Pages

Monday, April 18, 2011

चौतर्फी निराशा

आजको दिनले नयाँ संविधान जारी हुन मात्र ३९ दिन बाँकी छ त्यो पनि थपिएको समयमा तर यो मुलुकले नयाँ संविधान पाउने आशा विस्तारै हराएर गएको छ । मुलुकमा व्याप्त बेथिती बढ्दै गैरहेको अवस्था छ । मुलुकका बागडोर सम्हाल्छु भन्नेहरुमा अनुशासनको कमी हुँदै गैरहेको छ यो मानेमा कि उनीहरु जहिलेपनि जहाँपनि जेसुकै बोल्न थालिसके जनताहरु उनीहरुको झुट र स्वार्थको पहिलो साझी भएर निरिह रुपमा बस्नु परेको छ किनकी जनता कुनै न कुनै कारणले राजनितीको फन्दामा परिरहेका छन् । मुलुकको आर्थिकसामाजिकराजनितीक अवस्थादेखी लिएर सुरक्षाको स्थिती अहिले दिनप्रतिदिन खस्कदै गैरहेको छ । सस्तो भन्ने शब्द अब शब्दकोशबाट हटाईदिए हुन्छ किनकी महँगीसँग प्रतिदिन नजिकदै छन् नेपालीहरु । शान्ति र सुरक्षा कमजोर बन्दै गैरहेको वेला सरकार साचालनको एउटा निकाय गृहमन्त्रालय कसलाई दिने र नदिने त्यसमाथी पनि कुन व्यक्तिलाई पठाउने वा नपठाउने भन्ने चरम विवादले नागरिकको जिउधनको सुरक्षामाथी खेलवाड गरिरहेको छ सरकारले ।

राज्य साचालनको पहिलो नीति राजनिती नै हो तर यसप्रति जनताले वितृष्णा जगाउन थालिसकेका छन् फरक यतिमात्र हो की अरु दल भन्दा केही राम्रो आफ्नो दल छ भन्ने स्कुलिङ पाएकाहरु यही भटटयाउन व्यस्त रहेपनि उनीहरुलाई पनि केही दिएको अवस्था छैन राजनितीले । हरेक तह र तप्काकालाई अनि हरेक क्षेत्र र भूगोललाई राजनितीको प्रभावले छोएको छ । राजनितीकै सेरोफेरोमा अल्झेको छ मुलुक किनकी निकास भने पाउन सकेको छैन । प्रत्येक दलका नेताले राख्ने अभिव्यक्तिमा पहिलो आफ्नो स्वार्थ जोडिएको कुरा राख्ने गरेका छन् । त्यसैले त रोल्पाको एक गाउँ तिमीले का जनताले आफु आबद्ध पार्टी सदस्यता त्यागेर गाउँलाई नै राजनिती विहिन बनाएका छन् । यो राजनितीप्रति जनताको चरम वितृष्णा हो । मुलुक भाँडभैलो रुपमा चलेको छ । मन्त्रीहरु खुकुरी खान्छन भारतिय नागरिकहरु नेपाली मन्त्री बन्छन् । आफ्नै दलभित्र कसले कसलाई माइनस गर्ने होडवाजी चलिरहेको छ । उद्योग कलकारखाना रुग्ण बन्दै गैरहेको अवस्था छ लाग्छ यो जस्तो चौतर्फी निराशा के हुन सक्छ । हुन त यी सब निराशावादी कुरा हुन् भन्ने तर्क पनि होला हो संभावना पनि व्यापक छ त्यो संभावना पुरा गर्ने कसले हामी अर्काेले बनाईदिएको र प्रकृतिबाट सिर्जित कुराहरुलाई हाम्रो र आफ्नो भन्दै छाती फुलाउनमा नै रमाइरहेका छौं । राष्ट्रपति प्रधानमन्त्रीदेखी लिएर मन्त्री र कर्मचारीहरु बाहिर मुलुकप्रति चिन्तित देखिएपनि भित्री रुपमा आफ्नै स्वार्थमा कुदिरहेका छन् । यो एउटा संस्कार बन्दै छ अहिले देशमा ।
संस्कार भन्ने कुरा ठुलाले जे सिकायो सानाले त्यही सिक्ने हुन्छकी त्यसैले होला जस्तो रुपमा देश र नेता चलिरहेका छन् । त्यस्तै रुपमा बागलुङका सरकारी कर्मचारीहरु पनि चलिरहेका छन् । यसो भनिरहँदा खेरी फेरी सबै सरकारी कर्मचारीहरुलाई दोष जाला तर अधिकांश सरकारी कर्मचारी र प्रमुखहरु जनताप्रति उत्तरदायी नभएको चाही पक्कै हो । बागलुङमा रहेका सरकारी कार्यालयमा विभिन्न बहानामा हामी पुग्दा प्राय प्रमुख तथा कर्मचारीहरु कार्यालय समयभन्दा ढिलो आउने आएपनि कार्यशैलीमा पुरातन प्रवृत्ति राख्ने गरेको पाइयो । जिल्ला विकास समिती बागलुङ नगरपालिका अाचल अस्पताल जिल्ला शिक्षा कार्यालय लोकसेवा आयोगमालपोत कार्यालयमा केही राम्रा प्रयासका थालनी भएका छन् । बन कार्यालय विद्युत कार्यालय जनस्वास्थ्य कार्यालयघरेलु हुलाकटेलिकमले जनतालाई सेवासुविधा पुर् याउन अझै प्रभावकारी काम गर्न जरुरी देखिन्छ । प्राय कार्यालयमा फुस्रदको समय भन्दै गफ गर्ने र वाहिरिने प्रवृत्ति रहेको पाइएको छ । यी सब कुरालाई व्यवस्थापन गर्ने निर्देशन दिने र कारवाही गर्ने निकाय जिल्ला प्रशासन कार्यालय हो तर जिल्ला प्रशासन कार्यालय आफैलाई कसले व्यवस्थापन गरिदिनेकसले निर्देशन दिने र कसले कारवाही गर्ने यही रुपमा चलेको छ । कार्यालय प्रमुखहरुको बैठकमा हाफ सिसाको गिलासमा नभरिएको दुध चिया केहीले रातो र केही विस्कुटको टुक्रामा औपचारिकता पुरा गर्ने सिडियोसापले प्रभावकारी रुपमा निर्देशन दिन नसक्दा जनतको सेवामा रहेका कार्यालय र कर्मचारीहरुमा कार्यशैलीप्रति विस्तारै ह्ास आएको छ । हुनत प्रमुख जिल्ला अधिकारीको गत चैत महिनाको रेकर्ड हेर्ने हो भने उनलाई सयमा ३० अंक दिएर जस्ट पास दिए पुग्ने खालको छ किनकी चैत महिनाभरी उनको कार्यालयभन्दा पनि ध्यान सार्वजनिक कार्यक्रममा गएको देखिन्छ । उनी जहाँ गएपनि र कार्यालयमा अनुपस्थित भएपनि हाजिरी रजिष्ट्ररीमा भने उपस्थिती हुने गरेका छन् । उनी आफै चैत महिनामा ७० प्रतिशत समय कार्यालय बाहिर रहेका छन् । चैत १ गते मंगलवार स्थानिय एक साप्ताहिक पत्रिकाको बार्षिकोत्सवमा पुरै समय खर्चेका उनी २ गते काग्रेसले आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा पनि पुरै समय खर्च गरे त्यस्तै ३ गते िसंगाना गाँउमा पुगे एक धान्यााचल कार्यक्रममा भाग लिन त्यो दिन पनि सिडियोसापबाट जनताको काम हुन पाएन त्यस्तै ४ गते निर्वाचन आयोगको कार्यक्रममा पुरा दिन भुलेका उनी ५ गते शनिवार रेस्ट गर्दे फेरी ६ गतेदेखी सार्वजनिक कार्यक्रम र गोष्ठीमा समय दिए शान्ति समितीको कार्यक्रमदेखी लिएर लोकदोहरीका कार्यक्रम सार्वजनिक सुनुवाई जनगणनाको कार्यक्रम एफ एमको बार्षिकोत्सव अन्तरपार्टी दलित साजाललगायत अन्य गैरसरकारी संस्थाका कार्यक्रमहरुमा रुचिपूर्वक भाग लिए त्यस्तै आफ्नो व्यक्तिगत काममा पनि भुले । चैतको तेस्रो साता विदामा बसेर चैत सकिनै लाग्दा बागलुङ आएका उनले चैत्राष्टमी मेलालाई उद्घाटन गर्नेसम्म भ्याए । यो हिसावले उनले जति कार्यालयमा समय दिनुपर्ने थियो त्यो दिएनन् । चैत महिनाको मात्र यो सानो आँकडा हो गएको बर्षभरीमा उनको दैनिकी यस्तै थियो । फेरी सिडियो व्यक्तिगत जीवन हुँदैन भन्ने प्रश्न आउला सिडियोको सामाजिक कार्य हुदैन र भन्ने प्रश्न उब्जेला त्यो हुन्छ तर पनि पहिलो कर्तव्य र काम भनेको जनतालाई सेवा दिनु हो । आफै रनभुल्लमा परेका सिडियो सापले अन्य कार्यालयमा अनुगमन गर्ने र निर्देशन गर्ने समय भने कहाँबाट पाउनु । दुरदराजबाट आएका जनतालाई सेवा दिन नखोजेर गोष्ठि र सार्वजनिक कार्यक्रममा सरिक हुनु शोभनिय कार्य होइन कहिले काही सिडियोसाप र सहायक सिडियो साप दुवै कार्यक्रममा सरिक हुँदा उनीहरुको प्रतिक्षामा सेवाग्राही कुरिरहेका हुन्छन् । हो कार्यक्रमको प्रकृति र अवस्था हेरेर जानैपर्ने पनि हुन्छ तर त्यसलाई पनि त व्यवस्थापन गर्नुपर्ने हो कतिपय अवस्थामा आयोजकको आग्रहलाई नकार्न पनि सक्नुपर्छ कार्यक्रमको प्रकृती हेरेर कुन कार्यक्रममा जाने र नजाने त्यो ज्ञान सिडियोसापले राख्नुपर्दछ । हुनत त राष्ट्रपतिप्रधानमन्त्रीदेखी लिएर देशका उच्चपदस्थ नेताहरु यसरी नै कार्यक्रममा गएर सयम खर्चेका छन् भने म त सिडियो मात्र हुँ भन्ने तर्क आउन सक्छ हो उनीहरु नेता हुन तपाई त सिडियो साप हो नी काम गर्नुपर्छ जनताको उनीहरुले यसरी सयम खर्च गरेर शान्ति र संविधानलाई समय दिन सकेका छैनन र अन्तत असफल हुन लागेका छन् भने तपाई जोगिनुपर्छ यो आरोपबाट अन्त्यमा तपाईकै मातहतको एक सरकारी कार्यालयमा नेपालमा सरकारी कार्यालयको समय कसरी वित्छ प्रतिशतमा छुट्टाएर भित्तामा टाँसिएको छ त्यो उल्लेख गर्न चाँहे ।
यसरी वित्छ नेपालको सरकारी कार्यालयको समय ः २१ प्रतिशत समय गफ गरेर१७ प्रतिशत समय बैठक गरेर १९ प्रतिशत समय व्यक्तिगत काम गरेर१६ प्रतिशत समय सरकारी काम गरेर र २७ प्रतिशत समय सिफारिश र फोन गरेर यो तथ्यांकले तपाईलाई नयाँ काम गर्ने जोश र जाँगर छरोस् नवबर्षको शुभकामना ।

No comments:

Post a Comment