Pages

Tuesday, April 26, 2011

नेपाली पत्रकारितामा अनुजा प्रकरणः एउटा गुड जोक


संक्रमणकालमा सरकारभन्दा पत्रकारिता क्षेत्र शक्तिशाली हुन्छ । सरकारको कमजोर प्रस्तुती र वेथितीमा पत्रकारिताको दरो उपस्थिती हुनु र आमजनताले पत्रकारिता क्षेत्रलाई विश्वास गर्दे जानु पत्रकारिताका लागि पनि लाभदायक कुरा हो किनकी कम्तीमा जनता पत्रकारिता क्षेत्रबाट केही आशा त राखेका हुन्छन् । नेपालमा जति आन्दोलन भए तिनीहरुलाई बुलन्द गर्ने काम पत्रकारिता क्षेत्रबाट नै भएको हो । जनतालाई जागरुक बनाउनेदेखी लिएर आन्दोलनमा होमिने बातावरणको काम पनि पत्रकारिताले गर्दे आएको छ । नेपालमा पछिल्लो पटक शसक्त रुपमा साचारमाध्यम आउँदा अन्य भूमिका पनि गौण हुँदै गएको छ । कारण साचारमाध्यममा आउने विषयवस्तु पत्रकारको लागि इस्यु र आमपाठकका लागि खुराक बन्ने र सर्वत्र चासो हुने गर्दछ । साचारमाध्यममा प्रशारण तथा प्रकाशित भएका समाचारकै आधारमा धेरै कुरा तय हुने गर्दछ नेपालमा नेपाली राजनिती नेपाली पत्रकारिताको सेरोफेरोमा नै घुम्दछ । मानौं आजका अखवारमा के छापिएको छ र भोलीको योजना के गर्नुपर्दछ नेपाली नेताहरुले गर्ने दैनिकी हुन जान्छ । मुलुकको ठुला ठुला मुद्दा र राष्ट्रिय बहसमा सम्पादक र पत्रकारको विचार नबुझी अब नेताहरु अगाडी बढ्न नसक्ने भैसकेका छन् । मानौं अपाङ्गता भएकालाई जति बैशाखीको आवश्यकता पर्दछ त्यो भन्दा बढि नेताहरुल्ााई सम्पादक र पत्रकारको विचारको आवश्यकता पर्दछ । जसले गर्दा नेपाली मिडिया र यसमा आबद्ध साचारकर्मीहरुको आवश्यकताभन्दा बढि चर्चा र प्रशंसा हुन थालेको छ । कहिलेकाही यसैमा भर पर्दा फाइदा हुने भएपनि नेताहरु आफै स्वविवेक प्रयोग गर्नबाट बिाचत भएका छन् ।

साचारमाध्यममा प्रकाशित तथा प्रशारित सुचना सत्यतथ्य हुनैपर्दछ । कपोकल्पित र भ्रामक कुराहरुले साचारमाध्यममा कदापी स्थान पाउनुहुँदैन । कल्पनाशिल कुराहरु समाचार र सुचना बन्न सक्दैन बरु साहित्यका कुनै विधा बन्लान् । पत्रकारितामा सत्यतथ्य सन्तुलन र निष्पक्ष कुराहरुलाई उजागर गर्नुपर्दछ । कुनै अर्थमुलक सूचना वा जानकारी कुनै स्रोतबाट लिई साचारमाध्यममार्फत सर्वसाधारणमा पुर्याउने कार्यलाई पत्रकारिता भनिन्छ । त्यसैले स्रोत नखुलाई उल्लेख नगरी प्रकाशित समाचारको विश्वास त्यति धेरै हुँदैन । यस्ता समाचार मनगढन्ते हुन्छन् । लाखौं पाठक स्रोता तथा दर्शक आमसाचारमा प्रकाशित तथा प्रशारित समाचारले प्रभावित बनेका हुन्छन् । यसैका आधारमा असल र खराब मनस्थिती बनाएका हुन्छ । सही र झुटोको आँकलन गरेका हुन्छन् त्यसैले झुट र भ्रमको खेती पत्रकारितामा भयो भने सबै भ्रमित हुन पुग्दछन् । पछिल्लो पटक नेपाली साचारमाध्यममा झुटो खबरहरु प्रकाशित हुन थालेका छन् । यद्यपी नेपाली पत्रकारिताको विकासचरणबाटै गल्ती नभएका होइन तर साचारको यो युगमा तीव्र प्रतिस्पर्धाले गर्दा अझ बढि गल्तीहरु हुँदै गैरहेका छन् । १ हजार मानिसले गर्ने खोज्ने परिवर्तन एउटा पत्रिकाले गर्न सक्छ यसमा यति ठुलो शक्ति हुन्छ । त्यसैले पत्रिका सचेत र सजक रहनुपर्दछ कि हामी सँधै सत्य छौंकी छैनौं ।
यतिखेर नेपाली पत्रकारिता क्षेत्रमा एउटा भ्रामक समाचारले सनसनी मच्चाएको छ । सुनसरीकी अनुजा बाँनियाले ९१ लाख र हिराको हार भेट्टाएर सम्बन्धित व्यक्तिलाई बुझाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएपछि नेपाली पाठक अचम्मित भए कारण उनले फिर्ता गरेपछि पनि कुनै उपहार लिइनन त्यसको भोलीपल्ट राष्ट्रपती डा। रामवरण यादवले टेलिफोन गरी अनुजालाई धन्यवाद पनि दिए तर यो समाचार काल्पनिक पात्रले गर्दा झुटो भएको भन्दै कान्तिपुर दैनिकले सोमवार क्षमायाचना प्रकाशित गरेको छ । एउटा सन्की युवतीले पत्रकारलाई प्रयोग गरेर आफु चर्चामा आउन गरेको यो कार्यले नेपाली पत्रकारितामा एउटा गुड जोक बनाएको छ । सामान्य पढलेख गरेकी युवतीले आफु चर्चामा आउन पत्रकारलाई दिएको झुटो तथ्यलाई विश्वास गरी समाचार बनाउँदा देशमा नै पत्रकारितामा नेतृत्व गरेको कान्तिपुर दैनिकलाई ठेस लाग्न पुग्यो । एउटा सामान्य युवतीले त पत्रकारलाई प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गर्छे भने देशका ठुला व्यापारी र नेताले आफ्नो स्वार्थ पुरा गर्ने पत्रकार र साचारमाध्यमको कत्ति प्रयोग गरे होलान र साचारमाध्यम र पत्रकारहरु कति प्रयोग भएका होलान् अब प्रश्न उठ्न थालेको छ । समाचारमा एकोहोरो स्रोतमा मात्र विश्वास गर्दा अनुजा प्रकरण भयो । समाचारलाई सन्तुलित बनाउन र गहिराइमा पुग्न अर्काे पक्षसँग पुग्नुपर्नेमा त्यसो भएको देखिएन जसले गर्दा नेपालको ठुलो कर्पाेरेट मिडिया जसलाई पत्रकारिता आदर्श मान्नेहरु छन् उनीहरु भने खिन्न भए यो घटनाले । कान्तिपुर समाचार गलत थियो भनेर पत्रिकामा क्षमायाचना माग्नु महानता हो तर त्यसपूर्व त्यही समाचार प्रकाशित भएपछि भोलीपल्ट पनि फ्लोअप गर्नेवेलामा पनि ध्यान दिएन यो भने चरम गल्ती हो । कान्तिपुरमा मात्र होइन नेपालका अन्य विग मिडिया हाउसमा पनि यस्ता गल्ती भएका छन् । भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा। भक्तमान श्रेष्ठ अपहरण हुँदा नागरिक दैनिकले अपहरण माओवादीले गरेकेा आशय व्यक्त गर्दे पुष्टि गर्ने खोज्यो तर घटना नागरिकले उल्लेख गरेजस्तो भएन तर त्यतिखेर नागरिकले क्षमायाचना पनि मागेन र घटनाको पुष्टि पनि गरेन त्यस्तै सन्त नेता कृष्णप्रसाद भट्टराईको निधन भैसकेपछि राजधानी दैनिकको भोलीपल्टको अंकमा भट्टराई जिवित नै रहेको आशयको समाचार प्रकाशित भयो जसले गर्दा पाठक भ्रममा परे । यस्ता गल्ती र कमजोरी वेला वेलामा हुने गरिरहेका छन् । गल्ती भनेको नहुने होइन हुन्छ तर गल्ती हुन्छ भन्दैमा गल्ती लुकाउन गल्ती गरिरहनु बेइमानी हो । अहिले प्रतिस्पर्धाको नाममा कान्तिपुर दैनिक र नागरिक दैनिकको अघोषित युद्ध चलिरहेको छ । यी दुई ठुला मिडियाले देशको अन्य पत्रकारितालाई पनि नचाइरहेका छन् । यी दुईको प्रतिस्पर्धा अमेरिकाबाट शुरु भएको यल्लो जन्ार्ालिज्मसंग हल्का मेल खान्छ । सन् १८८३ मा जोसेफ पलिटजरले द न्यूयोर्क वल्र्ड नामक दैनिकी अबवारको स्वामित्व खरिद गरेका थिए । त्यसैगरी अमेरिकी पत्रकारिताका चर्चित व्यक्ति विलियम र्हस्टले द न्यूयोर्क जर्नल दैनिकी स्वामित्व खरिद गरेपछि १९ औं शताब्दीको अन्त्यतिर अमेरिकन पत्रकारितामा र्हस्टको द न्यूयोर्क जर्नल र पुलिटजरको द न्यूयोर्क वल्ड नामक यी दुई अखवारको विचमा प्रतिस्पर्धा हुन थाल्यो यसैक्रममा १८९६ को फेब्रुअरीको एक अंकमा द न्यूयोर्क वल्र्डले त्यसवेलाका प्रसिद्ध अमेरिकी चित्रकार रिचार्ड आउट केभिटलाई आफ्नो अखवारमा एउटा झुत्रेझाम्रे लुगा लगाएका मगन्ते बालकको चित्र छपाएका थिए । त्यस चित्रमा पहेलो रंगको कहीकही प्रयोग गरिएको थियो । त्यस चित्रले गर्दा न्यूयोर्क वल्र्डको बजार व्यापक भएको थियो । त्यसलाई उछिन्न द न्यूयोर्क जर्नलको लागि पनि पत्रिकाले उही चित्रकार आउट केभिटलाई विभिन्न चित्र कोर्न लगायो । यी चित्रहरुमा विचित्र बालकको पँहेलो लुगा लगाएका थिए यी कुराहरु यस कारण मात्र गरिएको थियो कि द न्यूयोर्क वल्र्ड र द न्यूयोर्क जर्नलले आआफ्नो अखबारहरु बढि भन्दा बढी पाठकहरुको ध्यान खिच्न सफल होस् । तर यी प्रयासहरु निरर्थक थिए । प्रतिस्पर्धाको नाममा भएको यो प्रयासलाई अर्काे पत्रिका द न्यूयोर्क प्रेसका सम्पादक एरभिन वार्डमानले त्यो विषयलाई येलो प्रेस भनेर संज्ञा दिए र यही कुरा कालान्तरमा पीत पत्रकारिताको नामबाट बुझिन थाल्यो । त्यो एक अस्वस्थ प्रतिस्पर्धा थियो । ठिक यस्तै अस्वस्थ्य प्रतिस्पर्धा अहिले कान्तिपुर र नागरिकमा देखिएको छ । समाचारमा बाजी मार्ने उदेश्यले समाचार गलत जान थालेका छन् । छिटो गतीमा जान खोज्दा धेरै गल्ती देखिन थालेका छन् । काठमाण्डौंबाट प्रकाशित हुने वोर्डसिट पत्रिकामा प्रत्येक दिन कुनै न कुनैमा सच्चाईको र भुलसुधार भन्ने छापिन्छ किनकी एकदिन अघिको अंकमा समाचार तथा सुचना गलत प्रकाशित भएको हुन्छ । यस्तो प्रकि्रया त झन मोसफलबाट प्रकाशित हुने पत्रिकामा छन् धेरै हुन्छ । समाचार छापेको भोलीपल्ट नै सच्चाइएको भूलसुधार र क्षमायाचना प्रकाशित भैरहेका हुन्छन् यस्तो कार्यले विस्तारै साचारमाध्यमले जनविश्वास गुमाउदै जान थालेका छन् ।
अनुजा प्रकरण नेपाली पत्रकारिताका लागि एउटा गतिलो झापड पनि हो किनकी हचुवाको भरमा पत्रकारिता गर्नेलाई यो घटनाले केही झस्काएको छ । पत्रिकालाई धेरैलाई विश्वास गरेका हुन्छन् राष्ट्रपतिले पनि गरे र धन्यवाद दिए तर उनी आफै लज्जित हुनुपरेको छ । एउटा समाचारकै कारणले राष्ट्रपती लज्जित हुनुपरेको यो पहिलो घटना हो । विविसीले समेत अन्तर्वाता राख्यो । अनुजाको गल्ती भएपनि हचुवाकै भरमा विश्वास गर्ने पत्रकारको पनि त्यति नै धेरै गल्ती छ । समाचार पुष्टी नभएसम्म प्रकाशित गर्नहुदैनथ्यो तर प्रतिस्पर्धा र बाजी मार्न उद्देश्यले गर्दा प्रकाशित गरेपछि पत्रिकाको पनि गल्ती भएको छ । अब मानौं फेरी कतैबाट यो समाचार सत्य होला रे अनि पाठकलाई फेरी कसरी समाचार सम्प्रेषण गर्ने किनकी पत्रिकाले त गलत समाचार हो भनेर क्षमायाचना प्रकाशित गरिसकेको छ । पत्रकारिताको पहिलो शर्त धर्म र उद्देश्य गलत सन्देश जानु नै हुदैन । एकचोटी गलत गयो अब जाँदैन भन्नु पत्रकारिताको धर्मले दिदैन पनि । त्यसैले यो घटनाबाट अब केही सिक्न जरुरी छ ।

No comments:

Post a Comment