Pages

Tuesday, April 12, 2011

चैत्राष्टमी, राजनिती र कल्पना बहिनी

हरेक बर्षको क्यालेन्डरमा चैत र बैशाख हुन्छ यस बाहेक पनि दशवटा महिना नहुने कुरा होइन तर बर्षको अन्त्य चैत र बर्षको शुभारम्भ बैशाख महिनाले एउटा रौनक थप्छ जिन्दगीमा बर्षको अन्त्य चैतमा बर्षभरिको समिक्षा गर्दे कमीकमजोरी औलाउने र बर्षको शुभारम्भ बैशाखमा एक बर्षभरीका लागि नयाँ योजना बनाउने कामले जिन्दगी जिउने कला सिकाउँछ । बर्षहरु आउने जाने क्रम चलिरहन्छ यही रीतमा जिन्दगी पनि चल्दछ । बर्ष वित्दा उमेर पनि वित्दै जान्छ जवानी ढल्कदै जान्छ । एउटा जीवनमा अनेक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ र जीवनको पहिलो शर्त जीउनु हो । अचेल हामीमा संवेदना हराइसकेको छ की जीवन जीउने नाममा हामीले पहिला आफ्नो स्वार्थ सोच्ने गर्छौं । जिन्दगीमा चैत र बैशाख जस्तै अन्य महिना पनि महत्वपूर्ण छन् त्यो समयमा पनि हामीले धेरै गर्नुपर्छ । किनकी आत्मसन्तुष्टीको अन्तिम गन्तव्य कहाँ हुन्छ स्वयं हामीलाई पनि थाहा हुँदैन । यी प्रसङ्ग पाठकलाई रुचिकर नलाग्न पनि सक्छ किनकी यी मेरा वैयक्तिक विचार हुन उसो त रचना लेखकका निजी विचार नै हुन्छन् ।

चैत महिना बागलुङबासीको लागि महत्वपूर्ण पनि छ किनकी यो महिनामा चैत्राष्टमी मेला पर्दछ । परम्परागत रुपमा चल्ने यो मेलामा मुलुक भित्रका विभिन्न ठाउँबाट धेरै दर्शक बागलुङ आउने गर्दछन् जसको कारणले यहाँका व्यापारीका व्यापार हुनुका साथै यस क्षेत्रको सांस्कृतिक पक्षको विषयमा पनि नयाँ आयाम थपिदै जान्छ । पछिल्लो पटक मेला तथा महोत्सवलाई पर्यटन प्रबद्र्धनका लागि प्रचास प्रसारको उचित थलोको रुपमा विकसित गर्दे लगिएको छ । बागलुङमा तत्कालिन चौविसे राजा किर्तीबम मल्लले विक्रम संवत १८४३ देखी नै चैतदशै मेला शुरु गरेको पाइन्छ । त्यसबेलादेखी अहिलेसम्म चैत्राष्टमी मेलाको रुपस्वरुपभाका सबै फेरिएको छ । अलि अघिसम्म चैत्राष्टमी मेलामा गाँउ गाँउबाट स्वतस्फुर्त रुपमा मान्छेहरु गाउँदै बजाउँदै सदरमुकाम झर्ने गर्थे तर अहिले यस्तो दृश्य अहिले देख्न पाइदैन् । बागलुङका चोक र गल्लीमा मुरली बाँसुरी मादलको धुनमा लोकगीत दोहोरीगीत घन्कने गर्दथे तर यो क्रम विस्तारै घट्दै गैरहेको छ । मान्छेहरु व्यक्तिगत जीवन व्यवहारिकतामा पर्दे गएपछि सार्वजनिक जीवन जिउने क्रममा ह्ास ल्याएका छन् । त्यसैले हुन सक्छ चैतदशै मेलामा रौनकताको कमी बागलुङ उद्योग बाणिज्य संघले चैत्राष्टमी पर्वको अवसरमा मेलाको रुप दिएको छ । चैत २७ देखी २९ गतेसम्म आयोजना गरिएको मेलामा बागलुङ कालिका दर्शन गर्ने आउने भक्तजनहरु नै मेलाका दर्शकहरु हुन् । बर्षाे अघिदेखी लाग्दै आइरहेको मेलालाई व्यवस्थापन गर्ने काम मात्र उद्योग बाणिज्य संघले गरेको हो तर केही बजारवासी र केही सचेत हुँ भन्नेहरुले मेला उद्योग बाणिज्य संघको मात्र हो भन्ने बुझाईले मेलालाई असर गर्यो गरेन थाहा भएन तर उनीहरुले मेलाको भरपुर मनोराजन लिन भने पाएनन् । पछिल्लो पटक बागलुङमा केही राम्रा काम गर्ने खोज्नेहरुलाई प्रहार गर्ने प्रवृत्ति बढिरहेको छ । यस्तै एउटा शिकार भएको छ उद्योग बाणिज्य संघ । उद्योग बाणिज्य संघलाई अहिले यो वा त्यो वहानामा बदनाम गराउने र लााछना लगाउने काम बढ्दै गएको छ । उद्योग बाणिज्य संघ सम्पूर्ण व्यापारीहरुको छाता संगठन हो तर अहिले संघभित्र राजनिती पसेको छ र आस्थाका कारण व्यवशायिक मर्यादा विपरित केही व्यापारीहरु यसको विरुद्धमा लाग्दा स्वंम व्यापारीलाई पनि हित गर्देन । विशेष गरी उद्योग बाणिज्य संघमा बसन्तकुमार श्रेष्ठ निर्वाचित भएपछि संघलाई विवादमा ल्याउने काम भएको छ । श्रेष्ठ छोटो समयमा प्रगती गर्ने सदरमुकामका एक सफल व्यवशायी हुन् तर हामी राम्रो गर्नेलाई राम्रो गरेको छ भन्ने आँट समेत राख्न सक्दैनौं । श्रेष्ठको विद्यार्थी राजनितीदेखी लिएर सामाजिक कार्यमध्ये जेसिज हुदै व्यवशायको माध्यमबाट उद्योग बाणिज्य संघको अध्यक्ष हुनु आफैमा युवाले गरेको नेतृत्व र युवाको प्रतिनिधीको हिसाबले सबै युवामा गर्व हुनुपर्ने हो तर त्यस्तो देखिदैन । उद्योग बाणिज्य संघले चैत्राष्टमी मेला आयोजना गरेको कारणले मेलालाई प्रभावित बनाउन खोजियो यो अस्वाभिक लाग्दछ किनकी मेला उद्योग बाणिज्य संघको निजी पेवा त होइन नी यहाँ उद्योग बाणिज्य संघले आयोजना नगरेपनि मेला लाग्छ र पहिला पनि लागेकै हो यदि कसैले मेला आयोजना गर्छ भन्छ भने त उद्योग बाणिज्य संघले सहयोग गर्छ र गर्नुपनि पर्छ । चैत्राष्टमी मेला पश्चिमााचल क्षेत्रकै ठुलो मेला हो यो बागलुङवासीको गौरव पनि हो यहाँ आउने दर्शक तथा भक्तजनले यस क्षेत्रकै व्यवशाय बढ्दछ । त्यसैले साझा पर्व र मेलालाई साझा बनाऔं यसले सबैलाई फाइदा गर्दछ ।
अनि अर्काे प्रसङ्ग चैत्राष्टमी मेलाको अवसरमा बागलुङ युथ ग्रुपले आयोजना गरेको र् याफ्टिङ्ग सोमबार दुर्घटना हुँदा बागलुङ रामरेखाकी १५ बर्षिय युवती कल्पना छन्त्याल वेपत्ता भएकी छिन् जुन सारै दुखद खबर हो । चैत्राष्टमी मेला मनाईरहँदा यो घटनाले धेरैलाई भावविह्वल बनायो । नौकाविहार गरी जलयात्राको मज्जा लिन पुगेका कल्पनासहित अन्य साथीहरु पनि दुर्घटनामा परेका थिए तर अन्यको सकुशल उद्धार भयो कल्पना भने वेपत्ता भइन । यो घटनामा कसको बढि लापरवाही छ अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्दछ र पीडित परिवारलाई क्षतिपूर्ति र राहत दिनुपर्दछ यो सबैको माग हो तर कुनै परिवार पीडामा हुन्छ त्यो पीडामाथी राजनिती गर्नु राजनितीको पनि उपहास हो । सोमबार घटना घटिसकेपछि केहीले राजनितीक स्वार्थका कारण पीडादायी घटनालाई राजनितीमा मुछ्न खोज्ने प्रयास गर्देछन् यसले झन पीडित परिवारलाई पीडा थप्ने काम हुन्छ । बागलुङमा पहिलादेखी एउटा खराब संस्कार बसेको छ की कसैको दुर्घटनामा मृत्यु हुँदा वा हत्या हुँदा त्यसलाई राजनिती रंग दिने यसले त मृत्युमाथी राजनिती गर्ने संस्कार बसाल्दैछ हामीमा मानविय संवेदना भएका कारण गर्नुपर्ने काम भनेको जो जेसुकै आस्थामा होस् पीडितलाई न्याय दिलाउनु पहिलो कर्तव्य हो । एउटा राजनितीले घटनालाई छोयो भने पक्ष र विपक्षमा बाँडिदा दोषीहरुले संरक्षण पनि पाउन सक्छन यसमा सचेत हुन जरुरी छ ।
बागलुङमा २०६७ सालमा धेरै नै नराम्रा घटनाहरु घटेका छन् साचार सुविधाका कारण धेरै साचार उपभोक्ताले घटनाका विषयमा थाहा पनि पाएका छन् । विशेषगरी नदीखोलाहरुमा बालबालिका डुब्ने र वेपत्ता हुने क्रमले धेरैलाई झस्कायो । त्यसबाहेक पनि राजनितीक मुद्धा अनि पत्रकारिता क्षेत्रमा जति घटना घट्यो सबमा राजनितीक रंगले छोयो जसले कसैलाई पनि फाइदा गरेन् अब आजको दुई दिन पछि नयाँ बर्ष २०६८ शुरु हुँदै छ । वितेको बर्षमा जेजस्तो भयो जति कमीकमजोरी भयो त्यसलाई सुधार्दे नयाँबर्षदेखी नयाँ आयामको थालनी गर्नसक्नुपर्दछ । समिक्षा भनेको आलोचना मात्र होइन प्रशंशा पनि हो यो पनि सिक्न जरुरी छ । नयाँ बर्षले हामीसबैमा नयाँ जोश जाँगर भरोस् । सकारात्मक चेतना जगाओस् । शुभकामना ।

No comments:

Post a Comment