Pages

Friday, April 8, 2011

एउटा सरकारी कर्मचारीले हल्लाएको देश

मैले कसैको दबाबमा राजिनामा दिएको हैन ः राजिनामा दिएका अर्थसचिव रामेश्वर खनाल
मैले कसैलाई दबाब दिएर राजिनामा गर्न लगाएको छैनः अर्थमन्त्री भरतमोहन अधिकारी
अहिले देशका शहर शहरमा हट टकको यो अंश चर्चामा छ । साता दिनअघि अर्थसचिव रामेश्वर खनालले पदमा रहेर काम गर्नेसक्ने अवस्था नरहेको भन्दै सन्की पारामा राजिनामा दिएर जिएसएम सेललाई आउटअफ कन्ट्याक्ट बनाउदै पाल्पा पुगे पाल्पामा आंशिक फ्रेस भएका खनाल पर्वतको अगुलो झोलुङ्गे पुलमा कालिगण्डकीको सिरेटो खाएपछि पूर्ण फ्रेस हुदै राजधानी पुगेका छन् । उनको ६ दिन नेपाली साचारमाध्यमका लागि विग इस्यु बन्यो । हरेक दिन उनको विषयलाई लिएर नेपाली अखवार टेलिभिजन च्यानल एफ एम रेडियो अनलाईन यत्तिसम्मकी फेसबुकको भित्ताहरुमा समाचार र प्रतिकि्रया प्रशारण भए अनि छापिए । एउटा सरकारी कर्मचारीले आफ्नो पदबाट दिएको राजिनामाको तरंग नेपालमा जापानको सुनामीभन्दा बढि फैलियो । देश हल्लाउने राजिनामा प्रकरणले कर्मचारी सरकारभन्दा शक्तिशाली भएको पुष्टि मात्र गर्देन जनताले विस्तारै सरकारमाथी गरेको अविश्वासको छनक पनि दिएको छ कारण यो विषयमा सरकारका अर्थमन्त्री भरतमोहन अधिकारी जोडिएका छन् ।

राजनितीक अस्थिरता र संक्रमणकालमा गुजि्ररहेको मुलुकमा आन्तरिक खिचातानीका कारण सरकारले पूर्णता पाइरहेको अवस्था छैन । सरकार कहिले ढल्छ र कहिले बन्छ भन्ने अत्तोपत्तो नभएको देशमा निजामती सेवामा रहेका एक इमान्दार कर्मचारीले मुलुकलाई आर्थिक घोटाला हुनबाट रोक्नुपर्ने र पुरक बजेटको औचित्य नभएको भन्दै बहस चलाएपछि उनलाई असहयोग गरेका कारण आफ्नो क्याविनबाट राजिनामा लेख्दै मन्त्रालय बाहिरिहनुपर्ने अवस्था देखा पर्यो । एमालेको सरकार ढालेर एमालेकै सरकार बनेको यो अवस्थामा एक कर्तव्यनिष्ठ र इमान्दार सरकारी कर्मचारीलाई पेशाप्रति इमान्दार बन्न दिइएन इमान्दार बनिरहँदाको उपज उनले भोगे र दिनुपर्यो एउटा राजिनामा पत्र । जुन प्रकरणले अहिले मुलक तातिरहेको छ । रामेश्वर खनाल एउटा पात्र उनको प्रवृत्तिको चर्चा सर्वत्र चलेको छ । अर्थमन्त्री भरतमोहन अधिकारी बनेपछि खनालसँग शुरुकै दिनदेखी समन्वय नभएको अवस्था थियो । मन्त्रालयमा सचिवको र मातहतको नेतृत्व सम्बन्धित मन्त्रीले लिएको हुन्छ । नेतृत्व नै धरापमा पर्ने गरी आएको राजिनामाले आर्थिक क्षेत्रमा खास अर्थ नै राख्यो । नेपालका ठूला व्यापारिक घरानाले देशलाई डुबाउने मेसो नक्कली भ्याट विल बनाई राजश्व छली गरिरहेको समयमा अर्थमन्त्री अधिकारी प्रभोलनमा परी कारवाही प्रकि्रया रोक्न खोज्नु नै दुईजनाविचको दुरी बढ्नु हो । पुरक बजेटको औचित्य नभएको भन्दै अर्थसचिवले दिएको सुझावलाई असहयोग ठान्ने कामले राजिनामा दिएको खनालले पंक्तिकारसँग शनिवार स्थानिय रेडियोका लागि टेलिफोन अन्तर्वार्तामा भनेका थिए । आफुले कसैको दबावमा राजिनामा नगरेको बताईरहँदा अर्थमन्त्री भरतमोहन अधिकारीले पत्रकार सम्मेलन गर्दे र टेलिभिजनको पर्दामा पुग्दै स्पष्टीकरण दिदै हिड्नु परेको थियो । पाका र अनुभवी नेता र अर्थक्षेत्रमा राम्रा दख्खल राख्ने भरतमोहन अधिकारी एउटा कर्मचारीको राजिनामा प्रकरणमा विवादमा तानिए । यसले उनको राजनिती करिअरमा केही असर भने गरेको छ । खनालको राजिनामापछि धेरै टिकाटिप्पणी र विश्लेषण हुन थालेको छ । राजनिती वृत्तमा संसदसमेत अबरुद्ध बन्न पुग्यो । नेपाली काग्रेसले निष्ठावान कर्मचारीलाई राजिनामा दिन वाध्य बनाएको भन्दै संसद अबरुद्ध पारेको छ र आग्रह गरेको छ संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । राजिनामापछि अर्थ मन्त्रालय मातहतका कर्मचारीहरुले कलम ठप्प पार्दे काम समेत गरेनन् । खनाललाई हटाउन ठुला व्यापारिक घराना नै लागि परेको नक्कली भ्याट विल प्रकरणले पुष्टि गरेको छ किनभने नक्कली भ्याट विलबाट करोडौं राजश्व छली गर्ने तिनी व्यापारिक घरानाहरु परेका छन् । खनालले तिनीहरुलाई कानुनको दायरामा ल्याएर कारवाही गर्नुपर्छ भन्ने अडान राखेपछि अर्थमन्त्री अधिकारी व्यापारिक घरानाको दबाबमा परेका थिए । मन्त्रालयमा काम गर्दा विभिन्न मान्छे विभिन्न स्वार्थ बोकेर आउने र त्यसले तनावमा रहेको खनालले सार्वजनिक गरेका छन् । विभिन्न विषयमा असहमत भएका अर्थसचिव विशेषगी त सिष्टमलाई मिचेर पुरक बजेट ल्याउन लागेकोप्रति बढि आक्रमक भएका थिए र त्यसैको झोकमा राजिनामा दिएर हिडे । अहिले अर्थमन्त्री र अन्यले काममा फर्कन आग्रह गरेका छन् तर उनी अब काममा नफर्कने बताएका छन् ।
राम्रो काम गर्नेलाई दबाव आउने र उनीहरुलाई निरुत्साहित पार्ने काम सरकारबाट पहिलादेखी नै हुने गरेको विषय हो केही समय पहिला काठमाण्डौंका प्रहरी प्रमुख एसपी रमेश खरेललाई पनि इमान्दारिताको राम्रै पुरस्कार मिलेकेा थियो । नतिजा उनी विदामा बसे । एसी खरेलले पनि राम्रो र इमान्दारितापूर्वक काम गर्दा उनी सरकारको तारो बने यस्तै घटना बनेको छ सचिव खनालको पनि आर्थिक क्षेत्रका हस्तिका रुपमा लिइने खनाललाई पनि सरकारले तारो मान्दै वाइपास गर्यो जुन कार्यले एउटा अनुभवी निष्ठावान र क्षमतावान् जनशक्ति सरकारी कामकाजबाट घट्दै छ । राम्रो काम गर्नेलाई जनताले मनपराउँछन् चाहे त्यो एसपी रमेश खरेलको विषयमा होस् या सचिव रामेश्वर खनाल यी दुई पात्रका विच तुलनात्मक सम्बन्ध नभएपनि यी दुई नेपाली साचार माध्यम र जनताले दिएको साथले जनता देशप्रति चिन्तित भएको भाव दर्शाउँछ तर सरकारले यस्ता दक्षशक्तिलाई बुझ्न खोजिरहेको छैन । पछिल्लो पटक साचार माध्यममा अर्थसचिव खनालका विषयलाई लिएर समाचार प्रकाशित र प्रशारण हुँदा प्रधानमन्त्री झलनाथ खनाल जिल परेका छन् र भने एउटा सरकारी कर्मचारीले दिएको राजिनामाको समाचारले सरकारका महत्वपूर्ण कामको समाचार ओझेलमा पर्यो । एउटा प्रश्न नी झलनाथ प्रधानमन्त्री भएपछि जनताले थाह नै पाउनुपर्ने त्यस्तो महत्वपूर्ण उपलब्धी के नै भएको छ र
अर्थसचिव रामेश्वर खनालले जुन हिसाबले राजिनामा दिए र त्यसपछि मिडिया सेलिवे्रटी बने धेरैले उनको पारालाई सन्की स्वभावको रुपमा लिएका छन् । जहाँ नराम्रो काम हुन्छ त्यहाँ नै बसेर विद्रोह गरी राम्रो काम गर्नुपथ्र्याे किनकी उनलाई जनता र मिडियाको राम्रो सहयोग त पहिला पनि मिलिरहेको थियो । मुडि स्वभाव देखाएर अब उही काममा फर्केन्न भन्ने उनको भनाईमा नैतिकता भन्दा पनि उनलाई देखाएको मायाको दम्भ पनि बढेको देखिन्छ । किनकी स्वयं प्रधानमन्त्री निवर्तमान प्रधानमन्त्री अन्य दलका प्रमुख तथा मिडिया र जनताको आशय पनि उनी त्यही पदमा गै काम गरुन भन्ने राखेका छन् तर उनले कुनै पनि हालतमा नफर्केने भन्दै जिद्दी देखाएका छन् । यसमा उनको आफ्नै लजिक होला । कमजोर अर्थतन्त्र भैरहेको समयमा करौडौंको राजश्व छली हुनु र औचित्यहिन पुरक बजेटले मुलुकलाई झन समस्यामा पार्ने अवस्थामा उनको उपस्थिती हुनु जरुरी देखिन्छ । एक बर्षमा ३ चोटी भन्दा बढि बजेट आउन थालिसकेको छ । अर्थतन्त्र धराशयी हुँदै गैरहेको छ राज्यको ढुकुटी दुरुपयोग भैरहेको छ यस्तो अवस्थामा एउटा कर्मचारीले पुरा गर्नुपर्ने कर्तव्य रामेश्वरमा हुनुपर्छ ।

No comments:

Post a Comment