिभाषा अन्तरजातीय सम्बन्ध र निकटताको विरुद्धमा रहेको होकी प्रश्न खडा छ हिन्दु सामाजिक संरचनामा प्रेम र विवाहलाई मात्र होइन धेरै कुरालाई बर्जित गरिएको छ सामाजिक आर्थिक साँस्कृतिक धार्मिक र अन्य कुरामा पनि धेरै असमानता पाइन्छ । जन्मद्धारा सिद्धप्राप्त सदस्यता जातकै कारणले मान्छेले जीवनका विभिन्न मोडमा निर्णय गर्ने सक्दैन जुन सहज होस् त्यस्तो निर्णय जसले समग्र समाजलाई सकारात्मक दिशातिर लैजाओस् । विभेदको अन्त्य गर्ने हाम्रा पुराना परिभाषा र शास्त्रहरु पनि परिमार्जन गर्ने जरुरी छ । ऋग्वेदमा जात उत्पत्तिलाई अनौठो रुपमा प्रस्तुत गरिएको छ । बाह्मणलाई परमात्माको मुखबाट क्षत्रिहरुलाई बाहुबाट वैश्यहरुलाई कम्मरबाट र शुद्रहरुलाई पैतालाबाट उत्पत्ती भएको भनेर व्याख्या गरिएको पाइन्छ । हिन्दु वेदहरु ज्ञानका दृष्टिले उच्चतम भएपनि कतिपय कुराहरु तर्कसंगत नहुँदा त्यसलाई नै पछ्याएरको परिणाम हामीले धेरै भोगेका छौं । एउटा वैश्य र शुद्रलाई वेदमा गरिएको परिभाषाका कारण अहिले अनाहकमा प्रेमजोडीले आत्महत्या गर्नुपर्यो ।

निष्कर्षः

श्रेष्ठ र विकको आत्महत्या किशोरअवस्थाको प्रेमचक्कर मात्र नभइ हिन्दु सामाजिक संरचनाको जड हो । जाती व्यवस्थाको एक रुप अन्तर्गत एक जातीले आफ्नो जाती र उपजातीमा विवाह गर्दछ र बाहिर गर्यो भने त्यो जातीबाट बहिष्कार गर्दछ त्यसको शिकार हुने डरले ती जोडीले आत्महत्या गरेका हुन् की एउटा अनुमान गर्ने सकिन्छ । ३ बर्षको प्रेमपछि अँगालेको मृत्युले समाज र सामाजिक ठेकेदारहरुले नयाँ पाठ सिक्न जरुरी छ । यही समाज हो जहाँ प्रेमका नाममा प्रेमीले प््रेमिकाको र प्रेमिकाले प्रेमीको जगन्घ हत्या गरेको र यही समाज हो जहाँ जातीय विभेदको कारण संसार छोड्नु परेको यस बाहेक पनि घटना घटेका छन् वर्गका हिसाबले पनि उच्च मध्यम र निम्न वर्गमा पनि विभेद छ । त्यसैले श्रेष्ठ र विकको प्रेम अन्धो भएर आत्महत्या मात्र गरेनन् जातिय विभेदको चरम पराकाष्ठालाई अबका दिनमा चुनौती दिदै चम्किला भए तिमीहरुको प्रेमको पक्षमा सँधैसँगै रहँदै तिमीहरुलाई हाद्र्धिक श्रद्धााजली ।

No comments:

Post a Comment